घरबाहिर भन्दा बन्द कोठामा कोरोनाको उच्च जोखिम
काठमाडौं। कस्तो कोठा या घरमा कोरोना भाइरस लामो समय जीवित रहन्छ भन्ने प्रश्नमा थुप्रै शोधकर्ता र संस्थाहरूले अध्ययन गरेका छन्।
तिनको निष्कर्ष लगभग एउटै छ, सानो र बन्द स्थानमा कोरोना भाइरस बढी समय बाँच्छ। साथै, यसको ड्रपलेट्स पनि अलगअलग स्थानमा टाँसिएर लामो समयसम्म बन्द कोठामा रहने सक्ने अध्ययनबाट पुष्टि भएको छ।
शोधकर्ताहरूले घर, विद्यालय–कलेज तथा सपिङ मलहरूमा यस्तो अध्ययन गर्दा ड्रपलेट्सको प्रवाह र भाइरसको जिवाणु लामो समय बाँच्ने भनेको बन्द स्थानमै हो। पछिल्लो समय संसारभर नै सानो र चिटिक्कको घर वा कोठा निर्माणको प्रचलन विकसित छ।शहरमा कोठा सानो हुनु व्यावहारिक मान्न सकिए पनि अचेल गाउँहरूमा पनि कोठा निकै सानो बनाउन थालिएको छ।
जसरी समाजमा एकल परिवारको चलन बढ्दै गएको छ, बस्नेखाने स्थान पनि खुम्चिन थालेको छ। लामो समयदेखि चलेको सानो कोठा मानवका लागि कति स्वस्थकर भन्ने अध्ययनले यसलाई ‘हानिकारक’ पुष्टि गरिसकेको छ। कोरोनामात्र होइन, अन्यखाले सरुवा रोग पनि सानो र बन्द कोठामा बढी सर्न सक्ने उनीहरूको भनाइ छ।
कोरोना सङ्क्रमित व्यक्तिबाट निस्केको भाइरस हावामा कतिसम्म रहन्छ र कति टाढासम्म फैलन सक्छ भन्ने सवाल हावाको गति, मौसममा निर्भर रहने अध्येताहरू बताउँछन्। हावामा भाइरस लामो समयसम्म टिक्ने र त्यसले केही टाढासम्म यात्रा गर्न सक्ने वैज्ञानिकहरूको पछिल्लो भनाइले सबैलाई त्रसित पारिदिएको छ।
आधुनिक घरहरू कसरी हानिकारक भए त भन्ने प्रश्नको उत्तर निकै सहज छ। आधुनिक घरहरूमा भेन्टिलेसन र प्रकाश प्रवेशको पूर्ण व्यवस्था रहेको पाइँदैन। यसकारण पनि घरभित्र पुरानै र त्यहीँ उत्पन्न हावा घुमिरहेको हुन्छ। यस्तो अवस्थामा कोही सङ्क्रमित घरभित्र वा छेउछाउमा आएको छ भने भाइरसको जीवाणु फैलने, लामो समय टिक्ने र अर्को व्यक्तिको शरीरमा प्रवेश गर्ने सम्भावना अधिक हुने नै भयो।
यसको ठीक उल्टो, ठूलो आकारको घरमा हावाको प्रवाह र प्रकाश प्रवेश सहजै भइरहेको हुन्छ। यसले गर्दा भाइरस जीवाणु घरभित्र हावाको वेगका कारण धेरैबेर टिक्न सक्दैन। सङ्क्रमित व्यक्तिबाट निस्किएको ड्रपलेट्स हावाले अवशोषित गरिदिन्छ। आधुनिक घरमा कोठा सानो हुने भएकै कारण गर्मी होस् या जाडो, कतिपय स्थानमा एअरकन्डिसन जडान गरिएको हुन्छ। कार्यालय, सपिङ मल वा अन्य कम्प्लेक्समा एसी हुन्छ नै। जहाँ एसी हुन्छ, त्यहाँ झ्याल–ढोका हरदम बन्द हुन्छ।
बन्द कोठामा कोही सङ्क्रमित व्यक्ति प्रवेश गरिदिँदा उसले छोएका हरेक स्थानमा भाइरसको किटाणु टाँसिएर रहेको हुन्छ। र, त्यसलाई अर्को कुनै स्वस्थ व्यक्तिले स्पर्श गर्दा त्यो सरिहाल्छ।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












