सांसद पार्वत गुरुङलाई साधारण तारेखमा रिहा गर्न अदालतको आदेश
काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद पार्वत गुरुङ साधारण तारेखमा रिहा भएका छन्।
२०७४ वैशाखमा भएको स्थानीय तहको निर्वाचनको भोलिपल्ट काठमाडौंको गौशालामा गम्भीर घाइते हुने गरी एकजना युवक कुटिएको घटनामा गुरुङसहित ७ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो। आइतबार उपस्थित भएका गुरुङको जिल्ला न्यायाधीश पुणेश्वर प्रसाद उपाध्यायको इजलासमा बयान लिइएको थियो।
न्यायाधीश उपाध्यायकै आदेशमा गुरुङ साधारण तारेखमा रिहा भएका हुन्। नेकपाका केन्द्रीय सदस्यसमेत रहेका गुरुङ गत भदौमा काठमाडौं जिल्ला अदालतले काटेको पक्राउ पुर्जी काटेपछि उपस्थित भएका थिए। २०७४ सालको स्थानीय तह निर्वाचनपछि राजधानीको गौशालामा एकजनामाथि गम्भीर घाइते हुने गरी भएको आक्रमणको घटनामा गुरुङविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाएको थियो। अदालतले प्रहरीलाई गुरुङलाई पक्राउ गरी कात्तिक १४ गतेभित्र उपस्थित गराउन भनेको थियो। तर गुरुङ म्यादअगावै उपस्थित भएपछि अदालतको सात नम्बर इजलासमा आजै बयान भएपछि यो निर्णय आएको हो।
दोलखाकै विश्वध्वज खड्काले जाहेरी मुद्दामा जिल्ला अदालत काठमाडौंले दोलखा जिल्ला अदालतमा पत्र पठाई म्याद तामेल गरेको थियो। यो घटनामा आरोप प्रमाणित भएमा गुरुङलाई १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ।
२०७४ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि काठमाडौंका गौशालामा भएको सांघातिक आक्रमणको घटनामा संलग्न भएको अभियोगमा सांसद गुरुङसहित ७ जनाविरुद्ध अदालतले पक्राउ पूर्जी जारी गरेको थियो। सांसद गुरुङले पनि तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्र रहँदा भएको घटनालाई लिएर पूर्वमाओवादीहरूले पूर्वाग्रह साँधेर आफूविरुद्ध मुद्दा दर्ता गरेको बताएका थिए।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
डिम्ब प्रकरणमा सर्वोच्चः महान्यायधिवक्ताको कार्यालयविरुद्ध कारण देखाउ आदेश जारी
काठमाडौं। गैरकानुनी रूपमा नाबालिकाहरूको डिम्ब निकालेको अभियोगमा अनुसन्धानको दायरामा आएको होप फर्टिलिटी एन्ड आईभीएफ सेन्टर विरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको...
-
प्रधानमन्त्री कार्कीले सरकारी जग्गा मिचेको आरोपमा अदालतकै कर्मचारीको आक्रोश, न्याय र कार्यपालिकामाथि गम्भीर धक्का
काठमाडाैं । पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले सरकारी जग्गा हडपेको विषयमा जिल्ला अदालत ललितपुरका कर्मचारी हरि भट्टराईले आलोचना गरेका...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
नेपालटारबाट सुन र नगदसहित सामान लुटपाटको आरोपमा चार जना पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको...












