पाथीभराको डढेलो निभाउँदै सिम्रिकको हेलिकप्टर
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा मन्दिर परिसरमा लागेको डढेलो निभाउन सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरिएको छ। बिहिबारदेखि सुरु भएको डढेलो सोमबार मन्दिरमै पुगेपछि हेलिकप्टर झिकाइएको थियो।हेलिकप्टरले जोर पोखरीबाट पानी ल्याएर आगो निभाएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणी काफ्लेले बताए। ‘मन्दिर र आसपासका धर्मशाला बचाउन अन्तिम विकल्पको रुपमा हेलिकप्टरको प्रयोग गरेका हौं,’ काफ्लेले भने, ‘हेलिकप्टरले पाँच पटक पानी हालेपछि आगो मन्दिरसम्म पुग्न पाएन।’ विशेष प्रविधिको बकेटमा पानी ल्याएर हेलिकप्टरले आकाशबाटै पानी हानेको थियो।
शनिबार बेलुकादेखि कम भएको आगो सोमबार बिहानबाट भने एक्कासी फैलिएको थियो। हावासमेत जोडले चल्न थालेपछि बढेको धुवाँको मुस्लोले पाथीभरा क्षेत्रको आकाश नै ढाकेको थियो। दिउँसो घाम चर्किएपछि भने आगोको लप्काले पाथीभराको डाँडोलाई वरिपरिबाट घेरेपछि मन्दिर जोखिममा परेको थियो।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, मन्दिरका कर्मचारी र स्थानीयले समेत निभाउने अवस्था नभएपछि हेलिकप्टर बोलाइएको थियो। ‘आगो मन्दिरसम्म नपुगोस् भनेर हामीले अगाडि नै अग्नीरेखा बनाएका थियौं,’ पाथीभराका कर्मचारी इन्द्र पौडेलले भने,‘दिउँसोको घाममा हावा चलेपछि रुखको टुप्पो टुप्पोबाट आगो सल्कदै मन्दिर नजिक पुग्यो, हेलिकप्टर नआएको भए निभाउन सम्भवै हुने थिएन।’
दुई सय ५० लिटरको बकेटमा हेलिकप्टरले पाँच पटक पानी हालेको थियो। अब मन्दिर परिसरमा खतरा नरहेको पौडेलको भनाई छ।
नेपालमा पहिलो प्रयोग
सिम्रिक एयरका पाइलट सुरेन्द्र पौडेलका अनुसार डढेलो निभाउन हेलिकप्टरको प्रयोग गरिएको यो पहिलो पटक हो। नेपालमा यसअघि कतै यो प्रविधिको प्रयोग भएको थिएन। ‘हेलिकप्टरबाट पानी हालेर डढेलो निभाइएको यो पहिलो हो,’ पौडेलले भने, ‘नेपालकै प्रसिद्ध आस्थाको केन्द्र पाथीभरालाई आगोबाट सुरक्षित गर्न पाउँदा आफैँलाई भाग्यशाली ठानेको छु।’ आगो निभाउन पाइलट पौडेलसहित चार जना तालिम प्राप्त जनशक्ति खटिएका थिए। ‘हामीसँग विशेष प्रविधिको बकेट हुन्छ, हेलिकप्टरबाटै त्यसलाई पोखरीमा खसालेर पानी उघाउन सकिन्छ,’ उनले भने, ‘त्यसपछि झुण्डाएर लगेर माथीबाटै आगो लागेको ठाउँमा खन्याउने हो।’ यो प्रविधिबाट आगो निभाउने तालिमप्राप्त जनशक्ति सिम्रिक एयरमा मात्रै भएको पौडेलले बताए। सिम्रिकमा ६ पाइलटसहित १५ जना यस्ता तालिमप्राप्त जनशक्ति छन्।
३ हजार ७ सय ९४ मिटर उचाईमा रहेको पाथीभरा मन्दिरमा वार्षिक ३ लाख बढी तिर्थ यात्री पुग्ने गरेको समितिको तथ्याङ्क छ। त्यसैले पनि उक्त क्षेत्रको जंगलमा डढेलो लागेपछि मन्दिरको विषयमा धेरैले चिन्ता व्यक्त गरेका थिए। मन्दिर सुरक्षित भएपनि जंगलको आगो भने नियन्त्रणमा आएको छैन।
डढेलोले सिरिजङ्घा- ३ ढांडेमा रहेको चौंरी गोठसमेत जोखिममा परेको गोठका कालू शेर्पाले बताए। त्यहाँ चार वटा गोठमा पाँच सय बढी चौंरी, याक र गाई छन्। ‘अहिले गोठतर्फ आगो बढेको छ,’ सोमबार बेलुका अन्नपूर्णसँग कालुले भने, ‘हामी गोठ र वस्तुभाउ जोगाउन लागेका छौं।’ त्यो क्षेत्रमा सुकेको धुपि र मालिङ्गाको जंगल भएकाले डढेलो हर्कटेसम्मै पुग्ने सम्भावना रहेको उनको भनाई छ। हर्कटेमा ५० भन्दा बढी गोठ छन्।
मंगलबार जंगलको आगोसमेत निभाउने प्रयास गरिने पाइलट पौडेल बताउँछन्। ‘मंगलबार बिहानैदेखि जंगलको आगो निभाउने प्रयास गर्छौं,’ उनले भने। हेलिकप्टर सुकेटार विमानस्थलमा राखिएको छ।
Comments
अरु समाचार
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
कोशी प्रदेश : चार महिनामा लैङ्गिक हिंसाका २८६ मुद्दा दर्ता
झापा । कोशी प्रदेशमा चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक अवधिमा लैङ्गिक हिंसाका २८६ वटा मुद्दा दर्ता भएको प्रहरीले...
-
फक्ताङलुङमा घाँस काट्ने क्रममा लडेर एक जनाकाे मृत्यु !
काठमाडाैं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ लिङखिमका एक व्यक्तिको घाँस काट्ने क्रममा आज लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय बलबहादुर...
-
पाख्रिबासमा माइक्रोबस दुर्घटना एकजनाकाे मृत्यु, १३ जना घाइते !
काठमाडौं । धनकुटामा माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट संखुवासभाको सदरमुकाम खाँदवारी जाँदै गरेको बा...
-
‘सम्झना टोल विकास संस्था’ को साधारणसभा सम्पन्न, विकासप्रेमी केदार कार्की पुनः अध्यक्षमा चयन
विराटनगर । विराटनगर महानगरपालिका वडा नं ५ स्थित सम्झना टोलविकास संस्थाको २६ औं वार्षिक साधारणसभाले केदार कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको...












