अस्पतालको छेउमै असहाय तीन दाजुबहिनी मृत्युसँग लड्दै
रोल्पा । जिल्ला अस्पताल नजिकै रहेको एक झुपडीमा मृत्युसँग लड्दै गरेकी छिन् बोल्ने नसक्ने ५७ वर्षीया आसारा सुनार । उनीसँगै उनका दाजु ६० वर्षीय गोपाल र ५५ वर्षीय भाइ प्रसाद सुनार पनि बोल्न सक्दैनन् र बिहान बेलुकाको खाना जोहो गर्न तड्पिरहन्छन् । घर वरपर रहेको बोइलर कुखुराको फार्मबाट आउने दुर्गन्धले बसिनसक्नु भए पनि उनीहरुलाई त्यहाँ बस्नुको विकल्प छैन ।
आवाजविहीन ती तीन दाजुबहिनी रोल्पा नगरपालिकाको मुटु मानिने ठाउँमा बसोबास गरे पनि दयनीय जीवन यापन गर्न बाध्य छन् । जिल्ला अस्पताल नजिकै घर भए पनि रोग लाग्दासमेत अस्पतालसम्म पु¥याउने न कुनै सहारा छ, न त अस्पतालको उपचारका लागि चाहिने पैसा नै । उनीहरु हातको सङ्केतबाट मात्र कुरा गर्छन् । घरमा खाना नभएका कारण कैयौँ रात भोकभोकै सुत्न बाध्य हुन्छन् ।
जाडो होस् या गर्मी एकसरो कपडामा रहन्छन् उनीहरु । सुत्नका लागि ओढ्ने ओछ्याउने कपडा नहुँदा उनीहरुका कैयौँ रात कठ्याङ्ग्रिएर बितेका छन् । जन्मेदेखि अहिलेसम्म उनीहरुको खुट्टाले जुत्ताचप्पल देख्न पाएको छैन । बस्ने घर नहुँदा लामो समय नातेदारको घरमा बसेका उनीहरु पछिल्लोपटक सरकारले निर्माण गरेको घरमा बस्दै आएका छन् ।
पहिले बुबाआमाले गाउँमा कटुवालेको काम गर्थे । एक ठाउँको समाचार अर्को ठाउँमा पु¥याउने, गाउँमा हुने महत्वपूर्ण कार्यक्रमको खबर आदानप्रदान गर्ने काम गरेवापत खलोको रूपमा अन्न दिने चलन थियो । खलो सङ्कलनबाट जीविका चलाएका उनका बुबाआमाको मृत्युपछि भने उनीहरु बेवारिसे बनेर हिँड्न बाध्य भए ।
अहिले उनीहरुसँग सरकारले बनाइदिएको सानो झुपडी र त्यस वरपर रहेको जग्गा मात्र बाँकी छ । “नापी गर्दा उनीहरुको हकभोगको जग्गासमेत नापी नक्सा नगरी छुटाइदिएका कारण अहिले सार्वजनिक जग्गाको रुपमा उपयोग भइरहेको छ”, रोल्पा नगरपालिका–२ का वडाध्यक्ष खिमबहादुर घर्तीले भने । बुबाको पालामा अब्बल जग्गाका धनी उनीहरु बुबाआमाको मृत्युपछि भने गाउँका मुखिया जिम्मुवालका कारण सुकुम्वासीजस्तै बनेका छन्, वडाध्यक्ष घर्तीले भने ।
दाजु गोपाल र भाइ प्रसादले गाउँलेले ल्याइदिएको भिमलबाट दाम्लो र डोरी बुन्ने गर्छन् । दाम्लो र डोरी बुनेवापत दिने दुई÷चार माना अन्न र सय÷पचास रुपैयाँ भएको छ त्यो परिवार बाँच्ने आधार । वृद्धावस्थाले आँखा कमजोर हुँदै जाँदा डोरी र दाम्लो बनाउनसमेत धौधौ हुने गरेको छ । उनीहरु कहिलेकाही गाउँमा हुने विवाह तथा शुद्ध कार्यमा गएर कैयौँ दिनका छाक टार्ने गर्दछन् । त्यस्ता काममा गएका उनीहरुलाई गाउँलेले कृपा गरेर दिने एक÷दुइ सय पनि साँझबिहान जोहो गर्ने आधार बनेको छ ।
वडा कार्यालयले दाजु गोपाललाई ज्येष्ठ दलित भत्तावापत मासिक रु एक हजार र भाइ प्रसादलाई मासिक रु ६०० उपलब्ध गराउँदै आएको वडाध्यक्ष घर्तीले बताए । उनीहरुका आफन्त भाइ नाता पर्ने हर्कमान विक र काका नाता पर्ने गनबहादुर विकले भत्ता बुझिदिने गरेको वडाध्यक्ष घर्तीले बताए । बहिनी आसारा भने विवाह गरेर अन्यत्र गएको र पछि फर्केर आएको भन्ने जानकारी हुन आएकाले भत्ता दिइएको छैन, वडाध्यक्ष घर्तीले भने ।
पोषणको अभावमा परिवारका सबै सदस्यमा त्यस्तो समस्या आएको हुनसक्ने स्थानीय कुलबहादुर डाँगीले बताए । सानैदेखि कुपोषणको दुश्चक्रले परिवारका सबै सदस्यलाई छोएको देखिन्छ यस्तो अवस्थामा दैनिकी चलाउँदै आउने परिवारको सङ्ख्या रोल्पामा धेरै हुनसक्छ डाँगीले भने । उनीहरुलाई स्थानीय सरकारले विशेष संरक्षण र रेखदेख गर्नुपर्ने डाँगीको सुझाव छ ।
Comments
अरु समाचार
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
विजय देवरकोन्डा चढेको कार दुर्घटना, टाउकोमा चोट
काठमाडौंं । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि
काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा...
-
चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् । पेन्सनपट्टा...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । 'न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ' भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा...












