कालो धनको शुद्धीकरणः बैंकका सीईओ, उच्च नेता, व्यापारी र प्रशासक निगरानीमा
काठमाडाैँ । सम्पत्ति शुद्धीकरण गरी वित्तीय अपराध गर्नेहरूमा केही बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओे), राजनीतिक दलका नेता, प्रशासक तथा राजस्व छली गर्ने उच्च तहका व्यापारीहरूको अत्यधिक संलग्नता रहेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी आउने क्रम बढेको छ ।
विभागमा परेका विभिन्न उजुरी र विभागले गरेको अनुसन्धानका क्रममा गैरकानुनी रूपमा आर्जित कालो धनलाई शुद्धीकरण गर्ने कार्यमा केही बैंकका सीईओे, सञ्चालक, उच्च कर्मचारी अग्रपंक्तिमा रहेको पाइएपछि उनीहरू उच्च निगरानीमा परेका छन्।
विभाग स्रोतका अनुसार उच्च घरानियाँ समूहका व्यापारी, विगतमा पटकपटक मन्त्री भइसकेका नेता तथा उच्च तहका प्रशासकसमेत सम्पत्ति शुद्धीकरण गरी वित्तीय अपराधको पारो बढाउने खेलमा संलग्न रहेको आशंकामा उनीहरूलाई पनि निगरानीमा राखिएको छ।
यस्तै, रियल स्टेटमा लगानी गर्नेहरू समेत सम्पत्ति शुद्धीकरणको पारो बढाउनेमा अगाडि देखिएका छन् । राजस्व छली गर्ने व्यापारी पनि वित्तीय अपराध बढाउन बढी जिम्मेवार देखिएको विभाग स्रोतले जानकारी दिएको छ।
राजस्व अनुसन्धान विभागले व्यापारीले विगत २२ महिनामा मात्रै १३ अर्ब रुपैयाँभन्दा बढीको राजस्व छली गरेको निष्कर्ष निकाल्दै वित्तीय अपराधमा संलग्न भएको आरोपमा सयौंलाई मुद्दा दायर गरिसकेको छ।
गैरकानुनी रूपमा आर्जित सम्पत्तिलाई शुद्धीकरण गराइसकेपछि वित्तीय अपराधमा संलग्नले सम्पत्तिको स्रोत र सोको उत्पति लुकाउने, दबाउने, छिपाउने र स्रोत बदल्नेजस्ता चलाखीपूर्ण कार्य गर्ने गरेकाले कारबाही प्रक्रियालाई टुंगोमा पु¥याउन कठिन हुने गरेको विभागका अधिकारीहरूको भनाइ छ।
विभागले गैरकानुनी रूपमा आर्जित सम्पत्ति लुकाउनेविरुद्ध कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग समेत समन्वय गरिएको जनाएको छ। विभागका महानिर्देशक रूपनारायण भट्टराईले विभागमा परेका उजुरीका बारेमा निष्पक्ष छानबिन भइरहेको बताए।
‘धेरै गम्भीर विषयमा छानबिन भइरहेको छ, छानबिनको विषयबारे केही भन्न मिल्दैन तर वित्तीय अपराध बढाउनेहरूलाई कानुनी दायरामा ल्याएरै छाड्ने छौं,’ भट्टराईले भने।
Comments
अरु समाचार
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...











