प्रधानमन्त्रीको भोली डिस्चार्ज हुन्छः प्रचण्ड
सीमा विवादबारे भारतीय कुटनितिज्ञ श्यामशरणको धारणा अत्यन्तै भर्त्सनाजनक
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको भोली अस्पतालबाट डिस्चार्ज हुने जनाएका छन् ।
नेकपाका अध्यक्ष प्रचण्डले सरकार र पार्टीको गतिविधि सामान्य ढंगले चलेको भन्दै उनले प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधार भइरहेको जानकारी दिएका छन् ।
देशमा राजनीतिक घटना सामान्य नै चलेको भन्दै उनले कालापानी, लिपुलेक र लिम्पियाधुराको बारेमा राजनीतिक र कुटनीतिक पहल गरेर फिर्ता गर्न सरकारले भारतीय दुतावासमार्फत पत्र पठाइसकेको जनाएका छन् ।
सरकारले सीमा विवादलाई समाधान गर्न राजनीतिक र कुटनिति पहल गर्दा समस्याको समाधान गर्दा सहज हुने भन्दै देशको भुमी फिर्ता गर्दा अन्तराष्ट्रियकरणको कुरा उठाएर समस्या सिर्जना नगर्न सबैमा समेत आग्रह गरेका छन् ।
नेपालका लागि भारतीय पूर्व राजदुत श्यामशरणले सीमा विवादलाई लिएर बोलेको कुरा अत्यन्तै भत्सनाजनक भएको प्रचण्डले जनाए । श्यामशरणलाई नेपालले अत्यन्तै कुटनीतिक मान्छे मानेको भन्दै उनको भाषा र शब्दप्रति प्रचण्डले असन्तुष्टि पोखेका हुन् । यद्यपी श्यामशरणले नेपालले सीमा विवादवारे राजनीतिकरण गर्न खोजिए भारतमा भएका ८० लाख नेपालीलाई समस्या पर्नेतर्फ संकेत गरेको जनाइएको छ ।
यस्तै, प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिलाई ख्याल गर्दै चीन भ्रमणमा जाने कुरा सहज र स्वभाविक नहुने भएका कारण हाललाई स्थगित गरिएको जनाए । उनले टु प्लस वान भन्ने धारणनका कारण आफनो चीन भ्रमण स्थगित नभएको समेत प्रष्ट पारे । टु प्लस वान नभएर थ्री नै हुनेमा आफू आशावादी रहेक समेत उनले जनाए । उनी अहिले सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गरेको एक कार्यक्रमको सिलसिलामा सुदूरपश्चिम प्रदेशमा रहेका छन् ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











