सुत्केरीलाई झोलको साटो रक्सी !
बागलुङ । ढोरपाटन नगरपालिका ७ बोबाङ गाउँमा सुत्केरीलाई जाँडरक्सी खुवाउने गरिएको छ।
अन्यत्र सुत्केरीलाई झोलिलो र पोशिलो खानेकुरा खुवाउने गरिए पनि बोबाङका सुत्केरीलाई भने जाँडरक्सी खुवाउने गरिएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा बागलुङबाट दिल शिरीषले लेखेका छन्।
‘माइतमा कहिल्यै रक्सी खाने गरेकी थिइँन,’ २७ वर्षीया सुत्केरी पुनम अदैले भनिन्, ‘बच्चा जन्मिएपछि रक्सी खाँदिन भन्न नपाइने रै’ छ। पेट दुख्छ भनेर पानी खान दिँदैनन्। यस अवधिमा जाँडरक्सी मात्रै खाने हो।’
सोही गाउँकी सपना भण्डारी कायतले थपिन्, ‘सुत्केरी भएको आठ महिना भयो, यस अवधिमा पानीभन्दा धरै रक्सी पिएँ।’
सासु ससुराको जोडबलले रक्सी खाएको उनले बताइन्।
१२ कक्षासम्म अध्ययन गरेकी सपनाले सुत्केरीले मादक पदार्थ सेवन गर्नुहुँदैन भन्ने नसुनेकी पनि होइनन्। तर, गाउँ समाजको पुरानो चलनबारे सासूससुरा र अगुवाका अगाडि केही बोल्न नसकेको उनको भनाई छ।
बोबाङमा सुत्केरीलाई दैनिक २ देखि ४ बोतल रक्सी र जाँड खुवाउने गरिएको स्थानीय सुनी कायतले बताइन्।
पाँच छोराछोरीकी आमा सुनीले थपिन्, ‘दुई छोराछोरी हुँदासम्म सासू र परिवारको करले खाएँ, त्यसपछि आफैँ खाने बानी बस्यो।’
गाउँकी ६४ वर्षीया लालमाया कायतले सुत्केरीलाई तिर्खा नलाग्दा जाँड र तिर्खा लागे रक्सी खुवाउने पुरानो चलन रहेको बताइन्।
सुत्करीलाई जाँडरक्सी खुवाउँदा आमालाई दुखाइ नहुने र बच्चालाई रोग नलाग्ने स्थानीयको दाबी छ।
Comments
अरु समाचार
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
विजय देवरकोन्डा चढेको कार दुर्घटना, टाउकोमा चोट
काठमाडौंं । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि
काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा...
-
चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् । पेन्सनपट्टा...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । 'न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ' भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा...












