गोंगबु घटनाः नक्कली फेसवुक आइडीबाट नग्न तस्वीर सार्वजनिक गरेपछि हत्या
काठमाडाैँ । गोंगबु गणेशस्थानमा बस्दै दाङका कृष्णबहादुर बोहराले नक्कली फेसवुक आइडी बनाएर नग्न तस्वीर सार्वजनिक गरेपछि आबेशमा आएर हत्या गरेको अभियक्त कल्पना मुठभरी पौडेलले बताएकी छन् ।
प्रहरीसँगको बयानमा पौडेलले मृतक बोहोराले नक्कली फेसवुक आइडी बनाएर नग्न तस्वीर सार्वजनिक गरेपछि शनिवार कोठमा बोलाएर दही चिउरा खुवाएको बयान दिएकी छन् ।
दही चिउरासँगै भोट्कामा नशालु पदार्थ मिसाएर खुवाएको र नशामा लठ्ठ भएपछि अण्डकोषमा प्रहारी गरी बेहोस बनाएको, बेहोस भएपछि घाँटी थिचेर हत्या गरेको उनको बयान छ ।
हत्या गरिसकेपछि किचनमा भएको धारिलो हतियारले टाउको छिनालेको र त्यसपछि खुट्का काटेको वयान उनले प्रहरीमा दिएकी छन् ।
शव टुक्राटुक्रा पारेपछि आफैसँग भएको झोला र सुटकेशमा शव हालेर सडकमा लगेर फालिदिउको उनको वयानमा उल्लेख छ ।
शव व्यवस्थापनमा भने उनकी १७ वर्षीया छोरीले सहयोग गरेको उनले बयानमा भनेकी छन् । हत्या आफु एक्लैले गरेको र शव व्यवस्थापनमा भने छोरीले सहयोग गरेको उनको भनाइ छ ।
प्रहरीका अनुसार हत्याको कारण सेक्सुअल ह्यारेसमेन्ट रहेको र अण्डकोष फुटाएपछि घाँटी थिचेर हत्या गरेपछि मात्र शव टुक्राटुक्रा परेको वयान दिएको प्रहरीको भनाई छ ।
हत्यामा संग्लन रहेको आरोपमा सोमबार राति चितवनबाट १ महिला पक्राउ परेपछि प्रहरीले घटनाको थप अनुसन्धान थालेको हो ।
पक्राउ परेकी कल्पना शाहीलाई घटनास्थलमा लिएर घटनास्थलको थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ । हत्यामा प्रयोग भएका विभिन्न सामानसमेत प्रहरीले बरामद गरेको छ ।
प्रहरीका अनुसार हत्यामा २ वटा खुकुरीको प्रयोग भएको पाइएको छ ।
Comments
अरु समाचार
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...












