समर्थकको आडमा रवि लामिछानेको लीला !
काठमाडाैं । माउन्टेन टेलिभिनजका पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा जोडिएका तीन व्यक्तिलाई ३० साउनमा काठमाडौँमा पक्राउ गरेर चितवन लगेलगत्तै जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत वरपरको माहोल नै बिग्रियो ।
सबै दलका जिल्ला तहका नेताहरुले प्रदर्शन नगर्न अपिल जारी गरे पनि प्रदर्शन उस्तै छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले चौबिसकोठीदेखि बाइपास रोडको मालपोत चोकसम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरे पनि माहोल सुधार भएको छैन ।
कारण, शालिकरामलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा पक्राउ पर्ने तीन जनामध्ये एक टेलिभिजन कार्यक्रम सञ्चालक रवि लामिछानेका समर्थक ।
चितवनमा वितण्डा मच्चाउने उनीहरु लामिछानेका समर्थक हुन्, जो दिनभर रविलाई रिहा गर भन्ने नारा लगाएर बसेका हुन्छन् ।
सोही आरोपमा पत्रकार युवराज कँडेल र नर्स रुकु कार्कीसमेत पक्राउ परेका छन्। तीनै जना पक्राउको कारण र प्रमाण एउटै हो, तर उनीहरुबारे कोही बोलेका छैनन् ।
रविले सिधा कुरा जनतासँग कार्यक्रमको आडमा धैरैसँग अबैद्य रुपमा रकम असुल्ने गरेको पत्रकार पुडासैनीले मर्नुअघि खिचेको भिडियोमा उल्लेख गरेका छन् ।
चितवनका तिलक गैरेले पनि रविले सिधा कुराको कार्यालयमा बोलाएर युट्युवबाट भिडियो हटाउने सर्तमा आफूसँग १० लाख मागेको बताएका छन् । यो खबर आजको शुक्रबार साप्ताहिकमा केपी ढुंगाना र राजेन्द्र आचार्यले लेखेका छन् ।
वरिष्ठ पत्रकार पी खरेलले रविले जनतासँग सिधा कुरा कार्यक्रममा न्यायाधिश बनेर फैसला गर्ने गरेको भन्दै आलोचना गरेका छन् ।
मनोविद् गोपाल ढकालले कसैको अन्धभक्त भएर समर्थन गर्नुलाई मानसिक रोग भनेका छन् ।
जेठी श्रीमतीसँग डिभोर्सपछि आफ्ना फ्यानको सहानुभूति पाउन रवि लामिछानेले अमेरिकामा दुःखले जोडेको घरसमेत श्रीमतीलाई सुम्पेको र किस्ता आफैँले तिर्ने दाबी गरेका थिए ।
तर, यो दाबी गरेको एक वर्ष नपुग्दै रविले किस्ता तिरिदिने भनेको घर लिलाम हुने चरणमा पुगेको छ ।
उनले जेठी श्रीमतीसँग डिभोर्स गर्नुअघि अमेरिकामा बसाईकै क्रममा एक विदेशी महिलासँग सम्बन्ध गाँसेका थिए। ती महिलाबाट एक सन्तानकै जन्म भएको रविले नै स्वीकारेका छन् ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











