‘सेतो याक’ लिएर आउँदैछन् सह-सचिव पनेरु
काठमाडाैं । उपन्यासकार केदार पनेरुको कृति ‘सेतो याक’ आउदो शुक्रबार जेठ ३ गते सार्वजनिक हुने भएको छ ।
उपन्यासकार पनेरुको कृति सेतो याक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितद्वारा विमोचित हुने भएको हो ।
‘फुर्वाले काम पाएर घर फर्केको पहिलो दिन डोल्माले घिउको बत्ती बाली । त्यो बत्तीको एक धर्को उज्यालो सुटुक्क उसको मनभित्र पस्यो । झलमल्ल उज्यालियो डोल्माको मन । उसको उज्यालो मनको चहक आँखा ओठसम्म आयो । फुर्वाले देख्यो । उसको पनि मन डोल्माले बालेको दियोभन्दा चहकिलो भयो । घरी बत्तीतिर घरी डोल्मालाई हेर्न थाल्यो फुर्वा । उनीहरुका ओठले केहि भनेनन् तर मनले एकअर्काको खुशी पढिसकेको थियो ।’ यो अंश सेतो याक पुस्तकमा समावेश गरिएको छ । हामीलाई यो अंश मन परेकाले यहाँ उल्लेख गरेका हाैं ।
पनेरुको कृति सेतो याक राजधानीको प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा एक कार्यक्रमकाबीच सार्वजनिक हुन लागेको हो । यद्यपी पनेरुको यो पहिलो साहित्यिक कृति हो । उनी नेपाल सरकारका निजामति तर्फका कर्मचारी हुन् । अहिले संघीय मामिला मन्त्रालय अन्तरगत सह-सचिव पदमा कार्यरत छन् ।
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...











