डल्लु अपहरण प्रकरण : इमाडोलबाट पाँच अपहरणकारी पक्राउ
काठमाडौँ । एक व्यक्तिलाई अपहरण गरेको आरोपमा ललितपुरको इमाडोलबाट पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार राति ९ बजे अपहरणमा परेको भन्दै प्रहरीलाई सूचना पुगेको थियो ।
काठमाडौँको डल्लुबाट कैलाली टिकापुरको किसन डगौरा अपहरणमा परेको भन्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा फोन गरेर एक व्यक्तिले सूचना दिएका थिए । प्रहरीलाई सूचना दिने व्यक्ति थिए वीरबहादुर थापा । लगत्तै किसन डगौराको उद्धारका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), ललितपुर प्रहरी, काठमाडौँ प्रहरी र अपराध महाशाखा परिचालन भएको थियो ।
प्रहरी टोलीले वीर बहादुर थापाले प्रयोग भएको मोबाइलको लोकेशन हेर्दा सुरुमा ललितपुरको हरिसिद्धी देखिएको थियो । सोही अनुसार त्यहाँ प्रहरी परिचालन भयो । पछि डगौराले प्रयोग गर्ने फोनेको मोबाइल लोकेशन हेर्दा ललितपुरको इमाडोल देखिएको प्रहरीले जनाएको छ ।
सीआईबी र ललितपुर प्रहरीले संयुक्त रुपमा अपरेशन गर्दा बा १२ च १६१७ नम्बरको कारसहित ललितपुरको इमाडोलस्थित कृष्णमन्दिरबाट पाँच जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा कैलाली टीकापुरका वर्ष ३३ को निर्प सोडारी, ललितपुर टीकाथलीका वर्ष ४८ का लालबहादुर रावल, टीकाथलीकै वर्ष २० का सम्राट रावल, बाराका वर्ष २७ को नविन खड्का, आछामका वर्ष ३८ को गणेश बहादुर साउद रहेका छन् ।
यस्तै कैलाली टीकापुर वर्ष ४१ का किसन डगौरालाई पनि सुरक्षाको लागि प्रहरीले नियन्त्रणमा लिएर अपहरण गर्नुको कारणबारे सोधपुछ गरिरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी सुशील यादवले जानकारी दिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरुबीच लेनदेन भएको कारण अपहरण गरेको खुल्न आएको प्रहरीले बताएको छ । किसन र निर्प सोडारीबीच आर्थिक लेनदेन रहेको प्रहरीले जनाएको छ । उनीहरु एउटै जिल्लवासी समेत हुन् ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











