सभामुख महरा राजीनामा दिने तयारीमा
ओली-प्रचण्डले राजीनामा दिन सुझाए
काठमाडाैं । संघीय संसद प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा राजीनामा दिने मनस्थितिमा पुगेका छन् ।
सभामुख महरा निकट स्रोतका अनुसार आफूमाथि लागेको गम्भीर आरोपको निष्पक्ष छानविन होस भन्ने मनसायका कारन राजीनामा दिने मनस्थितिमा पुगेका हुन् । महरा जनयुद्धकाल देखि नै अत्यन्तै शालिन र भद्र नेताको छवि बनाएका नेतामध्ये पर्छन् ।
संघीय संसदका कार्यरत सि. अ. न. मी पाँचाै तहमा कार्यरत कर्मचारी रोशनी शाहीले सभामुख महराले बलात्कार गरेको भन्दे आरोप लगाएपछि नेकपाका अध्यक्षद्वय प्रचण्ड र प्रधानमन्त्री समेत रहेका प्रधानमन्त्री ओलीले राजीनामा दिन सुझाएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार पूर्वसभामुख सुवास नेम्वाङसहित नेकपाका अध्यक्ष प्रचण्ड-ओलीसँग सभामुख महराले परामर्श गरिसकेका छन् । परामर्शको क्रममा महराले राजीनामा दिएर अनुसन्धानमा सघाउन सुझाव दिएको जनाइएको छ ।
नेकपामाथि चाैतर्फी आक्रमण भएका बेला बलात्कार आरोप समेत आएको हुनसक्नेबारे समेत नेकपामा छलफल भएको स्रोतको दाबी छ । यद्यपी प्रधानमन्त्री निवासमा आकस्मिक नेकपाको सचिवालय बैठक आह्वान गरिएको छ । त्यो भन्दउा पहिले नेकपाका अध्यक्षहरुसहि बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पाैडेलबीच छलफल भइसकेको छ । भने नेकपाको सचिवालय बैठक समेत सुरु भएको छ ।
सभामुख महराले सकेसम्म आज नै स्पष्टिकरण दिएर राष्ट्रपति समक्ष राजीनामा दिनसक्ने स्रोतले जनाएको छ ।
यस्तै, तत्कालीन कानुन मन्त्री शेरबहादुर तामाङले बंगलादेशमा मेडिकल शिक्षा पढ्न गएका महिलाहरुबारे टिप्पणी गर्दा पदबाट राजीनामा गरेका थिए ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











