कालो धनको शुद्धीकरणः बैंकका सीईओ, उच्च नेता, व्यापारी र प्रशासक निगरानीमा
काठमाडाैँ । सम्पत्ति शुद्धीकरण गरी वित्तीय अपराध गर्नेहरूमा केही बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओे), राजनीतिक दलका नेता, प्रशासक तथा राजस्व छली गर्ने उच्च तहका व्यापारीहरूको अत्यधिक संलग्नता रहेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी आउने क्रम बढेको छ ।
विभागमा परेका विभिन्न उजुरी र विभागले गरेको अनुसन्धानका क्रममा गैरकानुनी रूपमा आर्जित कालो धनलाई शुद्धीकरण गर्ने कार्यमा केही बैंकका सीईओे, सञ्चालक, उच्च कर्मचारी अग्रपंक्तिमा रहेको पाइएपछि उनीहरू उच्च निगरानीमा परेका छन्।
विभाग स्रोतका अनुसार उच्च घरानियाँ समूहका व्यापारी, विगतमा पटकपटक मन्त्री भइसकेका नेता तथा उच्च तहका प्रशासकसमेत सम्पत्ति शुद्धीकरण गरी वित्तीय अपराधको पारो बढाउने खेलमा संलग्न रहेको आशंकामा उनीहरूलाई पनि निगरानीमा राखिएको छ।
यस्तै, रियल स्टेटमा लगानी गर्नेहरू समेत सम्पत्ति शुद्धीकरणको पारो बढाउनेमा अगाडि देखिएका छन् । राजस्व छली गर्ने व्यापारी पनि वित्तीय अपराध बढाउन बढी जिम्मेवार देखिएको विभाग स्रोतले जानकारी दिएको छ।
राजस्व अनुसन्धान विभागले व्यापारीले विगत २२ महिनामा मात्रै १३ अर्ब रुपैयाँभन्दा बढीको राजस्व छली गरेको निष्कर्ष निकाल्दै वित्तीय अपराधमा संलग्न भएको आरोपमा सयौंलाई मुद्दा दायर गरिसकेको छ।
गैरकानुनी रूपमा आर्जित सम्पत्तिलाई शुद्धीकरण गराइसकेपछि वित्तीय अपराधमा संलग्नले सम्पत्तिको स्रोत र सोको उत्पति लुकाउने, दबाउने, छिपाउने र स्रोत बदल्नेजस्ता चलाखीपूर्ण कार्य गर्ने गरेकाले कारबाही प्रक्रियालाई टुंगोमा पु¥याउन कठिन हुने गरेको विभागका अधिकारीहरूको भनाइ छ।
विभागले गैरकानुनी रूपमा आर्जित सम्पत्ति लुकाउनेविरुद्ध कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग समेत समन्वय गरिएको जनाएको छ। विभागका महानिर्देशक रूपनारायण भट्टराईले विभागमा परेका उजुरीका बारेमा निष्पक्ष छानबिन भइरहेको बताए।
‘धेरै गम्भीर विषयमा छानबिन भइरहेको छ, छानबिनको विषयबारे केही भन्न मिल्दैन तर वित्तीय अपराध बढाउनेहरूलाई कानुनी दायरामा ल्याएरै छाड्ने छौं,’ भट्टराईले भने।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
डिम्ब प्रकरणमा सर्वोच्चः महान्यायधिवक्ताको कार्यालयविरुद्ध कारण देखाउ आदेश जारी
काठमाडौं। गैरकानुनी रूपमा नाबालिकाहरूको डिम्ब निकालेको अभियोगमा अनुसन्धानको दायरामा आएको होप फर्टिलिटी एन्ड आईभीएफ सेन्टर विरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको...
-
प्रधानमन्त्री कार्कीले सरकारी जग्गा मिचेको आरोपमा अदालतकै कर्मचारीको आक्रोश, न्याय र कार्यपालिकामाथि गम्भीर धक्का
काठमाडाैं । पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले सरकारी जग्गा हडपेको विषयमा जिल्ला अदालत ललितपुरका कर्मचारी हरि भट्टराईले आलोचना गरेका...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
नेपालटारबाट सुन र नगदसहित सामान लुटपाटको आरोपमा चार जना पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको...












