गाडी र जग्गा खरिद गर्दा कुनै प्रक्रिया छलिएको छैन्ः अध्यक्ष राई
सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले बिकास बिरोधी सलबलाउँन थालेको बताएका छन् । गाउँपालिकाले छोटो मसयमानै हासिल गरेको प्रगतिलाई देखेर बिकास बिरोधी अत्तालिदै केही सञ्चार माध्यममा श्रृंखलाबद्ध रुपमा भ्रामक समाचारहरु प्रकाशन गर्न पुगेको बताएका हुन् ।
गाउँपालिका भवन र गाडी खरिदको विषयमा केही अनलाईनमा समाचार आए पछि सञ्चारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिँदै राईले जग्गादाताको मन्जुरीमा आवश्यक प्रकृया पूरा गरेर नै पालिका भवन निर्माण गरेको दावी गरे । “सहज सेवा प्रवाहका लागि भवन निर्माण गरेको बिषयमा ठुलै भ्रष्टचार गरेजस्तो हल्ला गर्न खोजियो ।” अध्यक्ष राईले भने, ‘मैले निजि आवास निर्माण गरेको होईन, सेवा प्रवाहका लागि सुविधा सम्पन्न भवन निर्माण गरेको हो ।”
“स्थानीय समाजसेवि तथा जग्गादाताबाट जग्गा लिएर नै कार्यालय बनाएका हौँ ।” अध्यक्ष राईले भने, “भवन अभावमा काम गर्न समस्या थियो, त्यो सबैलाई प्रष्ट भएकै कुरा हो, अहिले भवन भएपछि सेवा लिन कत्तिको सहज भएको यहाँको जनतालाई आएर सोध्नु,, मलाई नसोध्नु ।”
‘टेण्डर खोलेर नै पालिकाको भवन बनाएका हौँ, अध्यक्ष राईले प्रतिप्रश्न गरे, “जिल्लाको स्थानीय तह मध्ये सबैभन्दा पहिला भवन निर्माण गर्ने पालिको कुन हो ? अनी फेरी पालिकाको सम्पत्ति जोड्नु भ्रष्टाचार हो ?’
वोलपत्र आवहान गरेरनै गाडी गरिद
यता विना वोलपत्र गाडी खरिद गरिएको भन्ने समाचारप्रति पनि गाउँपालिकाले आपत्ति जनाएको छ । पालिकाले सार्वजनिक खरिद ऐन अनुसारनै सबै सवारी साधन खरिद गरिएको प्रमुख प्रशासकीय अधिकृत अविलाल राईले वताए ।
‘समाचारमा १ करोड १० लाख भनिएको रहेछ, गाडीको बास्तविक मुल्य ८२ लाख मात्र हो’ अधिकृत राईले भने, ‘हामीले पत्रिकामा बोलपत्र आव्हान गरेर नै हाईलक्स भन्दा सस्तो गाडी किनेका हौँ ’। पालिका अध्यक्ष राईले भने डाँडाँकाँडाको बाटोलाई सुहाउने साधन खरिद गरिएको स्पष्ट पारे । ‘अन्य गाडी भन्दा निकै सस्तो र बलियो छ, मैले मेरो ब्यक्तिगत नाममा खरिद गरेको होईन, उनले भने, ‘मेरो कार्याकाल सकिए पछि अर्को जनप्रतिनिधिले पनि यही नै गाडी प्रयोग गर्ने हो ।’
जग्गा दाताको प्रश्न : मेरो घु¥यान पुर्ने र बगाउँने लिखु खोला खोई ?
