अधबैसे महिलालाई प्रेमको प्रेममा पर्दा ङठिलेन शेर्पा पुगे कोमामा !
काठमाडौं । भोटेकोशी डाँडा गाउँका ङठिलेन शेर्पा प्रहरीको गिरफ्तारपछि भिरबाट खसेर गम्भिर घाइते भएका छन् ।
शेर्पा घाइते भएपछि परिवारको सहयोगमा सिन्धुपाल्चोक सिमा प्रहरी कार्यालय दश किलोबाट शिक्षण अस्पताल महाराजंगमा भर्नापछि मेजर अप्परेशन गरिएको छ ।
शेर्पाको टाँउकोमा गहिरो चोट लागेको अस्पताल स्रोतले बताएको छ । उनको दाहिने पाखुरा समेत भाँचिएको छ । उनी महाराजगंज शिक्षण अस्पतालको आइसियुमा उपचारत छन । उनको उपचार उनकै दिदी भिनाजुले गरिरहेको परिवार स्रोतले दावी गरेको छ ।
शेर्पा शिक्षण अस्पतालको बेडमा जिवन मरणको दोसाधमा रहदाँ समेत प्रहरी र जाहेरी कर्ताहरु बेखवर हुनु आश्र्चायको विषय भएको छ । प्रहरीले पक्राउ गरेर कार्यालय तर्फ ल्याउदै गर्दा भिरबाट खसेका शेर्पालाई उपचार गराउनुको सट्टा उनलाई परिवारको जिम्मा गलाएर उम्कन खोजेको देखिन्छ ।
सामान्य दुर्घटना भएको मानिसलाई समेत प्रहरीले अस्पतालमा उपचार गराउन लैजानु पर्नेमा प्रहरीकै सामु भीरबाट खसेका व्यक्तिको उपचार गर्नुको सट्टा प्रहरी उम्कन खोज्नुले प्रहरी अधिकारी प्रति नै शंकाको ठाउ दिएको छ ।
घटना विवरण अनुसार अविवाहित शेर्पाको गाँउकै श्रेष्ठ परिवारका एक विवाहित अन्दाजी ३८ वर्ष जतिकि अधबैशे महिलासँगको प्रेम सम्बन्ध थियो । विवहापछि माइती घरमा बस्दै आएकी श्रेष्ठलाई शेर्पाले दिदी भिनाजुको घर बोक्चेनमा भगाएर लुकाउन ल्याएका थिए । दिदी भिनाजुको घरमा आउनै नपाइ उनी प्रहरीको गिरफ्तारीमा परेको वारिवारीक स्रोतले दावी गरेको छ ।
स्रोतका अनुसार शेर्पालाई बोक्चेनबाट सिन्धुपाल्चोक नामथाङग प्रहरी कार्यालयका प्रहरीले पक्राउ गर्दै सिमा प्रहरी कार्यालय दशकिलो ल्याउदै गर्दा शेर्पा प्रहरीकै घेराबाट अन्दाजी ३० किलो मिटर जति भिरबाट खसेका थिए । नारायण थान प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश यादवले शेर्पालाई अपशब्द प्रयोग गर्दै तथानाम गालि गलौज गरेका थिए ।
रगतले लतपतिएका शेर्पालाई औषिधि उपचार गराउनु भन्दा पनि प्रहरीले शेर्पालाई नाटक गरेको जस्ता शब्द प्रयोग गर्दै पानी छ्याप्ने काम गरेर अमानविय व्यवहार गरेको स्थानिय जनप्रतिनिधिहरुको गुनासो रहेको छ ।
प्रहरीले घटना भएको धेरै लामो समयपछि श्रेष्ठ केटीलाई माइतिको जिम्मा लगाएका थिए भने, शेर्पालाई पनि उपचार गराउन अस्पताल लैजानु पर्ने विरामिलाई दिदी भिनाजुको जिम्मा लगाए । दिदी भिनाजुले केहि आफ्न्तहरुको सहयोगमा शेर्पालाई काठमाडौ शिक्षण अस्पतालमा ल्याएर उपचार गराउदै छन तर शेर्पा भने अचेत छन ।
शेर्पालाई श्रेष्ठ परिवारका सदस्यहरुले सुनिता श्रेष्ठलाई शेर्पाले अपहरण गरेको भन्दै संगिता, रामकाजी र गोविन्दले प्रहरीमा जाहेरी दिएको प्रहरी स्रोतले बताएको छ ।
केटी पक्ष, पक्राउ गर्ने प्रहरीपक्षलाई वडा कार्यालयले छलफलका लागि बोलाउदा कोहि पनि नआएको वडा कार्यालय स्रोतले बताएको छ ।
यसै सम्बन्धमा सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी मुकुन्द मरासीनी भन्छन“ घटना घटेको सत्य हो । मानिस अपहरण परेको जाहेरी प्रहरीमा आएपछि मानिस खोजि गरेर प्रहरी कार्यालयमा ल्याउदै गर्दा मानिस ढलेर भिरतिर खसेको हो । उ छारेरोगको विरामि भएका कारण ढलेको हो । उनलाई प्रहरीले कुनै पनि अमानविय व्यवहार गरको छैन । प्रहरीले हराएको मानिस खोज्यो भेटाएपछि आ–आफ्ना परिवारका मानिसलाई जिम्मा लगाएको हो । यसमा प्रहरीको कुनै दोस नरहेको बताउदै उनी उम्कन खोजे ।”
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











