प्रधानमन्त्री ओलीको वेबसाइटमा कसले राख्यो ‘पोर्न’ भिडियो?
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीका नामबाट खोलिएको वेबसाइट दुरुपयोग भएको छ।
उक्त साइटमा ‘पोर्न’ भिडियो कहाँबाट कसले अपलोड गर्यो भन्ने खुल्न सकेको छैन।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश लुइटेलले लेखेको समाचारअनुसार केपीशर्माओली डटकम (Kpsharmaoli.com )मा अश्लील सामग्री राखिएकोबारे सरकारले अनुसन्धान तीब्र बनाएको छ।
सुरुमा प्रधानमन्त्री ओलीको व्यक्तिगत जानकारी समेटिएको वेबसाइट लामो समयदेखि दुरुपयोग भएको पाइएको छ।
सरकारले दुई वर्ष अघि पोर्न साइटलाई प्रतिबन्ध लगाएको थियो।
प्रधानमन्त्रीकै नामको डोमेनमा भने सयौँ पोर्न भिडियो अपलोड भएको छ।
आईटी कम्पनी सञ्चालकका अनुसार सरकारले यो वेबसाइट नेपालभर नखुल्ने बनाउन सक्छ।
यो मात्र समाधान भने होइन। यो डोमने प्रधानमन्त्रीका नाममा भएकाले यसको असर अन्तर्राष्ट्रिय क्षेत्रसम्मै रहन्छ।
नेपालमा नदेखिने बनाउनेभन्दा पनि सरकारले यो डोमेनप्रदायक कम्पनीसँग समन्वय गरी फिर्ता गर्नुपर्ने आईटी विज्ञको सुझाब छ।
प्रधानमन्त्रीका आईटी सल्लाहकार अस्गर अली प्रधानमन्त्रीका नाममा डोमेन दर्ता गरेर कसैले दुरुपयोग गरेको स्वीकार गर्छन्।
‘प्रधानमन्त्रीका नाममा डोमेन दर्ता गरेर गलत काम गर्ने व्यक्तिको खोजी भइरहेको छ। यस विषयमा प्रहरीसँग समन्वय गरेका छौँ,’ उनी भन्छन्, ‘डटएनपी भए हामी सिधै बन्द गर्न सक्थ्यौँ, तर डटकम भएकाले सम्भव छैन।’
उनका अनुसार यो साइट नेपालमा बन्द गर्ने तयारी छ।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











