प्रदेश नं १ नेपाली कांग्रेशः प्रदेश सदस्यमा युवा नेता ज्यानकाजीको उमेद्वारी
काठमाडाैँ । नेपाली कांग्रेस १४ औँ महाधिवेशनमा संखुवासभा जिल्लाबाट प्रतिनिधित्व गर्दै लोकप्रिय नेता पाशाङ्ग शेर्पा (ज्यान काजी) ले प्रदेश सदस्यका लागी उमेद्वारी घोषणा गरेका छन ।
आसन्न १४ औँ महाधिवेशका लागी विभिन्न तहका अधिवेशन चलिरहेका वेला संखुवासभाका लोकप्रिय युवा नेता पाशाङ्ग शेर्पाले प्रदेश १ संखुवासभाको प्रतिनिधित्व गर्दै प्रदेश सदस्य (जगजाती) तर्फबाट उमेद्वारी घोषणा गरेका हुन ।
प्रदेश १ मा पाैडेल- कोइराला पक्षबाट गुरुराज घिमिरे प्यानलबाट सदस्य (जनजाती) तर्फ युवा नेता शेर्पाले उमेद्वारी दिएका हुन ।
शेर्पा प्रदेश सभापतिका उमेद्वार घिमिरेसंग राम्रो सम्बन्ध छ । नेपाली कांग्रेसमा बढ्दो युवाहरुको आकर्षणका विच शेर्पा भने युवाहरुले रुचाएका लोकप्रिय पात्र हुन ।
युवा नेता शेर्पा सानै उमेरदेखी नेपाली कांग्रेस पार्टीमा आवद्ध भई जिल्ला स्तरबाट राजनिति थालेका उनि मादि नगरपालिका वडा नं ९ का वडाध्यक्ष समेत हुन ।
शेर्पाले न्युज नेपालसंग भनेः नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा संखुवासभाबाट प्रतिनिधित्व गर्दै प्रदेश सदस्यमा मेरो उमेद्वारी छ । मलाई विश्वास छ, सम्पुर्ण प्रतिनिधिले मेरो उमेद्वारीलाई स्वागत गर्दै अमुल्य मत दिएर मलाई प्रदेश सदस्यमा विजय गराउनु हुने छ ।
पार्टी सुदृढिकरण र आगामी निर्वाचनमा संघ, प्रदेश र स्थानिय तहको निर्वाचनमा पहिलो पार्टी बनाउन मेरो पहिलो प्राथामिकता रहने छ ।
देशभित्र रोजगारी सिर्जना गरी युवा जनशक्तीलाई विदेशिनुबाट रोक्न र गाँउघरमै रोजगारीका अवसर सिर्जना गर्नु पर्छ भन्दै अभियानसमेत थालेका युवा नेता शेर्पा जनतामाझ राम्रो छाप छोडेका छन ।
शेर्पा नेपालको पर्यटन प्रवर्धनका लागी संखुवासभा, ताप्लेजुङ र तेह्रथुमको संगम स्थल (TMJ) क्षेत्रमा विश्वका भिभिन्न १०५ मुलुकका पर्यटकहरु एकैपटक जम्मा गरि विश्वसामु नेपाल र (TMJ) क्षेत्रलाई चिनाउनका लागी कार्यक्रमको आयोजना गरेका हुन ।
Comments
अरु समाचार
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
कोशी प्रदेश : चार महिनामा लैङ्गिक हिंसाका २८६ मुद्दा दर्ता
झापा । कोशी प्रदेशमा चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक अवधिमा लैङ्गिक हिंसाका २८६ वटा मुद्दा दर्ता भएको प्रहरीले...
-
फक्ताङलुङमा घाँस काट्ने क्रममा लडेर एक जनाकाे मृत्यु !
काठमाडाैं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ लिङखिमका एक व्यक्तिको घाँस काट्ने क्रममा आज लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय बलबहादुर...
-
पाख्रिबासमा माइक्रोबस दुर्घटना एकजनाकाे मृत्यु, १३ जना घाइते !
काठमाडौं । धनकुटामा माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट संखुवासभाको सदरमुकाम खाँदवारी जाँदै गरेको बा...
-
‘सम्झना टोल विकास संस्था’ को साधारणसभा सम्पन्न, विकासप्रेमी केदार कार्की पुनः अध्यक्षमा चयन
विराटनगर । विराटनगर महानगरपालिका वडा नं ५ स्थित सम्झना टोलविकास संस्थाको २६ औं वार्षिक साधारणसभाले केदार कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको...












