ताजा समाचार

साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !

काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको रूपमा भट्टराईले ‘चमेलीको फूल वैजनी रुमाल’ ल्याउने भएका हुन् ।

उनका अनुसार यो पुस्तक मनोविज्ञानमा केन्द्रित आख्यान हुने छ । पुस्तकको कथावस्तु भने क्रमशः खुलाउँदै जाने उनले अनलाइनखबरलाई बताए ।

फाइनपृन्टमा आउने यो पुस्तक बजारमा ३१ असोजदेखि उपलब्ध हुनेछ । उनले उनले तीन वर्ष पछि नयाँ पुस्तक प्रकाशन गर्न लागेका हुन् । उनको पछिल्लो पुस्तक इजोरिया २०२२ मा प्रकाशित भएको थियो । समर लभ, साया उनका चर्तित पुस्तक हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org