सिके राउतबारेको फैसलालाई संयोग मान्नै सकिएन श्रीमान !
काठमाडाैं । राज्य विप्लवको आरोपमा थुनामा रहेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सिके राउतलाई सर्वोच्च अदालतले रिहा गर्ने आदेश दिए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डसहित भएको राजनीतिक सहमति घोषणा कार्यक्रमले राजनीति नै ध्रुविकरण गर्यो ।
गएको बिहिबार अर्थात फागुन २३ गते रिहा गर्न आदेश दिने न्यायाधीशहरुमा थिए, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश पुरुषोत्तम भण्डारी । जिल्ला अदालत रौतहटको आदेशमा पुर्पक्षका लागि थुनामा रहेका राउतलाई सर्वोच्चले तारेखमा रिहा गर्न आदेश दिएपछि विपक्षीमात्र होइन नेकपाकै नेताहरु अचम्मित बनेका थिए ।
न्यायको सिद्धान्त र न्यायालयलाई सुद्दिकरण गर्ने कसम खाएर उच्च ओहोदामा पुगेका मान्छेले गरेको निर्णयमाथि आैला उठाउदा समेत न्यायालयको मानहानी हुने डर मिडियावालाहरुलाई थियो । र अझै पनि छ ।
तर, न्यायको सिद्धान्त अनुसार सिके राउतले न्याय पाएका थिए भने, थुना मुक्त हुँदा वित्तिकै सरकारको ठुलो शक्तिले उनलाई त्यसरी रातारात हिरो बनाउने कोसिस गर्दैनथ्यो होला । गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले हस्ताक्षर गर्दै सिकेका गतिविधिलाई ससम्मान अवतरण गराएको कुरा भन्न नपाउदै राउतले लेखे, जनमत संग्रह हुन्छ ।
प्रधानमन्त्री ओलीले सिकेलाई असाधारण क्षमताको खानी भएको मान्छे भन्दै प्रचण्डसँग तुलना गरे । प्रचण्ड त्यहि मञ्चमा मुस्काउदै मख्ख परेर बसेका देखिन्थ्ये । आखिर सिके राउतलाई सरकारले यसरी किन बोकेको भन्ने बारेमा थुप्रै मिडियामा थुप्रै कुरा आएका छन् ।
कसैले सिकेलाई राष्ट्रिय सभामा ल्याउने तयारी भएको भन्दै छन त कसैले प्रदेश दुईको मुख्यमन्त्री बनाउने तयारी भएको भन्दै समाचार प्रकाशन गरेका छन् । यस्तैमा केहिले मधेसी दललाई झड्का दिन सरकारले रचेको षडयन्त्र समेत भन्ने गरेका छन् ।
यथार्त के हो भन्ने कुरा कि सिकेलाई थाहा होला की प्रधानमन्त्री, गृहमन्त्री र प्रचण्डलाई थाहा होला । अन्यथा बाहिर आउने समाचारहरु प्रायः जस्तो स्रोतका अनुसार भन्दै गरिएका कल्पित कुरा बाहेक अरु केहि हुनै सक्दैनन् । नेकपाले सिकेलाई कसरी कुन जिम्मेवारी दिन्छ भन्ने कुराको टुङ्गो लगाउन समेत कठिन कुरा हो । आफ्नै नेता कार्यकर्ता अलपत्र रहेको अवस्थामा सिकेलाई ल्याइएमा स्थिति झन भयावह हुने देखिन्छ । तर, सत्यता के हो भने दुई अध्यक्षद्वयले नेकपामा सिकेलाई उचित स्थान दिने भन्दै ढाडस भने दिएकै छन् ।
अदालतमा केहि समय पहिले दुई तिहाईको शक्ति प्रयोग गर्दै दीपकराज जोशीलाई अयोग्य सावित गरेर तह लगाए जस्तै हुने डर सिर्जना भएपछि चोलेन्द्र श्रीमानले आफ्नो पदसँग सरकारलाई सहयोग गर्ने पक्का वचन भने दिएको देखिन्छ । यसैको झल्को हो सिके प्रकरण । आन्दोलनको क्रममा भएको हताहतीको प्रमुख दोषी ठहर गर्दै प्रतिनीधि सभाको सपथ गराइएका रेशम चाैधरीलाई दण्ड हुने तर, देश नै टुक्र्याएर छुट्टै राज्यको माग गर्नेलाई तामझाम किन ? यो अहिलेको जटिल र टड्कारो प्रश्न हो ।
रेशम चाैधरी र सिके राउत प्रकरण भिन्न प्रकृतिका र छुट्टै चरित्र बोकेका कुराहरु हुन् । तर, अदालत सरकारको व्यवहार भने फरक देखियो । सरकारलाई अदालतले सहयोग गर्ने र जस्ता सुकै मुद्धालाई सामान्यकरण गर्दै जाँदा जनताले अदालतमाथि विश्वास गर्ने वा नगर्ने ? यसरी अगाडी बढेपछि लोकतन्त्र र लोकतान्त्रिक मान्यता कसरी स्थापित हुन्छ ? यो भने अध्यारोमा लुकाछिपी खेलेजस्तै हुन जान्छ ।
यसैले सिके राउतलाई रिहा गर्नु न्यायको सिद्धान्त अनुसार ठिकै होला तर, रिहा पछि सरकारको तामझामले श्रीमानको तराजुमा एकातिर सरकारले थुप्रै टनको ढक राखि दिएको जस्तै महशुस भएको छ । श्रीमानको तराजुमा न्याय नजोखिएर आलु जोखिए जस्तै लाग्न थालेको छ । विश्वास नै गर्न सकेको छैन्, की श्रीमानलाई न्याय मुर्ति कसरी बनाइयो होला ? तर, अन्त्यमा जे भनेपनि हजुर त श्रीमान पो हो त है । श्रीमानको जय होस् !
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
डिम्ब प्रकरणमा सर्वोच्चः महान्यायधिवक्ताको कार्यालयविरुद्ध कारण देखाउ आदेश जारी
काठमाडौं। गैरकानुनी रूपमा नाबालिकाहरूको डिम्ब निकालेको अभियोगमा अनुसन्धानको दायरामा आएको होप फर्टिलिटी एन्ड आईभीएफ सेन्टर विरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको...
-
प्रधानमन्त्री कार्कीले सरकारी जग्गा मिचेको आरोपमा अदालतकै कर्मचारीको आक्रोश, न्याय र कार्यपालिकामाथि गम्भीर धक्का
काठमाडाैं । पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले सरकारी जग्गा हडपेको विषयमा जिल्ला अदालत ललितपुरका कर्मचारी हरि भट्टराईले आलोचना गरेका...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
नेपालटारबाट सुन र नगदसहित सामान लुटपाटको आरोपमा चार जना पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको...












