ताजा समाचार

नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !

काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक सञ्जाल टिकटकमा उनले अपलोड गरेको एक भिडियोका कारण आश्माले चर्चा कमाएकी हुन् ।

आश्माले अपलोड गरेको ४९ सेकेन्डको भिडियोमा दक्षिण भारतीय फिल्म ‘पेड्डी’को ‘चिकिरी चिकिरी’ गीतमा गरेको नृत्यले नेपालमा मात्रै होइन भारतमा समेत चर्चा बटुलिरहेको छ । आश्माले बनाएको भिडियोमा भारतीय सेलिब्रिटीहरुको नजरमा समेत परेको छ ।

भारतीय अभिनेत्री जाह्नवी कपुरले उनको भिडियोलाई शेयर गरेकी छन् भने अरुले पनि यसलाई प्रशंसा गरिरहेका छन् । रिल्स र टिकटकमा उनको भिडियो यतिबेला भाइरल भएको छ ।

भिडियोमा आश्माले ‘चिकिरी चिकिरी’का नायक राम चरणकै जस्तो हाउभाउ र नृत्यका शैली अपनाएकी थिइन् । उनको यो भिडियो आश्माको फेसबुकबाट करोडभन्दा बढी भ्युज पाएको छ । त्यस्तै टिकटकमा पनि यो निकै चलेको छ ।

आश्मा नेपालको प्रख्यात नृत्य समूह कार्टून्ज क्रूजकी सदस्य हुन् । उनले सयौं नेपाली म्युजिक भिडियोमा कला देखाएकी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org