प्रेम जालमा डुबेका गाँउपालिका अध्यक्ष गिरीलाई फसायो फेसबुक च्याटले
काठमाडौं । प्युठानको गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीलाई आइतबार प्रहरीले हिरासतमा लिएको छ ।
बहुविवाह गरेको भन्दै आफ्नै श्रीमतीले दिएको उजुरीका आधारमा समातिएका हुन् । बहुविवाह गरेको भन्दै परस्त्रीसँग खिचिएका अर्धनग्न तस्वीरसहित उजुरी परेपछि प्रहरीले अध्यक्ष गिरी र उनकी प्रेमिका दुबैलाई हिरासतमा लिएको हो ।
प्युठानका प्रहरी प्रमुख डीएसपी नरेन्द्र कार्कीले दुवैलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको बताए ।
परस्त्रीसँग विष्णुको सम्पर्क बढेको प्रमाण फेला पारेको भन्दै पत्नी सीताले भदौ १० गते हुलाकमार्फत् बहुविवाहको उजुरी प्रहरीमा दायर गरिन् । उनले विष्णु र ती युवतीका केही तस्वीरहरु र च्याटमा भएका कुराकानीलाई प्रमाणका रुपमा प्रहरीसमक्ष पेस गरेकी छिन् ।
त्यसपछि प्रहरीले सुरुमा युवतीलाई हिरासतमा लियो । तर, विष्णु फरार रहेको भन्दै प्रहरीले उनीविरुद्ध वारेन्ट जारी गर् र मातहतका सबै प्रहरी युनिटमा उनलाई पक्राउ गर्न सर्कुलर ग¥यो । त्यसको केही दिनपछि आइतबार साँझ (भदौ २२ गते) गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरी आफैं प्रहरी सम्पर्कमा पुगे ।
प्युठान जिल्ला प्रहरी कार्यालयका डीएसपी नरेन्द्र न्यौपानेले भने, ‘गिरी साँझ सम्पर्कमा आएका हुन, अनुसन्धानका लागि हिरासतमा लिएका छौं ।’
फेसबुक च्याटले फसायो
गाउँपालिका अध्यक्ष गिरीले आफूसँग प्रेममा परेकी युवतीसँग कोठाभित्र रहँदाका अर्धनग्न तस्वीरहरु आफ्नो मोबाइलमा खिचेर राख्ने गरेका थिए । साथै उनीहरुवीच फेसबुक च्याटमा प्रेमका अन्तरंग कुराकानीहरु हुने गरेका थिए ।
च्याटमा भएको कुराकानीमा गाउँपालिका अध्यक्ष विष्णुलाई युवतीले ‘बुढो’ भनेर सम्बोधन गरेकी छन् । उनले विष्णुलाई मोबाइलमा खिचेका तस्वीरहरु डिलिट गर्न भनेकी थिइन् । तर, उनले ती तस्वीर सार्वजनिक नहुनेमा ढुक्क रहन प्रेमिकालाई भनेका थिए ।
अन्ततः फेसबुकको सोही सम्वादले उनीहरुलाई धोका दियो ।
स्थानीय चुनावमा गौमुखी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएलगत्तै गिरी युवतीसँग प्रेममा फसेका थिए । यसवीचमा उनीहरु यति नजिकिए कि बच्चा पाउने कि नपाउने भन्ने विषयमा समेत फेसबुकको म्यासेन्जरबाटै छलफल गर्न थाले । च्याटमा विष्णुले परिवारनियोजन गरे पनि बच्चा जन्मन सक्ने भन्दै प्रेमिकालाई आश्वस्त बनाउन खोजेका थिए ।
बुटवलको एक पोलिक्लिनिकमा जागिरे ती युवतीलाई विष्णुले मरन्ठानाका एक व्यक्तिको बन्ध्याकरणपछि पनि बच्चा भएको उदाहरण दिएका थिए ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
डिम्ब प्रकरणमा सर्वोच्चः महान्यायधिवक्ताको कार्यालयविरुद्ध कारण देखाउ आदेश जारी
काठमाडौं। गैरकानुनी रूपमा नाबालिकाहरूको डिम्ब निकालेको अभियोगमा अनुसन्धानको दायरामा आएको होप फर्टिलिटी एन्ड आईभीएफ सेन्टर विरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको...
-
प्रधानमन्त्री कार्कीले सरकारी जग्गा मिचेको आरोपमा अदालतकै कर्मचारीको आक्रोश, न्याय र कार्यपालिकामाथि गम्भीर धक्का
काठमाडाैं । पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले सरकारी जग्गा हडपेको विषयमा जिल्ला अदालत ललितपुरका कर्मचारी हरि भट्टराईले आलोचना गरेका...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
नेपालटारबाट सुन र नगदसहित सामान लुटपाटको आरोपमा चार जना पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको...












