प्रधानन्यायाधीशको प्रश्न- मेरो के हुन्छ ?, वरिष्ठ अधिवक्ता थापा- बिदामा बसे भइहाल्यो श्रीमान् !
काठमाडौँ । प्रतिनिधिसभा विघटनबारेका रिट निवेदन सुनुवाइका लागि गठन गरिएको इजलासको विषयमा प्रश्न उठेको छ । शेरबहादुर देउवासमेत १४६ सांसदले दायर गरेको रिटमाथिको प्रारम्भिक सुनुवाइपूर्व संवैधानिक इजलासमा रहेका न्यायाधीशबारे प्रश्न उठेको छ ।आइतबार बहस सुरु हुनेबित्तिकै देउवासहितका सांसदका तर्फबाट बहसमा आएका कानुन व्यवसायी गोविन्द बन्दीले उक्त कुरा उठाएका थिए । बन्दीले गत फागुन २३ गते नेकपालाई एमाले र माओवादीकै अवस्थामा फर्काउने फैसला दिने न्यायाधीश बमकुमार श्रेष्ठ र उक्त फैसलामा पुनरावलोकन नदिने न्यायाधीश तेजबहादुर केसीको सहभागीता इजलासमा हुन नहुने तर्क गरेका थिए । फागुन २३ गतेको फैसला मागदाबी भन्दा बढी भएको र त्यो नभएको भए अहिलेको राजनीतिक स्थिति हुन्थेन भन्ने बन्दीको तर्क थियो ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले भने उक्त फैसला र अहिलेको प्रतिनिधिसभा विघटनको मुद्दाको साइनो खोजेका थिए । ‘त्यो फैसला ठीक, बेठीक भन्न तपाईँ यहाँ पाउनु हुन्न । यो मुद्दामा त्यसको साइनो के छ ?,’ उक्त मुद्दाको फैसलाको परिणामाबारे इजलासमा प्रश्न नगर्न पनि उनले बन्दीलाई सुझाए ।
बन्दीले भने बमकुमार श्रेष्ठ र तेजबहादुर केसी बाहेकको संवैधानिक इजलास गठन गरियोस् भन्ने माग राखे ।
पुनरावलोकन नदिनेमा प्रधानन्यायाधीश जबरा पनि थिए । प्रधानन्यायाधीशको नेतृत्वमा नै संवैधानिक इजलास गठन हुनुपर्ने संवैधानिक व्यवस्था भएकाले अन्यथा गर्न नसकिने बन्दीको भनाइ थियो ।
वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले पनि प्रश्न उठेका न्यायाधीश आफैंले इजलास छोड्नुपर्ने सुझाव दिए । उनले यसअघि प्रतिनिधिसभा विघटनको मुद्दाको सुनुवाइ गर्न गठित इजलासमा न्यायाधीश हरिकृष्ण कार्कीले इजलास छोडेको उदाहरण दिएका थिए ।
प्रधानन्यायाधीशले भने नेकपाको नामसम्बन्धि मुद्दाको र अहिलेको मुद्दाको सम्बन्धबारे फेरि प्रश्न गरेका थिए । ‘यी दुई मुद्दामा सम्बन्ध के हो ? त्यो मुद्दा तात्विक रिलेसन राख्छ ? तात्विक रिलेसन राख्छ कि राख्दैन ?,’ उनको प्रश्न थियो ।
उक्त फैसलाले जुन राजनीतिक विकास भयो त्यसकै कारण आजको अवस्था आएको कार्कीको जवाफ थियो । एकजनाले पनि प्रश्न उठाएको खण्डमा न्यायाधीश आफैंले इजलासमा बस्न नहुने उनले बताए ।
प्रधानन्यायाधीश जबराले भने आफू पनि पुनरावलोकन नदिने इजलासमा रहेकाले आफ्नो मोरल प्रश्न उठ्न सक्छ कि सक्दैन ? भनेर गरेको प्रश्नको जवाफमा कार्कीले भने, ‘कार्की त्यसमा आफैं विचार गर्नुस् ।’
त्यसपछि वरिष्ठ अधिवक्ता शम्भु थापा बहसमा आएका थिए । उनले प्रधानन्यायाधीशले बेन्च गठन गर्नुपर्ने भएकाले इजलासमा रहनुपर्ने संवैधानिक व्यवस्था रहेको बताए ।
गत फागुन ११ गतेको फैसलाले प्रतिनिधिसभा पुनःस्थापना गरेर ठूलो दललाई संसद् चलाउ भनेको तर २३ गतेको फैसलाले ठूलो दललाई विभाजन गरिदिएको थापाको तर्क थियो । ‘पहिला ५ न्यायाधीशको संवैधानिक इजलासले ठूलो पार्टीले हाउस चलाउ भनेर फैसला दियो । अनि अर्को फैसलाले पार्टी विभाजन गरिदियो । त्यो सम्मानित सर्वोच्च अदालतको फैसलाले गर्यो,’ उनले भने ।
प्रधानन्यायाधीशले पुनरावलोकन नदिनेमा आफू पनि भएको प्रसंग दोहोर्याउँदै सोधे, ‘मेरो के हुन्छ ?’ जवाफमा बेलायत लगायत उदाहरण दिँदै वरिष्ठ अधिवक्ता थापाले त्यसको पनि विकल्प रहेको भन्दै सुझाए, ‘तपाईं लिभ (बिदा)मा बसे भइहाल्यो श्रीमान् !’
Comments
अरु समाचार
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
युरो र अष्ट्रेलियन डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार युरो र अष्ट्रेलियन डलरको मूल्य घटेको छ...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...












