सोझा नेता चित्रबहादुर केसीको गम्भीर अपराध, हुनसक्छ ५ वर्ष कैद सजाय !
काठमाडाैं । राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीको छुट्टै छवि छ । समकालीन राजनीतिमा मूल्य, निष्ठा र इमानको राजनीति गर्ने व्यक्तिका रूपमा उनलाई लिइन्छ ।
तर, बिहीबार प्रकाशित हुने ‘शुक्रबार साप्ताहिक’ले सोझा नेताको गम्भीर अपराध शीर्षक दिएर केसीको कर्तुतबारे रिपोर्ट बनाएको छ । रिपोर्टअनुसार, उनले आफ्ना दुई नातिका बाबु र आमा नै परिवर्तन गरिदिएका छन् ।
तीनपटक सांसद् भएका उनले आफू संविधानसभाको सभासद् भएका बेला मा कानून छलेर जेठा छोरा सचित्र केसीतर्फका दुई छोरा सचित र सचिन केसीलाई कान्छा छोरा विष्णु केसीको छोरा बनाइएको पाइएको छ ।
आफू सभासद् भएका बेला गाउँविकास समितिलाई प्रभावमा पारेर उनी झूटो सिफारिस बनाउन आफैं खटिएका थिए । यो थाहा पाएर जनमोर्चाका कार्यकर्ताले त्यसो नगर्न सुझाएका थिए । तर, उनले त्यसको प्रवाह नगरी ०६७ माघ ५ गते प्रशासनलाई पत्तै नदिई बाबु–आमा परिवर्तन गराएको रिपोर्टमा उल्लेख छ । यद्यपि, उनले परिवारमा भने उनले सल्लाह गरेका थिए ।
कानूनअनुसार एकै परिवारका सदस्य भए पनि धर्मपुत्र या धर्मपुत्री बनाउने कानून बाहिर रहेर एकै दाजुभाइका छोराछोरीको आमा–बाबु परिवर्तन सम्भव हुन्न । धर्मपुत्र–धर्मपुत्री बनाउन पाउने पनि छुट्टै कानूनी प्रक्रिया र सर्त छन् । तर केसी परिवारले धर्मपुत्रसम्बन्धी कानूनी प्रावधानबाट नाबालकहरूको आमा बाबु परिवर्तन गरेका हैनन, संरक्षक बनाएका पनि हैनन् । कानूनलाई सीधै ढााटेर आमा–बाबु नै परिवर्तन गरिदिएका हुन् ।’ शुक्रबारले प्राथमिकता साथ छापेको छ ।
केसीले यसो गर्नुको कारण रोचक रहेको पाइएको छ । नेता केसीले गैरकानूनी रुपमा दुई बालकको बाबुआमा परिवर्तनको कारण जापानमोह हो । चित्रबहादुरका कान्छा छोरा विष्णु जापानमा छन् । चित्रबहादुरले दुई नाति जापान पठाउने मोहकै कारण उनीहरुका आमा–बाबु नै परिवर्तन गरिदिएको शुक्रबारको ठम्याइ छ ।
नेता केसीले गरेको अपराधमा यस्तो प्रकृतिको घटनामा उनलाई ५ वर्षसम्म कैद हुनसक्छ । नेपाली नागरिकता ऐन २०६३ मा रहेको दफा ११५ आकर्षित हुने र त्यसमा ५ वर्षको कैद व्यवस्था रहेको छ ।
तर, केसी आबद्ध दल जनमोर्चाकी प्रवक्ता दुर्गा पौडेलले भने यो ठूलो इस्यु नभएको बताएकी छन् ।
जेठा छोराको घरपरिवार बिग्रिएपछि केसीले यस्तो कदम चालेको उल्लेख गर्दै पौडेलले शुक्रबारसँग भनेकी छन्– हाम्रो नेपाली समाजमा आफ्नो दाइको छोरालाई आफ्नै मान्ने चलन छ । यसले राष्ट्रलाई कुनै घाटा पुर्याउँदैन । बाबुआमाले दाबी गरे भने कुरा उठाउनु स्वभाविक हो । बाबुआमाले कुरा उठाएका छैनन् ।’
पौडेलले यसमा चित्रबहादुर आफैं लागेजस्तो नलागेको र कानूनी व्यवस्थाबारे थाहा नभए पनि ठूलो इस्यु भने नभएको बताएकी छन् ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











