प्रधानन्यायाधीशको प्रश्न- मेरो के हुन्छ ?, वरिष्ठ अधिवक्ता थापा- बिदामा बसे भइहाल्यो श्रीमान् !
काठमाडौँ । प्रतिनिधिसभा विघटनबारेका रिट निवेदन सुनुवाइका लागि गठन गरिएको इजलासको विषयमा प्रश्न उठेको छ । शेरबहादुर देउवासमेत १४६ सांसदले दायर गरेको रिटमाथिको प्रारम्भिक सुनुवाइपूर्व संवैधानिक इजलासमा रहेका न्यायाधीशबारे प्रश्न उठेको छ ।आइतबार बहस सुरु हुनेबित्तिकै देउवासहितका सांसदका तर्फबाट बहसमा आएका कानुन व्यवसायी गोविन्द बन्दीले उक्त कुरा उठाएका थिए । बन्दीले गत फागुन २३ गते नेकपालाई एमाले र माओवादीकै अवस्थामा फर्काउने फैसला दिने न्यायाधीश बमकुमार श्रेष्ठ र उक्त फैसलामा पुनरावलोकन नदिने न्यायाधीश तेजबहादुर केसीको सहभागीता इजलासमा हुन नहुने तर्क गरेका थिए । फागुन २३ गतेको फैसला मागदाबी भन्दा बढी भएको र त्यो नभएको भए अहिलेको राजनीतिक स्थिति हुन्थेन भन्ने बन्दीको तर्क थियो ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले भने उक्त फैसला र अहिलेको प्रतिनिधिसभा विघटनको मुद्दाको साइनो खोजेका थिए । ‘त्यो फैसला ठीक, बेठीक भन्न तपाईँ यहाँ पाउनु हुन्न । यो मुद्दामा त्यसको साइनो के छ ?,’ उक्त मुद्दाको फैसलाको परिणामाबारे इजलासमा प्रश्न नगर्न पनि उनले बन्दीलाई सुझाए ।
बन्दीले भने बमकुमार श्रेष्ठ र तेजबहादुर केसी बाहेकको संवैधानिक इजलास गठन गरियोस् भन्ने माग राखे ।
पुनरावलोकन नदिनेमा प्रधानन्यायाधीश जबरा पनि थिए । प्रधानन्यायाधीशको नेतृत्वमा नै संवैधानिक इजलास गठन हुनुपर्ने संवैधानिक व्यवस्था भएकाले अन्यथा गर्न नसकिने बन्दीको भनाइ थियो ।
वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले पनि प्रश्न उठेका न्यायाधीश आफैंले इजलास छोड्नुपर्ने सुझाव दिए । उनले यसअघि प्रतिनिधिसभा विघटनको मुद्दाको सुनुवाइ गर्न गठित इजलासमा न्यायाधीश हरिकृष्ण कार्कीले इजलास छोडेको उदाहरण दिएका थिए ।
प्रधानन्यायाधीशले भने नेकपाको नामसम्बन्धि मुद्दाको र अहिलेको मुद्दाको सम्बन्धबारे फेरि प्रश्न गरेका थिए । ‘यी दुई मुद्दामा सम्बन्ध के हो ? त्यो मुद्दा तात्विक रिलेसन राख्छ ? तात्विक रिलेसन राख्छ कि राख्दैन ?,’ उनको प्रश्न थियो ।
उक्त फैसलाले जुन राजनीतिक विकास भयो त्यसकै कारण आजको अवस्था आएको कार्कीको जवाफ थियो । एकजनाले पनि प्रश्न उठाएको खण्डमा न्यायाधीश आफैंले इजलासमा बस्न नहुने उनले बताए ।
प्रधानन्यायाधीश जबराले भने आफू पनि पुनरावलोकन नदिने इजलासमा रहेकाले आफ्नो मोरल प्रश्न उठ्न सक्छ कि सक्दैन ? भनेर गरेको प्रश्नको जवाफमा कार्कीले भने, ‘कार्की त्यसमा आफैं विचार गर्नुस् ।’
त्यसपछि वरिष्ठ अधिवक्ता शम्भु थापा बहसमा आएका थिए । उनले प्रधानन्यायाधीशले बेन्च गठन गर्नुपर्ने भएकाले इजलासमा रहनुपर्ने संवैधानिक व्यवस्था रहेको बताए ।
गत फागुन ११ गतेको फैसलाले प्रतिनिधिसभा पुनःस्थापना गरेर ठूलो दललाई संसद् चलाउ भनेको तर २३ गतेको फैसलाले ठूलो दललाई विभाजन गरिदिएको थापाको तर्क थियो । ‘पहिला ५ न्यायाधीशको संवैधानिक इजलासले ठूलो पार्टीले हाउस चलाउ भनेर फैसला दियो । अनि अर्को फैसलाले पार्टी विभाजन गरिदियो । त्यो सम्मानित सर्वोच्च अदालतको फैसलाले गर्यो,’ उनले भने ।
प्रधानन्यायाधीशले पुनरावलोकन नदिनेमा आफू पनि भएको प्रसंग दोहोर्याउँदै सोधे, ‘मेरो के हुन्छ ?’ जवाफमा बेलायत लगायत उदाहरण दिँदै वरिष्ठ अधिवक्ता थापाले त्यसको पनि विकल्प रहेको भन्दै सुझाए, ‘तपाईं लिभ (बिदा)मा बसे भइहाल्यो श्रीमान् !’
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
एनपीएलमा आज चार टाेली प्रतिस्पर्धा गर्दै !
काठमाडौं । काठमाडौंको त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा दुइटा खेल हुँदैछ। पहिलो खेलमा...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...












