विप्लवको विध्वंसः सिआइबी कुवँरले सुराकी गरेको भन्दै इन्काउन्टर गर्ने चेतावनी
कैलाली । विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाको जनअदालतले प्रहरीका असईलाई इन्काउन्टर गर्ने चेतावनी दिएको छ ।
आफ्ना पार्टीका नेता कार्यकर्तालाई सुराकी गरेको भन्दै प्रहरीको सिआईबिमा कार्यरत कैलाली बर्दगोरीया-०१, का भैरव कुँवरलाई जनअदालतमा २५ दिनमा हाजिर भएर नआए पार्टीको निति अनुरुप इन्काउन्टर गर्ने चेतावनी दिएको हो ।
विप्लवको कैलाली जनअदालतको नाममा जारी विज्ञप्तिमा भनिएको छ, ‘कुँवरकै सुराकीको आधारमा विभिन्न नेता, कार्यकर्ताहरुलाई अपहरण शैलीमा गिरफ्तार गरिएको छ। हाम्रो लडाइँ सेना प्रहरीसँग होइन। सुराकी नगर्न आग्रह गर्दछौं। सुराकी कार्य जारी राखे कुनै पनि बेला जनताको सुरक्षा र नेता कार्यकर्ताको सुरक्षाका लागि इन्काउन्टर गर्न बाध्य हुनेछौं।’
देश र जनताको हित विरुद्ध फाैजदारी कार्यविधि संहिताको दफा ४८ को उपदफा ६ सँग सम्बन्धित रहेको दाबी गर्दै विज्ञप्तिमा कुँवरलाई बाटोको म्याद बाहेक २५ दिन भित्र जनअदालतमा आफै वा पक्राउ पुर्जी बमोजिम पक्राउ परेरमा ब्यवहार बुझेर कारबाही गर्ने चेतावनी दिइएको छ ।
पछिल्लो समय एनसेलका विभिन्न स्थानका टावरमा आगजनी गर्नुका साथै विप्लव नेतृत्वको नेकपाले विभिन्न किसिमका ध्वसांत्मक कार्य गर्दै आएको छ ।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











