पाथीभराको डढेलो निभाउँदै सिम्रिकको हेलिकप्टर
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा मन्दिर परिसरमा लागेको डढेलो निभाउन सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरिएको छ। बिहिबारदेखि सुरु भएको डढेलो सोमबार मन्दिरमै पुगेपछि हेलिकप्टर झिकाइएको थियो।हेलिकप्टरले जोर पोखरीबाट पानी ल्याएर आगो निभाएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणी काफ्लेले बताए। ‘मन्दिर र आसपासका धर्मशाला बचाउन अन्तिम विकल्पको रुपमा हेलिकप्टरको प्रयोग गरेका हौं,’ काफ्लेले भने, ‘हेलिकप्टरले पाँच पटक पानी हालेपछि आगो मन्दिरसम्म पुग्न पाएन।’ विशेष प्रविधिको बकेटमा पानी ल्याएर हेलिकप्टरले आकाशबाटै पानी हानेको थियो।
शनिबार बेलुकादेखि कम भएको आगो सोमबार बिहानबाट भने एक्कासी फैलिएको थियो। हावासमेत जोडले चल्न थालेपछि बढेको धुवाँको मुस्लोले पाथीभरा क्षेत्रको आकाश नै ढाकेको थियो। दिउँसो घाम चर्किएपछि भने आगोको लप्काले पाथीभराको डाँडोलाई वरिपरिबाट घेरेपछि मन्दिर जोखिममा परेको थियो।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, मन्दिरका कर्मचारी र स्थानीयले समेत निभाउने अवस्था नभएपछि हेलिकप्टर बोलाइएको थियो। ‘आगो मन्दिरसम्म नपुगोस् भनेर हामीले अगाडि नै अग्नीरेखा बनाएका थियौं,’ पाथीभराका कर्मचारी इन्द्र पौडेलले भने,‘दिउँसोको घाममा हावा चलेपछि रुखको टुप्पो टुप्पोबाट आगो सल्कदै मन्दिर नजिक पुग्यो, हेलिकप्टर नआएको भए निभाउन सम्भवै हुने थिएन।’
दुई सय ५० लिटरको बकेटमा हेलिकप्टरले पाँच पटक पानी हालेको थियो। अब मन्दिर परिसरमा खतरा नरहेको पौडेलको भनाई छ।
नेपालमा पहिलो प्रयोग
सिम्रिक एयरका पाइलट सुरेन्द्र पौडेलका अनुसार डढेलो निभाउन हेलिकप्टरको प्रयोग गरिएको यो पहिलो पटक हो। नेपालमा यसअघि कतै यो प्रविधिको प्रयोग भएको थिएन। ‘हेलिकप्टरबाट पानी हालेर डढेलो निभाइएको यो पहिलो हो,’ पौडेलले भने, ‘नेपालकै प्रसिद्ध आस्थाको केन्द्र पाथीभरालाई आगोबाट सुरक्षित गर्न पाउँदा आफैँलाई भाग्यशाली ठानेको छु।’ आगो निभाउन पाइलट पौडेलसहित चार जना तालिम प्राप्त जनशक्ति खटिएका थिए। ‘हामीसँग विशेष प्रविधिको बकेट हुन्छ, हेलिकप्टरबाटै त्यसलाई पोखरीमा खसालेर पानी उघाउन सकिन्छ,’ उनले भने, ‘त्यसपछि झुण्डाएर लगेर माथीबाटै आगो लागेको ठाउँमा खन्याउने हो।’ यो प्रविधिबाट आगो निभाउने तालिमप्राप्त जनशक्ति सिम्रिक एयरमा मात्रै भएको पौडेलले बताए। सिम्रिकमा ६ पाइलटसहित १५ जना यस्ता तालिमप्राप्त जनशक्ति छन्।
३ हजार ७ सय ९४ मिटर उचाईमा रहेको पाथीभरा मन्दिरमा वार्षिक ३ लाख बढी तिर्थ यात्री पुग्ने गरेको समितिको तथ्याङ्क छ। त्यसैले पनि उक्त क्षेत्रको जंगलमा डढेलो लागेपछि मन्दिरको विषयमा धेरैले चिन्ता व्यक्त गरेका थिए। मन्दिर सुरक्षित भएपनि जंगलको आगो भने नियन्त्रणमा आएको छैन।
डढेलोले सिरिजङ्घा- ३ ढांडेमा रहेको चौंरी गोठसमेत जोखिममा परेको गोठका कालू शेर्पाले बताए। त्यहाँ चार वटा गोठमा पाँच सय बढी चौंरी, याक र गाई छन्। ‘अहिले गोठतर्फ आगो बढेको छ,’ सोमबार बेलुका अन्नपूर्णसँग कालुले भने, ‘हामी गोठ र वस्तुभाउ जोगाउन लागेका छौं।’ त्यो क्षेत्रमा सुकेको धुपि र मालिङ्गाको जंगल भएकाले डढेलो हर्कटेसम्मै पुग्ने सम्भावना रहेको उनको भनाई छ। हर्कटेमा ५० भन्दा बढी गोठ छन्।
मंगलबार जंगलको आगोसमेत निभाउने प्रयास गरिने पाइलट पौडेल बताउँछन्। ‘मंगलबार बिहानैदेखि जंगलको आगो निभाउने प्रयास गर्छौं,’ उनले भने। हेलिकप्टर सुकेटार विमानस्थलमा राखिएको छ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











