ताजा समाचार

‘ग्यास सहज नबनाए सेना र प्रहरी लगाएर वितरण गरिने’

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा एलपी ग्यास सहज नबनाए सेना र प्रहरी लगाएर वितरण गरिने बताएका छन् ।

दैनिक मागभन्दा बढी आयात हुँदा पनि बजारमा ग्यास नपाइएको भन्दै उनले ग्यास उद्योगी र नेपाल आयल निगमका प्रतिनिधिलाई सोमबार मन्त्रालयमा बोलाएर उक्त चेतावनी दिएका हुन् ।

सो अवसरमा मन्त्री भट्टले व्यवसायीहरूको नाफा सरकारले तोकिदिएको चर्चा गर्दै सङ्कटको फाइदा उठाएर कालोबजारीको प्रयास नगर्न व्यवसायीहरूलाई आग्रह गरेका छन् ।

उनले भने, “मेरो आग्रह छ, अहिले उपभोक्ताको जुनसुकै सिलिन्डर पनि साटिदिनुहोस्, विश्वव्यापी सङ्कटका बेला नाफा, घाटा नहरौँ, राज्यलाई सहयोग गर्नुहोस् अन्यथा हस्तक्षेप हुन्छ ।” यो समाचार आजको गोरखापत्र दैनिकमा छ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org