कोरोना भाइरस फैलिनै नदिन नेपालको यस्ताे तयारी
काठमाडाैँ । विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरस नेपालमा फैलिनै नदिन सरकार सक्रिय रहेको स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ।
शनिबार बिहान नेपालखबरसँग कुरा गर्दैै मन्त्रालयका प्रवक्ता मेहन्द्रप्रसाद श्रेष्ठले उक्त दाबी गरेका हुन्।
‘नेपालमा जम्मा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो, उनी पनि अहिले उपचारपछि पूर्ण रूपमा निको भइसकेका छन्,’ प्रवक्ता श्रेष्ठले भने, ‘शंकास्पद ५/६ को परीक्षण गरिएकामा उनीहरूमा कोरोना भाइरस नेगेटिभ देखिएको छ, अब हामी यो भाइरस छिर्नै नदिने गरी सक्रिय भएका छौं।’
उनका अनुसार अहिलेलाई काेही शंकास्पद बिरामी पनि छैनन्।
‘वास्तवमा हामी संसारभर फैलिएको यो भाइरस नियन्त्रणमा सुरुमै सक्रिय हुन सफल भएका छौं,’ नेपालखबरसँगको कुराकानीमा शनिबार बिहान प्रवक्ता श्रेष्ठले भने, ‘यसो भनौं न चोर पस्नेबित्तिकै समात्न हामी सफल भएका छौं।’
कोरोना भाइरस संक्रमणको फैलिँदो अवस्थाका कारण विश्व स्वास्थ्य संगठनले समेत विश्व स्वास्थ्य संकटकाल घोषणा गरिसकेको छ।
स्वास्थ्य मन्त्रायका प्रवक्ता श्रेष्ठका अनुसार अहिले नेपालले चीनबाट रोग भित्रिन सक्ने नाकाहरूमा नेपाल सरकारले पूरै कडाइ गरेको छ।
‘हामीले अहिले चीन आवतजावत गर्ने मुख्य नाकाहरू- रसुवागढी (रसुवा) र तातोपानी (सिन्धुपाल्चोक) नाकामा चेकजाँचलाई विशेष कडाइ गरेका छौं,’ उनले भने, ‘अनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (काठमाडौं)मा।’
उनका अनुसार तातोपानी र रसुवा नाकामा स्वास्थ्य डेक्स स्थापना गरी कोरोना परीक्षणको व्यवस्था मिलाइएको छ। यस्तै पर्यटन क्षेत्र पोखरा, चितवनलगायत स्थानमा पनि हेल्थ डेस्क स्थापना गरिएका छन्। ती क्षेत्रमा पनि कोरोना भाइरस लागेका व्यक्तिलाई उपचार गर्ने छुट्टै अस्पतालको समेत व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
प्रवक्ता श्रेष्ठका अनुसार चीनमा रहेका नेपालीको अवस्था पनि ठीक छ। राजदूतावास र चार महावाणिज्य दूतावासमार्फत मन्त्रायलये सूचना लिइरहेको छ।
चीनका नेपाली विद्यार्थी फर्काउने तयारी
सरकारले नोवल कोरोना भाइरसको उत्पत्तिस्थल चीनको उहानमा रहेका नेपाली विद्यार्थीलाई स्वदेश फर्काउने तयारी थालेको छ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार त्यसका लागि चीन सरकारलाई नेपाल सरकारले पत्र पठाइएको छ।
तर तिनलाई ‘आइसोलेसन’ मा राख्ने व्यवस्था भएपछि मात्र चीनले फर्काउन अनुमति दिने भएकाले नेपाल सरकारले त्यसको तयारी पनि गरिरहेको छ।
फर्काइने विद्यार्थीलाई आइसोलेसनमा राख्न केही अस्पतालमा प्रबन्ध मिलाइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
उहान नजिकका सहरमा १७७ नेपाली विद्यार्थी छन्।
तिनलाई स्वदेश ल्याएपछि आइसोलेसनमा राख्न सैनिक मुख्यालय भवन, कीर्तिपुरको आयुर्वेद क्याम्पस भवन, भक्तपुरको विद्युत् प्राधिकरण तालिम केन्द्र, टेकु अस्पताललगायत स्थानबारे मूल्यांकन भइरहेको छ।
अमेरिका, जापान, अस्ट्रेलियाले आफ्ना विद्यार्थी फिर्ता लगिसकेका छन् भने भारतले पनि लाने तयारी गरिरहेको छ।
२४ देशमा फैलियो, २१३ को मृत्यु
अहिलेसम्म यो चीनसहित विश्वका २४ देशमा फैलिसकेको छ।
यसको संक्रमणबाट चीनमा २१३ जनाको मृत्यु भइसकेको छ।
कोरोना भाइरस कस्तो हो?
नोबेल कोरोना मानवमा पहिलोपटक देखापरेको एक प्रकारको भाइरस हो। यसको संक्रमण भएपछि रुघाखोकीदेखि श्वासप्रश्वासमा गम्भीर समस्या ल्याउँछ र बिरामीको मृत्यु पनि हुन सक्छ।
तर सुरुमै कुनै लक्षण नदेखिन पनि सक्ने चिकित्सकले बताएका छन्। यो भाइरस संक्रमण भएपछि लक्षण देखिन कम्तीमा १४/१५ दिन लाग्ने यसका अनुसन्धाकर्ताले बताएका छन्।
यसैकारण शंकास्पद बिरामीलाई कम्तीमा १५ दिन अस्पतालमा सुरक्षित राख्ने गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता श्रेष्ठले बताए।
विश्व स्वास्थ्य संगठनका अनुसार पहिचान नखुलेको कुनै पनि संक्रामक भाइरस वा महामारीलाई पहिचान गर्नुअगाडि नोबेल नाम दिइने भएकाले यो संक्रामक भाइरसको नाम नोबल कोरोना भाइरस नामकरण गरिएको हो।
कोरोना भाइरस गत डिसेम्बर अन्तिम सातामा चीनको उहानबाट फैलिएको हो।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
एनपीएलमा आज चार टाेली प्रतिस्पर्धा गर्दै !
काठमाडौं । काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा दुइटा खेल हुँदैछ। पहिलो खेलमा...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...












