झुठा मुद्धा खारेज गर्नेबारे बालुवाटारमा सहमति भइसक्योः प्रचण्ड
प्रचण्डले देखाए रेशम चाैधरी लेजबाट छुट्ने संकेत
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले रेशम चाैधरी जेलबाट छुट्ने संकेत गरेका छन् ।
टिकापुर घटनामा दोषी ठहर भइ सजाय भुक्तान गरिरहेका रेशम चाैधरी जेलबाट छुट्नेबारे बालुवाटारमा छलफल भएको भन्दै झुठा मुद्धा खारेज हुने दावी समेत गरेका छन् ।
सुनसरीको झुम्कामा थारु पर्व जितिया पर्वको सभालाई संबोधन गर्दै प्रचण्डले भने, ‘टीकापुर घटनाको सन्दर्भमा आयो, जे भएको छ, अस्ती भर्खर हामीले बालुवाटारमा छलफल गरेर सबै झुटा मुद्धा खारेज गर्नुपर्छ भन्ने सैद्धान्तिक सहमति गरिएको छ र, प्रक्रिया पनि अगाडि बढेको छ ।’
रेशम चौधरीको नाम उल्लेख नगरी उनले भने, ‘जनताको मतबाट जितेका माननीयहरुलाई ससम्मान ल्याउने वातावरण बन्छ ।’
कैलाली १ बाट प्रतिनिधिसभा चुनाव जितेका चौधरीलाई टीकापुर घटनामा जन्दकैदको सजाय सुनाइएको छ । उनी जेलमै रहेका बेला सपथसमेत लिएका थिए ।
प्रचण्डले नेपालमा विभिन्न शक्तिहरु परिवर्तनलाई उल्ट्याउन लागिपरेको भन्दै गणतन्त्रमाथि नै खेल खेल्न खोज्नेलाई छुट दिन नसकिने जनाए । जनताले संघर्ष गरेर ल्याएको लोकतन्त्रलाई धुमिल्याउन खोज्ने जो कोहिलाई छुट दिन नसक्ने भन्दै यस्ता त्तवलाई कठघरामाम ल्याएरै छाड्ने उनले जनाए ।
थारु समुदायमाथि आभार व्यक्त गर्दै प्रचण्डले भने ‘म किसानको छोरा दुई पटक प्रधानमन्त्री भए । यो तपाईहरुको देन हो । तपाईहरु मेरा लागि लड्नु भो म तपाईँहरुका लागि अन्तिम सम्म लड्छु ।’
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