यता जग्गा दाता एकबहादुर गुरुङका माहिला छोरा बलराम गुरुङले केही सञ्चारमाध्यममा आएको समाचार प्रति दुःख लागेको बताए । “हामीले परिवारको सल्लाह अनुसारनै यत्रो घरबारीनै कानुन अनुसार मञ्जुरीनामा लेखेर दिएका छौ ।” समाजसेवीको रुपमा परिचित गुरुङले भने, “संगोलमा जग्गा भएकाले पास गर्न केही समय लागेकोनै हो, गाउँको बिकासमा किन कन्जुस्याई गर्नु, सबैले सहयोग गर्नुपर्छ अनी गाउँ बन्छ भनेर खुल्ला मनले जग्गा दिएका छौ,े त्यो जग्गा नहुँदा हाम्रो उठीबास लाग्ने पनि होईन ।”
“हामी दिनेलाई त आपत्ति छैन, अरुलाई के को टाउको दुखाई ?” जग्गा दाता गुरुङले भने ।
यता सुविधा सम्पन्न अस्पताल निर्माणको अभियानमा गाउँपालिका लागेको भन्दै स्थानीय गोरे राईले करिब १२ रोपनी जग्गा निशुल्क रजिष्टेशन गरिदिएका छन् । अन्य केही जग्गादाताले चाडै जग्गा रजिष्टेशन गरिदिने भनेर मञ्जुरीनामा सहिछाप गरिदिएका छन् ।
जग्गा दता गोरे राईले बदनियतका साथ दुरुत्साहन गर्ने मनसायका साथ समाचार लेखिएकोमा आपत्ति जनाएका छन् । उनले भने, ‘गाउँमा अस्पताल बन्नु गौरबको कुरा हो, हामीले सही स्थानमा जग्गा दिएका छौँ तर हुँदै नभएको लिखुखोलाले जग्गा बगाउन लाग्यो भनेर हाम्रो मानमर्दन गर्ने काम गरियो ।” राईले भने, “कुनचाही पत्रकार हो ? मेरो घु¥याउनलाई पहिरोले पुरनै लाग्यो, बगाउँनै लाग्यो भन्ने, देखाउँन मेरो चुनौती छ ।”
महायज्ञको रकमले अस्पताल निर्माण प्रक्रियानै अगाडी बढ्यो
गाउँपालिका अध्यक्ष असिम राईलाई अस्पताल निर्माणको प्रक्रिया कहाँ पुग्यो भन्ने सञ्चारकर्मीको प्रश्नमा टेण्डर भईसकेको जवाफ दिए । “अस्पताल निर्माणको लागि गरेको बचन पुरा भएन भने प्रश्न गर्नुहोला अहिलेनै योजनालाई बिफल बनाउँने उदेश्यले हावाको भरमा प्रक्रियानै अगाडी बढेको छैन नभन्नुहोला ।” अध्यक्ष राईले भने, “बिरोधका लागि बिरोध गर्नेलाई मेरो भन्नु केही छैन, बिकास गर्ने जोकोही भएपनि हातेमालो गर्नु मेरो कर्तव्य हो र गर्छूपनि ” ।
“हल्ला गर्नेहरु गरिरहन्छन, मेरा विरोधीहरु रोगि हुँदा उपचार गरि निको पार्ने अस्पताल दुधकोशी सामुदायीक अस्पतालनै हुनेछ ।” उनले भने, “राईहरुको बाहुल्य रहेको स्थानमा महायज्ञ लगाएर जातिय तथा धार्मिक सद्भाव समेत कायम गर्न सफल भएको हाम्रो दावी हो ।”
सबै काम पारदर्शी रुपमा भएको दाबी गर्ने अध्यक्षले जनताको नाममा आएको एक पैसा पनि हिनामिना नगर्ने बताएका छन् । महायज्ञबाट र अन्य श्रोतबाट संकलित रकमको विद्युतीय अभिलेख राखिएकाले ५ मिनेट भित्र सबै कारोबार जो कोहीले हेर्न सक्ने पालिकाले जनाएको छ ।
सबै काम पारदर्शी रुपमा भएको दाबी गर्ने अध्यक्षले जनताको नाममा आएको एक पैसा पनि हिनामिना नगर्ने जिकिर गरेका छन् । महायज्ञबाट र अन्य श्रोतबाट संकलित रकमको विद्युतीय अभिलेख राखिएकाले ५ मिनेट भित्र सबै कारोबार जो कोहीले हेर्न सक्ने पालिकाले जनाएको छ ।
दुई बर्षमा जनताले अनुभुति गर्ने गरि गरेको काम के भन्ने प्रश्नमा :
