कांग्रेस निकट युनियनका बरिष्ठ उपाध्यक्षसहितको टोलीले मन्त्रालय मै पुगेर उपसचिव आचार्यमाथि गर्यो हातपात
काठमाडाैं । उद्योग मन्त्रालयका उपसचिव प्रेम प्रसाद आचार्यमाथि कांग्रेस निकट कर्मचारी युनियनले हातपात गरेको छ ।
हुल बाँधेर मन्त्रालय पुगेको कांग्रेस निकट युनियनको समूहले उपसचिव शोभाकर रेग्मीको सरुवा हुनुपर्नेमा अन्यथा भएको भन्दै मन्त्रालय हाताभित्रै उपसचिवमाथि हातपात गरेको हो ।
उद्योगमन्त्री मातृका प्रसाद यादवका नीजि सचिव समेत रहेका आचार्यमाथि हातपात गर्न सिंहगरबार स्थित मन्त्रालयको हाता भित्रै कांग्रेस निकट युनियनका बरिष्ठ उपाध्यक्ष सुरेन्द्र भण्डारीको ठूलो जत्था पुगेको मन्त्रालय स्रोतले जनाएको छ ।
उपसचिव आचार्यमाथि हातपात भएपछि मन्त्रि यादव उनीहरुलाई अभद्र व्यवहार प्रदर्शन नगर्न आग्र गर्न निस्केको र भीढले आचार्यमाथि प्रहार र होहल्ला गर्न नछाडेपछि सिंहदरबारमा रहेको प्रहरी बोलाइएको थियो । त्यसपछि उनीहरु मन्त्रालयबाट भागेका थिए ।
कांग्रेस निकट युनियनका बरिष्ठ उपाध्यक्ष भण्डारीलगायत नेता/कार्यकर्ताले मन्त्रालयका उपसचिव शोभाकर रेग्मीलाई उद्योग विभागमा सरूवा नगरी पैसा खाएर अर्का उपसचिव विनोद खड्कालाई सरूवा गरेको आरोप लगाएका थिए ।
Comments
अरु समाचार
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...











