यी हुन् काठमाडौं उपत्यकाभित्र अपराधका ७ अखडा
काठमाडौं । काठमाडौं उपत्यका, संघीय सरकारको राजधानी मात्र होइन, अपराधको राजधानी पनि बन्दै गएको छ। उपत्यकाको तथ्यांक हेर्दा प्रत्येक घन्टा कम्तीमा दुई अपराधका घटना भइरहेका छन्।
प्रहरीकै तथ्यांकअनुसार आर्थिक वर्ष ०७५/०७६ मा उपत्यकाभित्र दश हजार २०९ मुद्दा दर्ता भएका छन्। तर, अपराध न्यूनीकरण गर्ने प्रहरी जनशक्तिको भने अभाव छ।
मुद्दा दर्ताका आधारमा काठमाडौंका न्युरोड, ठमेल, बलाजु, थानकोट र स्वयम्भुलाई अपराधको एल्लो जोनका रूपमा लिन सकिन्छ।
आर्थिक वर्ष ०७५/७६ मा न्युरोड तथा वसन्तपुर क्षेत्रमा मात्रै चार सय ८१ अपराधका घटना भएका छन्। यो खबर आजको नयाँ पत्रिकामा टेकराज थामीले लेखेका छन्।
टेकु : उपत्यकाका तीन जिल्लाअन्तर्गत मुद्दा दर्ता हुने प्रहरीका २१ युनिट छन् । यीमध्ये तीन परिसर कार्यालय र १८ वृत्त कार्यालय छन् । प्रहरी तथ्यांकअनुसार सबैभन्दा धेरै मुद्दा महानगरीय प्रहरी परिसर, टेकुमा दर्ता हुन्छ । आर्थिक वर्ष ०७५/७६ मा टेकुमा मात्रै एक हजार ६ सय ३८ मुद्दा दर्ता भए।
अधिकांश मुद्दा बैंकिङ कसुर, साइबर अपराध र सार्वजनिक अपराधसँग सम्बन्धित छन् । त्यस्तै, चोरी, बलात्कार, ठगी तथा लागुऔषधसँग सम्बन्धित मुद्दा धेरै दर्ता भएका छन् । अपराधमा टेकु, सुन्धारा र बागमती नदी आसपासका क्षेत्र बढी संवेदनशील छन् ।
तथ्यांकअनुसार आर्थिक वर्ष ०७५/७६ मा महाराजगन्ज वृत्तमा मात्रै नौ सय तीन मुद्दा दर्ता भए । सबैभन्दा धेरै बैंकिङ कसुर र सार्वजनिक मुद्दा छन् । बलात्कार, चोरी, ठगी र लागुऔषधसम्बन्धी अपराध पनि उत्तिकै धेरै छन् ।
बौद्ध : मुद्दा दर्ताका आधारमा सबैभन्दा धेरै अपराध हुने क्षेत्र बौद्ध हो । यस क्षेत्रका तिनचुले, जोरपाटी, नयाँबस्ती र बौद्ध आसपासका क्षेत्रमा धेरै अपराध हुने गरेका छन्। तथ्यांकअनुसार आर्थिक वर्ष ०७५/७६ मा बौद्ध क्षेत्रमा मात्रै आठ सय २० मुद्दा दर्ता भएका थिए। अधिकांश मुद्दा बैंकिङ कसुर र सार्वजनिक अपराधका छन् । त्यसपछि चोरी, ठगी, बलात्कार र जुवासम्बन्धी अपराध यो क्षेत्रमा धेरै हुने गरेका छन् ।
बानेश्वर : मुद्दा दर्ताका आधारमा बानेश्वरमा पनि धेरै अपराध हुने गरेको देखिन्छ । खासगरी कोटेश्वर र बागमती नदी किनारका सुकुमबासी बस्ती क्षेत्रमा अपराधका धेरै घटना हुने गरेको प्रहरी तथ्यांक छ। आर्थिक वर्ष ०७५/७६ मा बानेश्वर वृत्तमा सात सय ९३ मुद्दा दर्ता भए । यीमध्ये अधिकांश बैंकिङ कसुर र सार्वजनिक अपराधसँग सम्बन्धित छन् । त्यस्तै बलात्कार, चोरी, ठगी र लागुऔषधसम्बन्धी मुद्दा धेरै छन् ।
ललितपुर : ललितपुरमा खासगरी झम्सिखेल आसपासको क्षेत्रमा बढी अपराधका घटना हुने गरेको तथ्यांकले देखाउँछ । यो क्षेत्रमा ०७५र७६ मा सात सय दुई अपराध भए । तीमध्ये अधिकांश अपराध सार्वजनिक मुद्दासँग सम्बन्धित थिए । त्यसबाहेक लागुऔषध, बलात्कार, चोरी र ठगीसँग सम्बन्धित मुद्दा धेरै छन्।
कालिमाटी : कालिमाटी प्रहरीले हेर्ने क्षेत्रमध्ये कुलेश्वर, कलंकी आसपासमा धेरै अपराध हुने गरेको छ । ०७५/७६ मा महानगरीय प्रहरी वृत्त कालिमाटीमा ६ सय ८० अपराधका मुद्दा दर्ता भए । यीमध्ये अधिकांश बैंकिङ कसुर र सार्वजनिक अपराधसँग सम्बन्धित छन् । त्यस्तै, चोरी, ठगी, बलात्कार र लागुऔषधसँग सम्बन्धित अपराध पनि यस क्षेत्रमा धेरै हुने गरेका छन्।
गौशाला : गौशाला प्रहरीमा ०७५/७६ मा ६ सय ३४ मुद्दा दर्ता भएका थिए । तीमध्ये बैंकिङ कसुर र सार्वजनिक अपराधसँग सम्बन्धित धेरै छन् । त्यसबाहेक चोरी, लागुऔषध, ठगी र बलात्कारका घटना पनि धेरै छन्। विशेषगरी पशुपति, गौशाला, तिलगंगा आसपासका क्षेत्रमा अपराधका घटना धेरै हुने गर्छन् ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











