ताजा समाचार

जग्गा सरकारी, दर्ता निजी, मोही वाग्मती खोलो

काठमाडाैं । सिनामंगलको ४३ रोपनी ५ आना ३ पैसा सरकारी जग्गा व्यक्तिका नाममा पाइएको छ । काठमाडौँ मेडिकल कलेज अघिल्तिर पर्ने साबिक कित्ता नं ३६५ को उक्त जग्गाको विवरण मालपोत कार्यालय डिल्लीबजारको ढड्डाबाट भने कायब पारिएको छ ।

सिनामंगलको फाँटमा वाग्मती खोला पसेपटि गुठी संस्थाले २०४४ माघ ५ गते त्यसको ४३ रोपनी ५ आना ३ पैसा जग्गा सरकारको नाममा दर्ता गर्ने निर्णय गरेको थियो । त्यसलार्य विभिन्न मुद्दा मामिला गरेर
नारायणप्रसाद लामिछानेले कब्जामा लिएका थिए ।

सर्वोच्च अदालतले ९ वर्षअघि अन्तिम फैसला गर्दै जग्गा सरकारकै नाममा दर्ता गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेश कार्यान्वयन नगरिँदा त्यस ठाउँमा अहिले व्यक्तिगत घरैघर छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org