रेडपाण्डाको छालासहित तिन जना पक्राउ
सोलुखुम्बु । दुर्लभ वन्यजन्तु हाब्रे (रेडपान्डा) को चोरी शिकारीमा वर्षौंदेखि संलग्न तीन जनालाई सोलुखुम्बु प्रहरिले पक्राउ गरेको छ ।
दुर्लभ वन्यजन्तु हाब्रे (रेडपान्डा) चोरी शिकारी, ओसारपसार र बेचबिखनमा संलग्न ३ जनालाई सोलुखुम्बु प्रहरीले पक्राउ गरेको हो ।
सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ बस्ने ५७ वर्षीय मित्रधन राई, ५६ वर्षीय कविरशंखर राई र सोही गाउँपालिकाको वडा नं. २ बस्ने ७६ वर्षीय जगतबहादुर राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी कवित कटवालले न्युज नेपाललाई जनकारी दिए ।
उनीहरुले मकालु वरुण राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र बफरजोनभित्र वन्यजन्तुलाई चोरी शिकारी गर्ने, आखेटोपहार लुकाइछिपाइ राखी ओसारपसार तथा बेचबिखनमा समेत संलग्न रहेको पाईएको हो ।
प्रहरीको अनुसन्धानका अनुसार मित्रधनले पासो बनाएर रेडपान्डाको शिकार गर्ने, कविरशंखर शिकार गरेको रेडपान्डा संकलन गर्ने र जगतबहादुरले ओसारपसार तथा वेचविखन गर्ने गरेको प्रहरीले जनाएको छ ।
‘उनीहरुले सयौं रेडपाण्डाका शिकार गरी किमाथांका नाका हुँदै चीनतर्फ तस्करी गरेको खुलेको छ,’ डीएसपी कटवालले भने ।
उनीहरुको साथबाट रेड पान्डाको छाला ७ थान र चोरीशिकारीका लागि प्रयोग गरिने ५ थान पासो पनि प्रहरीले बरामद गरेको छ । उनीहरुलाई गत सोमबार पक्राउ गरिएको हो । डीएसपी कटवालले उनीहरुलाई आवश्यक कारबाहीका लागि मकालु वरुण राष्ट्रिय निकुञ्जलाई जिम्मा लगाइने जानकारी दिए ।
पक्राउ परेकाहरुमाथि राष्टिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ को १ अनुसार कारबाही हुनेछ, जसअनुसार पाँचदेखि दश लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।
रेडपान्डाको विशेषगरी वासस्थान निगालो भएको जंगल हो । यसले निगालोको टुसा र पात खाने गर्दछ ।
मुलुकका २३ हिमाली तथा पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, लमजुङ, बागलुङ, म्याग्दी, रुकुम, रोल्पा, डोल्पा, जुम्ला, मुगु, कालीकोट र जाजरकोटमा रेडपान्डा पाइन्छ
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...












