सोझा नेता चित्रबहादुर केसीको गम्भीर अपराध, हुनसक्छ ५ वर्ष कैद सजाय !
काठमाडाैं । राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीको छुट्टै छवि छ । समकालीन राजनीतिमा मूल्य, निष्ठा र इमानको राजनीति गर्ने व्यक्तिका रूपमा उनलाई लिइन्छ ।
तर, बिहीबार प्रकाशित हुने ‘शुक्रबार साप्ताहिक’ले सोझा नेताको गम्भीर अपराध शीर्षक दिएर केसीको कर्तुतबारे रिपोर्ट बनाएको छ । रिपोर्टअनुसार, उनले आफ्ना दुई नातिका बाबु र आमा नै परिवर्तन गरिदिएका छन् ।
तीनपटक सांसद् भएका उनले आफू संविधानसभाको सभासद् भएका बेला मा कानून छलेर जेठा छोरा सचित्र केसीतर्फका दुई छोरा सचित र सचिन केसीलाई कान्छा छोरा विष्णु केसीको छोरा बनाइएको पाइएको छ ।
आफू सभासद् भएका बेला गाउँविकास समितिलाई प्रभावमा पारेर उनी झूटो सिफारिस बनाउन आफैं खटिएका थिए । यो थाहा पाएर जनमोर्चाका कार्यकर्ताले त्यसो नगर्न सुझाएका थिए । तर, उनले त्यसको प्रवाह नगरी ०६७ माघ ५ गते प्रशासनलाई पत्तै नदिई बाबु–आमा परिवर्तन गराएको रिपोर्टमा उल्लेख छ । यद्यपि, उनले परिवारमा भने उनले सल्लाह गरेका थिए ।
कानूनअनुसार एकै परिवारका सदस्य भए पनि धर्मपुत्र या धर्मपुत्री बनाउने कानून बाहिर रहेर एकै दाजुभाइका छोराछोरीको आमा–बाबु परिवर्तन सम्भव हुन्न । धर्मपुत्र–धर्मपुत्री बनाउन पाउने पनि छुट्टै कानूनी प्रक्रिया र सर्त छन् । तर केसी परिवारले धर्मपुत्रसम्बन्धी कानूनी प्रावधानबाट नाबालकहरूको आमा बाबु परिवर्तन गरेका हैनन, संरक्षक बनाएका पनि हैनन् । कानूनलाई सीधै ढााटेर आमा–बाबु नै परिवर्तन गरिदिएका हुन् ।’ शुक्रबारले प्राथमिकता साथ छापेको छ ।
केसीले यसो गर्नुको कारण रोचक रहेको पाइएको छ । नेता केसीले गैरकानूनी रुपमा दुई बालकको बाबुआमा परिवर्तनको कारण जापानमोह हो । चित्रबहादुरका कान्छा छोरा विष्णु जापानमा छन् । चित्रबहादुरले दुई नाति जापान पठाउने मोहकै कारण उनीहरुका आमा–बाबु नै परिवर्तन गरिदिएको शुक्रबारको ठम्याइ छ ।
नेता केसीले गरेको अपराधमा यस्तो प्रकृतिको घटनामा उनलाई ५ वर्षसम्म कैद हुनसक्छ । नेपाली नागरिकता ऐन २०६३ मा रहेको दफा ११५ आकर्षित हुने र त्यसमा ५ वर्षको कैद व्यवस्था रहेको छ ।
तर, केसी आबद्ध दल जनमोर्चाकी प्रवक्ता दुर्गा पौडेलले भने यो ठूलो इस्यु नभएको बताएकी छन् ।
जेठा छोराको घरपरिवार बिग्रिएपछि केसीले यस्तो कदम चालेको उल्लेख गर्दै पौडेलले शुक्रबारसँग भनेकी छन्– हाम्रो नेपाली समाजमा आफ्नो दाइको छोरालाई आफ्नै मान्ने चलन छ । यसले राष्ट्रलाई कुनै घाटा पुर्याउँदैन । बाबुआमाले दाबी गरे भने कुरा उठाउनु स्वभाविक हो । बाबुआमाले कुरा उठाएका छैनन् ।’
पौडेलले यसमा चित्रबहादुर आफैं लागेजस्तो नलागेको र कानूनी व्यवस्थाबारे थाहा नभए पनि ठूलो इस्यु भने नभएको बताएकी छन् ।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











