सरकार-विप्लव टकरावले जनतामा त्रासदी
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसात्मक बाटोमा लागेको भन्दै प्रतिबन्धित नेकपालाई शान्तिपूर्ण बाटोमा नआए चैत्रसम्म जेल हालिसक्ने जनाएपछि आएको विप्लवको विज्ञप्तिले समाजमा थप डर पैदा भएको छ ।
सरकारले जसरी भएपनि विप्लवका नेता कार्यकर्तालाई समात्छाैं भन्दै हिड्दा विप्लवका कार्यकर्ताहरु विष्फोटक पदार्थसहित पक्राउ पर्न थालेपछि देश द्वन्द्धमा फस्ने त होइन अहिले उठेको गम्भीर प्रश्न हो ।
केहि दिन यता सरकारले विप्लवमाथि धरपडक तथा पक्राउका श्रङ्खला तीब्र पारेपछि विप्लवले विज्ञप्ति निकाल्दै कडा प्रतिवाद गर्ने चेतावनी दिदैं आएका छन् ।
भर्खरै विज्ञप्ति निकालेर विभिन्न चरणका आन्दोलन घोषणा गरेका विप्लवले सरकारलाई प्रतिबन्ध लगाउने चेतावनी समेत दिएका छन् । मिडिया रिपोर्टमा जनाइए अनुसार विप्लवसँग झण्डै ५ देखि सात हजारको संख्यामा सेना छ ।
तर, विप्लव निकट एक नेताले न्युज-नेपालसँगको कुराकानीमा भने, हाम्रो सेना कति छ भनेर सार्वजनिक गर्न जरुरी छैन । जनतामाथि दमन सुरु भयो भने हामी त्यसको मूल्य चुकाउन सक्ने क्षमता राख्छाैं । उसो भए हतियारले सुसज्जित जनसेना र जनताले साथ राम्रै दिन्छन त भन्ने प्रश्नमा ती नेताले भने, सेना र जनताको साथ भएरै हामी राज्यको विकल्प खोज्न हिडेका हाैं ।
यद्यपी विप्लवका नेताहरुले पछिल्लो समय ओली नेतृतवको सरकार वार्ता नचाहेको भन्दै आरोप लगाउदै आएका छन् । उनीहरुले ओली सरकारको विकल्प या बहिर्गमनको मुद्धा उठाइरहेका बेला सरकार विप्लव आमन्ने सामन्ने हुँदा जनतामा डर पैदा हुनु स्वभाविक पनि हो ।
सरकारले वार्ताका लागि सहज वातावरणको स्थिति सिर्जना गर्नुको साटो बल प्रयोग गरेर वार्तामा नआए जेल हालेरै छाड्छाैं भन्दा पनि जनतामा डर पैदा भएको हो । विप्लवलाई कम आकलन गरेर सरकारले यस्तो व्यवहार देखायो भने दुख पाउने त हामी जनता नै हाैं । सरकारका प्रतिनिधि तथा नेताहरु कडा सुरक्षामा बसिहाल्छन् । एकजना सर्वसाधारणले भने ।
विप्लवका कार्यकर्ताहरु समेत भूमिगत रहेको अवस्थामा कतिपयले पिटि पटेड खेल्दै गरेको फोटो सामाजिक संजाल फेसबुकमा समेत हाल्ने गरेका छन् । राताम्मै युवाहरुको फोटो देख्दा जनतामा डर सिर्जना मात्रै भएको छैन । देशलाई नै कतै गृहयुद्धमा त धकेल्दैन भन्ने चासो र चिन्ता सबैमा देखिन्छ ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











