नेपाली कांग्रेस संखुवासभाबाट प्रदेश सदस्यमा युवा नेता भण्डारीको उमेद्वारी
काठमाडाैँ । नेपाली कांग्रेस १४ औँ महाधिवेशनमा संखुवासभा जिल्लाबाट प्रतिनिधित्व गर्दै लोकप्रिय युवा नेता कुवेर भण्डारीले प्रदेश सदस्यका लागी उमेद्वारी घोषणा गरेका छन ।
आसन्न १४ औँ महाधिवेशका लागी विभिन्न तहका अधिवेशन चलिरहेका वेला संखुवासभाका लोकप्रिय युवा नेता भण्डारीले प्रदेश १ संखुवासभाको प्रतिनिधित्व गर्दै प्रदेश सदस्यका लागी उमेद्वारी घोषणा गरेका हुन ।
युवा नेता भण्डारी सानै उमेरदेखी नेपाली कांग्रेसको विद्यार्थी संगठन समेत आवद्ध भई जिल्ला स्तरबाट राजनिति थालेका उनि नेपाल ल क्याम्पसमा नेपाल विद्यार्थी संघको ईकाई सचिव भएर लामो समय काम गरेका हुन ।
जिल्लामा समेत राम्रो प्रभाव जमाउन सफल युवा नेता भण्डारी नेपाली कांग्रेसको भातृ संगठन लोकतान्त्रिक खेलकुद संघको हाल केन्द्रिय सदस्य समेत छन ।
भण्डारीले न्युज नेपालसंग भनेः नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा संखुवासभाबाट प्रतिनिधित्व गर्दै प्रदेश सदस्यमा मेरो उमेद्वारी छ । मलाई विश्वास छ, सम्पुर्ण प्रतिनिधिले मेरो उमेद्वारीलाई स्वागत गर्दै अमुल्य मत दिएर मलाई प्रदेश सदस्यमा विजय गराउनु हुने छ ।
पार्टी सुदृढिकरण र आगामी निर्वाचनमा संघ, प्रदेश र स्थानिय तहको निर्वाचनमा पहिलो पार्टी बनाउन मेरो पहिलो प्राथामिकता रहने छ ।
हेर्नुहोस विज्ञप्ती….
हार्दिक अपिल !
नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यज्यूहरु जिल्ला सभापतिज्यूहरु महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिज्यूहरु प्रदेशसभा क्षेत्रीय सभापतिज्यूहरु प्रदेशसभा क्षेत्रीय महाधिवेशन प्रतिनिधिज्यूहरु
जय नेपाल !
हामी नेपाली कांग्रेसको १४ औं महाधिवेशनको संघारमा उभिएका छौं । केन्द्रीय निर्वाचन कार्यतालिका अनुसार पार्टीका विभिन्न तहका अधिवेशन सम्पन्न हुने क्रम जारी छ । मंसिर १६ र १७ गते प्रदेश अधिवेशन र मंसिरकै २४,२५ र २६ गते केन्दीय महाधिवेशन हुदैछ । महाधिवेशनलाई भव्य र सभ्य, संयमित र बुद्धिमतापूर्वक ढंगबाट सम्पन्न गर्नु आम कांग्रेसजनको मुख्य दायित्व हो । यो अवसरमा आदरणीय जिल्ला सभापतिज्यू, महासमिति सदस्य÷महाधिवेशन प्रतिनिधिज्यूहरु, प्रदेससभा क्षेत्रीय सभापति एवं प्रदेस सभा महाधिवेशन प्रतिनिधि ज्यूहरु लाई हार्दिक स्वागत गर्दै पार्टी संगठन सुदृद्धिकरण गरि शसक्त कांग्रेस बनाउन नेतृत्व खोज्ने अवसरलाई भरपुर सदुपयोग गर्नुहुने छ भन्ने विश्वास व्यक्त गर्दछु । नेपाली कांग्रेसको जिल्ला अधिवेशनबाट पार्टीलाई नया दिशा निर्देश गर्ने नीति र नेतृत्वको अपेक्षा आम नेता कार्यकर्ता र सुभचिन्तक, सुभेच्छुकहरुको छ । गुट विहिन,सिद्धान्त निष्ठ र सशक्त कांग्रेस बनाउने पार्टीका नेता तथा कार्यकर्ताको लक्ष्य छ । यि लगायत पार्टीभित्रका तमाम समस्या समाधान गर्न मेरो अग्रसरता सदैव रहने छ । म लामो समयदेखि नेपाली कांगे्रसको झन्डामुनि बसेर जनताको सुखदुखमा सघाउँदै आएको यहाँहरुलाई अवगत नै छ । विद्यार्थी कालदेखिकै राजनीतिक यात्रा आजसम्म जारी छ । २०४६ सालमा नेपाल ल क्याम्पसको इकाई सचिवबाट सरुवात भएको मेरो सक्रिय राजनीतिक यात्रा आजसम्म जारी छ । यो मरो व्यक्तिगत स्वार्थको यात्र नभई निष्ठा र समर्पणको यात्रा हो । पार्टीका विभिन्न पदमा रहदा या नरहदा जनता माझ रहेर कार्य गर्दाको मेरो चरित्र, स्वभाव र कर्मप्रतिको निष्ठा नै मेरो परिचय हो । पार्टी नेतृत्वका लोकतान्त्रिक आन्दोलन र संघर्षहरूमा निरन्तर सहभागी हुँदै आएको कुरा तपाईँहरुलाई अवगतै छ । मंसिर १६ र १७ गते हुने नेपाली कांग्रेसको प्रदेश अधिवेशनमा संखुवासभा जिल्लाबाट प्रतिनिधित्व गर्दै प्रदेश सदस्य पदमा उम्मेदवारी रहने हुँदा तपाईँको विवेकपूर्ण अमूल्य मतका लागि अपिल गर्दछु ।
कुवेर भण्डारी
प्रदेश सभा क्षेत्रीय प्रतिनिधि एवं
लोकतान्त्रिक खेलकुद संघ केन्द्रीय सदस्य
प्रदेस सभा ‘ख’ संखुवा सभा चैनपुर – ७
९८५१११८१४३
Comments
अरु समाचार
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
कोशी प्रदेश : चार महिनामा लैङ्गिक हिंसाका २८६ मुद्दा दर्ता
झापा । कोशी प्रदेशमा चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक अवधिमा लैङ्गिक हिंसाका २८६ वटा मुद्दा दर्ता भएको प्रहरीले...
-
फक्ताङलुङमा घाँस काट्ने क्रममा लडेर एक जनाकाे मृत्यु !
काठमाडाैं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ लिङखिमका एक व्यक्तिको घाँस काट्ने क्रममा आज लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय बलबहादुर...
-
पाख्रिबासमा माइक्रोबस दुर्घटना एकजनाकाे मृत्यु, १३ जना घाइते !
काठमाडौं । धनकुटामा माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट संखुवासभाको सदरमुकाम खाँदवारी जाँदै गरेको बा...
-
‘सम्झना टोल विकास संस्था’ को साधारणसभा सम्पन्न, विकासप्रेमी केदार कार्की पुनः अध्यक्षमा चयन
विराटनगर । विराटनगर महानगरपालिका वडा नं ५ स्थित सम्झना टोलविकास संस्थाको २६ औं वार्षिक साधारणसभाले केदार कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको...












