गुठीयारमाथि भएको धरपकडको नैतिक जिम्मेवारी म लिन्छुः गृहमन्त्री थापा
काठमाडौं । गुठीयारहरुको आन्दोलनमा माइतिघर मण्डलामा भएको धरपकडको नैतिक जिम्मावारी सरकारले लिएको छ ।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै धरपकडको नैतिक जिम्मेवारी आफूले लिने बताएका हुन् । नागरिकको शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको भन्दै मन्त्री थापाले नागरिक अधिकारको रक्षा गर्न सरकार तत्पर रहेको दाबी गरेका हुन् ।
गुठी विधेयकको विरोधमा आइतबार सर्वसाधारण प्रदर्शनमा उत्रिएका थिए । सोहि प्रदर्शनको क्रममा प्रहरीले लाठी चार्ज गर्नुका साथै पानीको फोहोरा वर्षाएको थियो ।
सरकार मनमा उत्रेको भन्दै प्रमुख प्रतिपक्षी दन नेपाली कांग्रेसले सदन अवरुद्ध गरेपछि आज मंगलबार गृहमन्त्री थापाले सदनमा जवाफ दिदै सरकारले नैतिक जिम्मेवारी लिने वताएका हुन् । यस्तै गृहमन्त्रीले निष्पक्ष छानविन हुने भन्दै महनगरिए प्रहरीले छानविन सुरु गरेको जनाएका छन् ।
प्रर्दशनकारीले सार्वजनिक आवागमनलाई अवरोध गरेकाले प्रहरीले सामान्य बल प्रयोग गरेको गृहमन्त्रीले बताए । ‘शान्ति पुर्ण रुपमा विरोध प्रर्दशन गर्न पाइन्छ तर प्रहरीलाई सुरक्षाकर्मीलाई ढुंगा हान्ने, ईट्टा हान्ने र उनीहरुको मुखलाई क्षतविक्षत गर्ने अधिकारलाई हामी लोकतान्त्रिक अधिकार त भन्दैनौं ।’
गृहमन्त्रीको जवाफपछि कांग्रेस प्रमुख सचेतक बालृकष्ण खाँडले चौरमा बसेकातथा पक्राउ गरिसकेपछि पनि प्रहरीले लात्तैलात्ताले हानेको भन्दै नैतिक जिम्मेवारी लिनु पर्दैन भन्ने प्रश्न गरे । सत्तारुढ समाजवादी पार्टीका सांसद राजेन्द्र श्रेष्ठले प्रहरीले अनावश्यक बल प्रयोग गर्दै टाउकोमा किन हानेको भन्ने प्रश्न गरेका थिए ।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