म निर्वाचित भए पछि दर्जनौको विकासका काम भएका छन् । हामीले सुविधासम्पन्न कार्यालय भवन बनायौँ । पालिकालाई प्रविधिमैत्री बनाउने काम गरियो । विकट स्थानमा रहेका वडा र विद्यालयहरुमा ईन्टरनेट जडान गरिएको छ । हरेक विद्यालयमा ई हाजिरिको ब्यवस्था गरिएको छ । पािलकाले आफ्नै शिक्षा ऐन लागु गरि शिक्षाको गुणस्तर अभिबृद्धिको काम गरिएको छ । जिल्लामै पहिलो ईन्जिनियरिङ कलेज स्थापना हुँदैछ । सिटिईभिटिबाट सिभिल ईन्जिनियरिङको अनुमति लिईएको छ । अब गाउँमै ढिडो खाएर ईन्जिनियर बन्न पाउँछन् जनताका छोराछोरीले ।
हाम्रो सडक निर्माणमा गुणस्तरीय मापदण्ड लागु गरिएको छ । हामीले खनेका सडकहरु ६ मिटर चौडाईका छन् । विकासको नमुना बनाउने प्रयत्न भईरहेको छ । दुधकोशीमा ३ वटा मोटरेबल पुल र सोलुखोलामा २ वटा मोटरेबल पुल निर्माणको काम अगाडी बढेको छ । प्रदेश र संघीय सांसदहरुसँगको समन्वयमा २५ करोड रुपैँया ग्रामिण विद्युतिकरणका लागि बजेट छुट्टिएको छ । पालिकाको केन्द्र मुक्लिसम्म सडक पिच हुँदैछ, यो पनि यहाँका लागि ठूलो उपलब्ध हो ।
गाउँपालिका मध्ये सबैभन्दा पहिला लक्ष्मी बैंकको शाखा, प्रहरी चौकी समेत स्थापना गरिएको छ । ठुला जलविद्युत आयोजना संग समन्वय गरिरहेको छु । सबैभन्दा धेरै ऐन कानुन निर्माण गरेर कार्यन्वयन गर्ने, खुम्बु पासाङल्हामु गाउँपालिका पछि सबैभन्दा धेरै राजश्व संकलन गर्ने गाउँपालिका थुलुङदुधकोशीनै हो । स्वास्थ्य क्षेत्रका स्कुल नर्स कार्यक्रम प्रभावकारी रुपमा अगाडी बढाईएको छ । मातृ मृत्युदर सुन्य पार्न आमा सुरक्षा कार्यक्रम लागु गरि अस्पतालमा सुत्केरी गराउनेलाई पाँच हजार प्रोत्साहान भत्ता दिने गरिएको छ ।
मैले निर्वाचित भएदेखीनै सबै पक्ष संग अधिकतम सहकार्यको रणनिति लिएको छु । अधिकतम समन्वयको लागि काग्रेसबाट निर्वाचित वडा अध्यक्षलाई प्रबक्ताको जिम्मेवारी दिईएको छ । सबै वडामा समानुपातिक बजेट बिनियोजन गरिएको छ । भने अब म कसरी एकपक्षिय भए ? जनहितमा यती धेरै काम भएका छन् । मैले गलत नियत राखेको भए यी सबै काम कसरी पुरा संभव भयो ? मलाई गलत प्रचारबाजीले थप काम गर्न हौसला मिलेको छ । म आलोचनालाई उर्जामा बदल्न सक्छु । आजकाल राती ६ घण्टा सुतेर बाँकी पालिकाको काममा लाग्थे भने अब चार घण्टा मात्र सुत्छु । म जनतको शासक होइन शेवक हुँ । आरिस गर्ने जलेर बस्छन्, म जनसेवामा ईमान्दार सिपाहीको भुमिका निर्वाह गरिरहने छु । हाम्रो कृयाशिलताले कसैको राजनितिक भविष्य समाप्त हुन्छ भने यसलाई हाम्रो दोष भन्न मिल्छ ?
न्याय खोज्न बाध्य पारियो : प्रमुख प्रशासकिय अधिकृत राई ।
गाउँपालिकाको बद्नाम गर्ने उदेश्यले समाचार प्रकाशन भएको भन्दै कानुनी बाटो अबलम्बन गर्ने प्रमुख प्रशासकिय अधिकृत अबिलाल राईले बताए । बद्नियता पुर्वक समाचार बाहिर ल्याएको भन्दै अधिकृत राईले पालिकाको बद्नामी सहेर नबस्ने बताए । स्पष्ट प्रमाण र आधार हामी संग हुँदा हुँदै पनि अभिव्यक्ति स्वतन्त्रताको नाममा मान हानी गर्न नहुँने भन्दै अधिकृत राईले यस्ता कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याएरनै छाड्ने बताए ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











