कोठामा बस्ने विद्यार्थी जब दलित भएको खुल्यो…
नेपाल ‘छुवाछुतमुक्त राष्ट्र’ घोषणा भएको १३ वर्ष बितिसकेको छ । तर, राजधानी काठमाडौंमै अहिले पनि जातीय भेदभाव र छुवाछुतका घटना दोहोरिरहेका छन्।
शिक्षित र सरकारी कर्मचारीकै परिवारले जातीय विभेद गरेको भन्दै बिहीबार मात्र प्रहरीकहाँ उजुरी परेको खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाश धौलाकोटीले लेखेका छन्।
नेपाल ल क्याम्पसमा अध्ययनरत दीपा नेपालीले दलित भएकै कारण कोठाबाट निकाल्न खोजेको भन्दै तारकेश्वर नगरपालिका–१० स्थित नेपालटारका घरबेटी श्रीकृष्ण बिडारीविरुद्ध महानगरीय प्रहरी वृत्त बालाजुमा जाहेरी दिएकी छिन्।
उनले घरधनी बिडारी, उनकी श्रीमती राधिका बिडारी, सँगै बस्ने डेरावाल जनक ढुंगाना र उनकी श्रीमती सन्तोषी ढुंगानासमेत गरी चारजनाविरुद्ध जाहेरी दिएको वृत्त प्रमुख डिएसपी रञ्जितसिंह राठोरले जानकारी दिए।
‘जातीय भेदभाव तथा छुवाछुतको कसुरमा उजुरी दर्ता भएको छ, अब घटनाबारे अनुसन्धान सुरु हुन्छ,’ उनले भने । घरधनी बिडारी दोलखाको लामाबगरस्थित सीमा प्रशासन कार्यालयका प्रमुख हुन्।
देशको राजधानीमा यो घटना नयाँ भने होइन, यसअघि पनि यस्ता घटना पटकपटक सार्वजनिक भइरहेका छन्।
के भएको थियो घटना?
बिडारीको घरका दुई कोठा मासिक आठ हजार रुपैयाँ तिर्ने गरी भाडामा लिएपछि नेपाल ल क्याम्पसमा पढ्ने छात्रा दीपा नेपाली आफ्नो भाइ र बहिनीसहित १३ मंसिरदेखि बस्न थालिन् ।
तर, घरधनीकी छोरीसँग चिनजान भएपछि कोठाभाडामा लिएर बस्न थालेको भोलिपल्टै खटपट सुरु भयो । दीपा भन्छिन्, ‘थाहा पाएकै दिन घरधनीले भाइलाई बोलाएर तल्लो जातका भन्दै कोठा छोड्न दबाब दिएछन्।’
उनका अनुसार घरधनीले पहिला ‘तल्लो जात’ भन्ने थाहा नभएकाले कोठा दिएको बताएका थिए । ‘मैले थाहा पाएपछि हजुरजस्तो शिक्षित मान्छेले यस्तो गर्न मिल्छ र भन्ने प्रश्न गरेँ,’ दीपा भन्छिन्, ‘अहिलेसम्म हामीले दलितलाई कोठा दिएका थिएनौँ, हाम्री सासूले मान्नुहुन्न भन्दै बिडारीकी पत्नी राधिकाले तुरुन्तै कोठा छोड्न भन्नुभयो।’
कोठा सरेलगत्तै घरबेटीले जातकै कारण बस्न नमिल्ने भन्दै दबाब दिएपछि दीपाले राष्ट्रिय मानवअधिकार आयोगलाई गुहारेकी हुन् । आयोगले बिडारीलाई फोन गरी सम्झायो। घटना केही दिन साम्य भयो।
तर, बिडारीले मानसिक तनाव दिन भने छाडेनन् । कोठा छोडाउनकै लागि कहिले फ्ल्याटमा घरबेटीले ताला लगाए त कहिले अन्य डेरावालसँगै मिलेर घरबेटी दीपाका भाइ राज नेपालीले कुटपिट र बलात्कार गर्न खोजेको भन्दै करणीको उजुरी लिएर प्रहरीकहाँ पनि पुगे।
प्रहरीको अनुसन्धानपछि राज निर्दोष साबित भए र मिलापत्र भयो । ‘त्यति हुँदा पनि हामीमाथि अन्याय निरन्तर रह्यो,’ दीपा भन्छिन्, ‘१२ फागुनमा घरबेटीले सूचना टाँसेरै घरमा बस्ने सबैलाई कोठा खाली गरिदिन भन्नुभयो, तर त्यो अरूलाई होइन, हामीलाई मात्रै निकाल्ने योजना थियो, हामीलाई झन् असह्य भयो।’
एउटा सरकारी कर्मचारीकै घरमा आफ्नो जातकै कारण अपमान र विभेद सहेपछि असह्य भएर आफूले प्रहरीकहाँ उजुरी गरेको दीपा बताउँछिन् । ‘म अन्य ठाउँमा पनि कोठा खोज्न जान सक्छु, तर मेरो चेतनाले काठमाडौंजस्तो सहरमा शिक्षित भनाउँदाले नै गरेको विभेद सहन दिएन,’ उनी भन्छिन्।
मुलुकी ऐन ०२० ले नै छुवाछुतलाई दण्डनीय भनेको छ । कसैले जातकै आधारमा विभेद वा छुवाछुत गरे तीन वर्षसम्म कैद र २५ हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था ऐनले गरेको थियो । तर, अहिले पनि त्यो व्यवस्थामा उल्लेख्य परिवर्तन छैन ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











