मृत्यु रोजेका पत्रकार पुडासैनीले भनेका रहेछन्, ‘रवि दाइ, मलाई मर्न बाध्य बनाएकोमा तपाईंहरूलाई पाप लाग्छ’
काठमाडाैं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणले टिभी पत्रकारिताको विकृतिलाई उदांगो पारेको छ। मृतकको परिवारले रवि लामिछाने र उनको समूहका कारण शालिकरामले आत्महत्या रोजेको अडियो र अन्य प्रमाण भेटेको दाबी गरेपछि यो विषय गम्भीर मोडमा पुगेको हो।
२०५९ असोज २३ मा जनआस्थामा लोकमानसिंह कार्कीसहित ४५ जनाको नाम उल्लेखित समाचार प्रकाशित भयो। खण्डन छाप्ने सहमतिका बाबजुद श्रीषा कार्कीले २९ गते आत्महत्या गरिन् तर त्यसमा न सुसाइड नोट न त मृतकको कुनै पनि बयान, केही पनि थिएन। मानवीय त्रुटिका कारण त्यस्तो समाचार छापिन गएको भनि जनआश्था परिवारले माफी माग्दामाग्दै पनि २ वर्षसम्म ज्यान मुद्दा झेल्नुपर्यो, रवि लामिछानेहरूले अहिले पनि त्यो प्रकरण बेलाबखत उछालिरहन्छन्। अहिले त स्वयं मृतकले मर्नुअघि दिएको भिडियो बयानमा रविको टिमलाई दोष दी किटान गर्दै सजायको माग गरेका छन्। यस प्रकरणमा माफी माग्नु त परै जाओस उल्टै मृतकलाई लाञ्छित गर्ने काम हुँदैछ।
मानि कन यति साह्रो अमानवीय हर्कत गर्छ? किन कहिल्यै आफ्नो गल्ती स्वीकार्न तयार हुन्न? जनआस्थासँग सरक्षित दुईवटै अडियो/भिडियो टेपमा भएको विवरणमा भनिएको छ, ‘मलाई रवि लामिछाने र युवराज कँडेलले पछिल्लो पटक धेरै टर्चर दिए। तर्साएर वेलकम विज्ञापन एजेन्सीमार्फत बालुवा ठेकेदार, सिमेन्टलगायत ठूला कम्पनी र घरानाहरूबाट करोडौं कमाउने तर रातदिन काम लगाएर मलाई कम मात्रै पैसा दिने। कराउँदा कराउँदा बल्लतल्ल १८ हजार तलब पर्याए। थोत्रो मोटरसाइकलको मर्मतमै मासिक ४-५ हजार खर्च हुने कोठाभाडा यताउता सबै त्यसैले पर्याउनुपर्ने। प्यारी सम्झना मैले कसरी सक्नु! रवि दाइ मलाई मर्न बाध्य बनाएकोमा तपाईंहरूलाई पाप लाग्छ। केही कोही दीनदुःखीको उद्दार पनि गर्नुभयो, तर अरूको प्रगति देख्न सक्नुभएन। दुनियाँलाई थर्काउनुभयो, ढिलोचाँडो दुनियाँले तपाईंको असली रूप देख्नेछ। मसँग प्रमाण छ आज नभए पनि भोलि तपाईंको पापको घडा भरिन्छ। तँ अब फसिस् भन्दै मलाई मर्न बाध्य पारेकोमा त्यो पापले तपाईंलाई पोल्ने छ।’
कुमरीको घर बेचेर रामकोटमा घर बनाउन श्रीमतीलाई सल्लाह दिँदै रुँदारुँदैको अवस्थामा दुई हात जोडेर उनले भनेका छन्, ‘सम्झना, तिमी भर्खर २२-२३ वर्षकी भयौ, अर्को बिहे गर, मलाई माफ गरिदेऊ।’
आफूमाथि बुनिएको तानाबानाको पोल खोल्दै अगाडि उनी भन्छन् ‘मैले न्युज २४ छोड्छु भन्दा रवि र दीपक भएर त्यसो नगर बरू डिपेन्डेण्ट भिसामा अस्ट्रेलिया पठाइदिन्छौँ भन्दै रालुका गाविस ओखलढुंगाकी केटी …. कार्कीको पछि लगाए। त्यही केटीलाई मैले बीपी स्मृति हस्पितल बसुन्धरामा जागिर लगाइदिएँ, पुतलीसडकको कन्सल्ट्यान्सीमा पनि बिहान-बिहान पुर्याइदिएँ। पछि उसले उल्टै खाते भन्दै मैलाई हेप्न थाली, म ऊबाट टाढिँदै गएँ। त्यही क्रममा मैले न्युज २४ टेलिभिजन छाडेँ। त्यसबापत मलाई उहाँहरूले त्यही केटीलाई बलात्कार गरेको भनेर पसाउने षड्यन्त्र गर्नुभयो। त्यसकारण म अब यस संसारमा यस्तैगरी बाँचिरहन चाहन्नँ।’
नुवाकोट बेलकोटगढी ३ मा स्थायी घर भएका पत्रकार पुडासैनीले आत्महत्याको बाटो रेजेको विषय राजनीतिक कानुनी र पत्रकारिता क्षेत्रमा चर्चाको विषय बनेको छ। भ्रष्टाचारमा मुछिएका कर्मचारीहरूले एकपछि अर्को गर्दै आत्महत्या गरिरहेको श्रंखलामा पत्रकार पुडासैनीको आत्महत्या नितान्त फरक छ। कसैको दबाब र प्रभावमा समेत आत्महत्या गरे उक्साउने व्यक्तिलाई सजायँको भागी बनाउनुपर्ने कानुन लागू भइसकेको छ। मुलुकी अपराध संहिता २०७४ को दफा १८५ ले त्यरी दुरुत्साहन दिई आत्महत्या गराउने व्यक्तिलाई पाँच वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना छ। उपदफा (१) मा स्पष्ट भनिएको छ – कसैले कसैलाई आत्महत्या गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन। यो खबर आजको जनआस्था साप्ताहिकबाट लिइएको हो।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











