नेपाली कांग्रेस संखुवासभाबाट प्रदेश सदस्यमा युवा नेता भण्डारीको उमेद्वारी
काठमाडाैँ । नेपाली कांग्रेस १४ औँ महाधिवेशनमा संखुवासभा जिल्लाबाट प्रतिनिधित्व गर्दै लोकप्रिय युवा नेता कुवेर भण्डारीले प्रदेश सदस्यका लागी उमेद्वारी घोषणा गरेका छन ।
आसन्न १४ औँ महाधिवेशका लागी विभिन्न तहका अधिवेशन चलिरहेका वेला संखुवासभाका लोकप्रिय युवा नेता भण्डारीले प्रदेश १ संखुवासभाको प्रतिनिधित्व गर्दै प्रदेश सदस्यका लागी उमेद्वारी घोषणा गरेका हुन ।
युवा नेता भण्डारी सानै उमेरदेखी नेपाली कांग्रेसको विद्यार्थी संगठन समेत आवद्ध भई जिल्ला स्तरबाट राजनिति थालेका उनि नेपाल ल क्याम्पसमा नेपाल विद्यार्थी संघको ईकाई सचिव भएर लामो समय काम गरेका हुन ।
जिल्लामा समेत राम्रो प्रभाव जमाउन सफल युवा नेता भण्डारी नेपाली कांग्रेसको भातृ संगठन लोकतान्त्रिक खेलकुद संघको हाल केन्द्रिय सदस्य समेत छन ।
भण्डारीले न्युज नेपालसंग भनेः नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा संखुवासभाबाट प्रतिनिधित्व गर्दै प्रदेश सदस्यमा मेरो उमेद्वारी छ । मलाई विश्वास छ, सम्पुर्ण प्रतिनिधिले मेरो उमेद्वारीलाई स्वागत गर्दै अमुल्य मत दिएर मलाई प्रदेश सदस्यमा विजय गराउनु हुने छ ।
पार्टी सुदृढिकरण र आगामी निर्वाचनमा संघ, प्रदेश र स्थानिय तहको निर्वाचनमा पहिलो पार्टी बनाउन मेरो पहिलो प्राथामिकता रहने छ ।
हेर्नुहोस विज्ञप्ती….
हार्दिक अपिल !
नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यज्यूहरु जिल्ला सभापतिज्यूहरु महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिज्यूहरु प्रदेशसभा क्षेत्रीय सभापतिज्यूहरु प्रदेशसभा क्षेत्रीय महाधिवेशन प्रतिनिधिज्यूहरु
जय नेपाल !
हामी नेपाली कांग्रेसको १४ औं महाधिवेशनको संघारमा उभिएका छौं । केन्द्रीय निर्वाचन कार्यतालिका अनुसार पार्टीका विभिन्न तहका अधिवेशन सम्पन्न हुने क्रम जारी छ । मंसिर १६ र १७ गते प्रदेश अधिवेशन र मंसिरकै २४,२५ र २६ गते केन्दीय महाधिवेशन हुदैछ । महाधिवेशनलाई भव्य र सभ्य, संयमित र बुद्धिमतापूर्वक ढंगबाट सम्पन्न गर्नु आम कांग्रेसजनको मुख्य दायित्व हो । यो अवसरमा आदरणीय जिल्ला सभापतिज्यू, महासमिति सदस्य÷महाधिवेशन प्रतिनिधिज्यूहरु, प्रदेससभा क्षेत्रीय सभापति एवं प्रदेस सभा महाधिवेशन प्रतिनिधि ज्यूहरु लाई हार्दिक स्वागत गर्दै पार्टी संगठन सुदृद्धिकरण गरि शसक्त कांग्रेस बनाउन नेतृत्व खोज्ने अवसरलाई भरपुर सदुपयोग गर्नुहुने छ भन्ने विश्वास व्यक्त गर्दछु । नेपाली कांग्रेसको जिल्ला अधिवेशनबाट पार्टीलाई नया दिशा निर्देश गर्ने नीति र नेतृत्वको अपेक्षा आम नेता कार्यकर्ता र सुभचिन्तक, सुभेच्छुकहरुको छ । गुट विहिन,सिद्धान्त निष्ठ र सशक्त कांग्रेस बनाउने पार्टीका नेता तथा कार्यकर्ताको लक्ष्य छ । यि लगायत पार्टीभित्रका तमाम समस्या समाधान गर्न मेरो अग्रसरता सदैव रहने छ । म लामो समयदेखि नेपाली कांगे्रसको झन्डामुनि बसेर जनताको सुखदुखमा सघाउँदै आएको यहाँहरुलाई अवगत नै छ । विद्यार्थी कालदेखिकै राजनीतिक यात्रा आजसम्म जारी छ । २०४६ सालमा नेपाल ल क्याम्पसको इकाई सचिवबाट सरुवात भएको मेरो सक्रिय राजनीतिक यात्रा आजसम्म जारी छ । यो मरो व्यक्तिगत स्वार्थको यात्र नभई निष्ठा र समर्पणको यात्रा हो । पार्टीका विभिन्न पदमा रहदा या नरहदा जनता माझ रहेर कार्य गर्दाको मेरो चरित्र, स्वभाव र कर्मप्रतिको निष्ठा नै मेरो परिचय हो । पार्टी नेतृत्वका लोकतान्त्रिक आन्दोलन र संघर्षहरूमा निरन्तर सहभागी हुँदै आएको कुरा तपाईँहरुलाई अवगतै छ । मंसिर १६ र १७ गते हुने नेपाली कांग्रेसको प्रदेश अधिवेशनमा संखुवासभा जिल्लाबाट प्रतिनिधित्व गर्दै प्रदेश सदस्य पदमा उम्मेदवारी रहने हुँदा तपाईँको विवेकपूर्ण अमूल्य मतका लागि अपिल गर्दछु ।
कुवेर भण्डारी
प्रदेश सभा क्षेत्रीय प्रतिनिधि एवं
लोकतान्त्रिक खेलकुद संघ केन्द्रीय सदस्य
प्रदेस सभा ‘ख’ संखुवा सभा चैनपुर – ७
९८५१११८१४३
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











