प्रेमीको लिंग काटिदिने प्रेमिकाविरुद्ध ‘अंगभंग’ कसुर
काठमाडाैँ । प्रेमीको लिंग छेदनमा संलग्न एक प्रेमिकालाई ‘अंगभंग’कसुर अन्तर्गत बुधबार मुद्दा चलाइएको छ।
सरकारी वकिल र प्रहरीबीचको छलफलपछि सरकारी वकिल यो निष्कर्षमा पुगेका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।
ज्यानमार्ने उद्योग वा अंगभंगमध्ये जुन कसुरमा पनि मुद्दा चल्नसक्ने स्थिति रहे पनि मुद्दा बलियो पार्न सरकारी वकिल दोस्रो विकल्पमा पुगेको छ।
विदेशमा लिङ्गच्छेदनका घटना सुनिए पनि नेपालमा भने नौलो प्रकृतिको कसुर हो। लिच्छिविकालमा कन्याको मञ्जुरी बिना जबरजस्ती करणी गरेमा पुरुषको लिंगछेदन गरी मृत्युदण्ड दिने व्यवस्था रहेको प्राचिन इतिहासमा भेटिन्छ।
गत मंसिर २४ गते काठमाडौंको बौद्ध महांकालमा थिङ थरकी प्रेमीकाले आफ्नै कोठामा बोलाएर सुनुवार थरका प्रेमीको लिंग छेदन गरिदिएकी थिइन्। उनीहरु दुवैजना हायात होटलमा काम गर्दैआएका थिए।
परिवारले स्वीकार नगर्ने भन्दै प्रेमीबाट छुट्टिन प्रस्ताव गरेपछि आवेगमा आएर प्रेमिकाले लिंग छेदन गरेकी थिइन्। अभियोगपत्रमा प्रेमिकाले कोठामा भेट्न डाकेर चक्कुले लिंग छेदन गरेको दाबी छ।
घटनालगत्तै प्रहरीले आरोपित युवतीलाई पक्राउ गरेको थियो। युवाको लिंग छेदन गरेपछि तिनै प्रेमीकाले ओम अस्पतालमा लगेर उपचार गरेकी थिइन्।
काठमाडौं जिल्ला न्यायाधिवक्ता चन्द्रकान्त खनालले मुलुकी अपराध संहिताको दफा १९२ को अंगभंग गर्न नहुने कसुर अन्तर्गत अभियोग लगाइएको जानकारी दिए।
उक्त दफा अन्तर्गत महिलालाई बाँझोपन वा पुरुषलाई पुरुषत्वहीन बनाएमा ‘अंगभंग’को कसुर मानिने व्यवस्था छ। सरकारी वकिलले दस वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबाना मागसहित मुद्दा चलाएको हो।
संहिताको दफा १८३ मा कसैले कसैको ज्यान मार्ने नियतले त्यसको उद्योग गर्न नहुने भनिएको छ।
Comments
अरु समाचार
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...











