शेष घलेको नक्कली भाइ गमबहादुर पक्राउ
काठमाडाैँ । आफूलाई खर्बपति व्यापारी तथा गैरआवासीय नेपालीहरूको संगठन (एनआरएन) का पूर्वअध्यक्ष शेष घलेको नक्कली भाइको भेषमा दुनियाँलाई ठग्दै हिँडेका गमबहादुर लामिछाने अहिले बेलुका अकस्मात लाजिम्पाट र लैनचौरको दोसाँधबाट पक्राउ परेका छन् ।
स्कुटी चढेर नयाँ मुर्गाको हण्टिङमा निस्केको बेला उक्त ठाउँमा रहेको होटल एम्बेसडरको सातौं तलाबाट लामिछाने समातिएका हुन् ।
पौने पाँच करोडभन्दा बढी रुपैयाँ ठगी गरेको अर्थात् चेक बाउन्सको उजुर उनीबिरुद्ध दायर भएको अवस्थामा लामिछानेलाई काठमाडौं प्रहरीको विशेष टोलीले आज पक्रेको हो । एक जना चिनियाँ व्यवसायी चाङ जिनसियाङले खरिद गरेको गोंगबुस्थित एउटा घरलाई समेत ठगेर आफ्नो बनाएका उनले त्यसपछि चितवनलगायत विभिन्न ठाउँमा सिलसिलेवार ढंगले ठगी प्रक्रियालाई अघि बढाएका हुन् ।
विदेशीले नेपालमा सोझै लगानी गर्न,कम्पनी खोल्न र श्री सम्पत्ति किन्न नसक्ने भन्दै लामिछानेले चिनियाँले छ करोड असी लाखमा किनेको घर आफ्नो नाममा दर्ता कायम गरेका थिए । चीनसँग व्यापार गर्न दर्ता गरिएको टियानयु इन्टरनेशनल कम्पनीलाई अघि सार्दै उनले एक साताभित्र चिनियाँको नाममा घर नामसारी गरिदिने कागज गरेपनि वर्षौंसम्म त्यसो नगरेको अभियोग पनि उनीमााथि लाग्दै आएको छ ।
त्यसपछि चिनियाँ व्यापारीलाई घरको न घाटको बनाउँदै लामिछानेले चिनियाँको घरलाई सिभिलसहित विभिन्न बैंक तथा सेन्ट्रल फाइनान्सजस्ता वित्तीय संस्थामा धितो राखेर करोडौं रकम झिकेका थिए । पछिल्लो पटक सिभिल बैंकमा घर धितो राखेर थप २ करोड रुपैयाँ आफैैंले प्रयोग गरेको देखिन्छ । गौंडागौंडामा श्रीमती र लालाबाला भएका लामिछानेको अनौपचारिक श्रीमती धेरैवटी कान्छी रहेको रहस्यसमेत यसबीच खुलेको छ ।
दाइ शेष घले अष्ट्रेलियामा रहेको भन्दै धेरैलाई मुर्गा बनाई हिँडेका उनीचाँहि मध्यपूर्वका अरब मुलुकहरूमा काम गरेर स्वदेश फर्केका हुन् । लामिछानेको लमजुङबाट निकालिएको नागरिकता नै तीन वटा रहेको समाचार यसअघि विभिन्न सञ्चार माध्यममा प्रकाशित छ ।
उनले चिनियाँ व्यवसायी चाङ दम्पत्तिलाई पछिल्लो दिन धम्क्याउँदै नेपाल छाड्न दबाव दिन थालेका थिए । अन्यथा, विदेशीलाई जे पनि गर्नेसम्मको धम्की दिएको बताइन्छ ।
चिनियाँ दम्पत्तिले आफ्नै लगानीमा चितवनमा घाँस उत्पादन गरेर तिब्बत निकासी गर्ने व्यवसाय सञ्चालन गर्दै आएका छन् । वर्षको छ महिना भन्दाबढी समय हिउँ पर्ने भएकाले तिब्बतका याकलाई चितवनको घाँस सुलभ र पोसिलो देखिएपछि चाङले उक्त व्यवसाय गर्दै आएका हुन् । तर, तिनै लामिछानेले चाङलाई अनेक दुःख दिँदै घाँस उत्पादन कम्पनी समेत आफ्नै भएको दाबी गर्दै आएका थिए । कतिपय ठाउँमा चिनियाँको व्यवसायलाई आफ्नै भएको झूठो विवरणसमेत दिएको देखिन्छ । घाँस फ्याक्ट्री हत्याएर विदेशीलाई दुःख दिने नियतले उनले चितवन अदालतमा मुद्दा हालेर धम्काएका थिए । 
स्कुटर चढ्ने, डेरामा बस्ने तर, कुरा भने करोड घटीको नगर्ने लामिछानेले भिआइपीबाहेकको गफ हान्न र सङ्गै बसेको फोटो देखाउन छाडेको धेरै भइसकेको थियो । पूर्वराजा ज्ञानेन्द्रदेखि प्रधानमन्त्री ओलीका भतिज टीका ओलीसम्मका राजनीतिक व्यक्तित्वसँग खिचिएको फोटोलाई दुरुपयोग गरेर जनता ठग्दै हिँडेका उनीसँग साथमा भने मुश्किलले हजारको नोट भेटिने उनका संगती हरूले बताएका छन् । उनले व्यवसायीलाई मात्रै होइन अदालतका कतिपय न्यायाधीशका श्रीमतीहरूलाई समेत उच्च ब्याजको लोभ देखाएर लाखौं ठगेका छन् ।
पछिल्लो पटक उनले अमेरिका बस्ने ललितपुरस्थित एउटा सहकारीका अध्यक्ष श्रीनाथ खड्कालाई ठगेको उजुरी परेपछि प्रहरीले आज लाजिम्पाटबाट पक्रेको हो ।
पटक पटक पक्राउ पर्दा राजनीतिक शक्तिको आडमा छुट्दै आएका लामिछानेले यसपटक नेपाल प्रहरीलाई राजनीतिक प्रभावमा पार्छन् कि पार्दैनन् त्यो भने हेर्न बाँकी छ । मुलुकमा वैदेशिक लगानी गरेर उद्योग व्यवसाय सञ्चालन गर्ने तथा रोजगारी सिर्जना गर्ने विदेशीहरूलाई दुःख दिएका उनको आजको पक्राउले वैदेशिक लगानीमा संलग्न विदेशीलाई सबैभन्दा ठूलो राहत मिलेको बताइन्छ ।
अन्यथा, यस्तालाई पुनः छाडिदिने हो भने अरु धेरैले थप दुःख पाउने र नेपालमा लगानी गर्न र नेपाली साझेदारलाई उनीहरूले बिश्वास गर्न छाड्ने निश्चित रहेको सर्वसाधारण बताउँछन् ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...












