मेलम्ची आयोजनामा निषेधित क्षेत्र घोषणा
सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको स्थानीय कार्यालय वरपर प्रदर्शन गर्न निषेध गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी गोमादेवी चेमजोङले सीएमसी कम्पनीका पीडितहरुले सो कम्पनीबाट लिनुपर्ने बाँकी रकमको भुक्तानीको माग गर्दै प्रदर्शनमा उत्रेकाहरुलाई जिल्लास्थित मेलम्ची खानेपानी आयोजनाको कार्यलय, मुहान, सुरुङ क्षेत्रमा हुलदङ्गा र अशान्ति नमच्चाउन आग्रह गर्दै त्यस्तो निषेधाज्ञा जारी गरेका हुन् ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को ३(क) बमोजिम आजदेखि अर्काे आदेश जारी नभएसम्म अम्बाथान, खानेपानी, ग्याल्थुम सुरुङ र सिन्धु सुरुङ जाने बाटोमा हुलदङ्गा र अशान्ति गर्ने उद्देश्यले पाँच जनाभन्दा बढी भेला हुन नपाउने आदेश जारी गरिएको हो ।
त्यस्तै अम्बाथान स्थानीय कार्यालयको पूर्व सामुदायिक वन, पश्चिम मेलम्ची खोलाको पहरो, उत्तर पार गाउँ जाने बाटो र दक्षिणमा तीम्बु खोला वरपर २०० देखि ५०० मिटरसम्म आज ३ बजेदेखि अपराह्न ५ बजेसम्म र भोलि बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म अर्काे व्यवस्था नहुन्जेलसम्म जान निषेध गरिएको छ ।
मेलम्ची खानेपानी स्थानीय कार्यालयको पूर्वमा इन्द्रावती खोलाको बगर, पश्चिममा श्री नं. २ जगदल गण, ब्यारेक कार्यालय, उत्तरमा परीचोक जाने बाटो र दक्षिणमा धितालवेशी चोकसम्म २०० देखि ५०० मिटर आज ३ बजेदेखि अपराह्न ५ बजेसम्म र भोलि बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म अर्काे व्यवस्था नहुन्जेलसम्म जान निषेध गरिएको छ ।
त्यस्तै ग्याल्थुम सुरुङ पूर्व भुसुने पाखो, पश्चिम ग्याल्थुम खोला, उत्तर लाभ गाउँ र दक्षिण खरभूजे चोकमा २०० देखि ५०० मिटर भोलि बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म अर्काे व्यवस्था नहुन्जेलसम्म जान निषेध गरिएको छ । ग्यालथुम सुरुङ जाने बाटोमा पूर्व थापाटोल लाभ गाउँ, पश्चिम साल्मेचोक, उत्तर चिलौने बस्ती र दक्षिण सन्धिुखोलामा २०० देखि ५०० मिटर भोलि बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म अर्काे व्यवस्था नहुन्जेलसम्म जान निषेध गरिएको छ ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











