प्रेम विवाहको ८ महिनापछि जब पतिले राधिकालाई करेन्ट लगाए…
जनकपुरधाम । करिब आठ महिनाअघि प्रेम विवाह गरेकी सिन्धुली गोलञ्जर गाउँपालिका–२ कि डम्बर कार्कीकी २२ वर्षीया छोरी राधिका कार्की अहिले तिनै श्रीमानले दिएको यातनाका कारण अस्पतालमा छट्पटाउँदै जीवन बिताउन बाध्य छिन ।
अस्पतालको शैयामा छटपटाउँदै आएका उनलाई अहिले दुःखको घडिमा साथ दिने न त उनका परिवार छन्, न त अन्य आफन्त नै । प्रेम विवाह गरेर आफनो सुन्दर भविष्यको परिकल्पना गरेकी उनलाई अहिले श्रीमानले दिएको चरम शारीरिक यातनाले अस्पतालको शैयासम्म पुर्याएको छ ।
पति धनुषाको सखुवा महेन्द्रनगर घर भई जनकपुरधामको थापाचोकमा बस्दै आएका अरुण शाहसँग करिब एक वर्षको चिनजानपछि आठ महिनाअघि प्रेम विवाह गरेकी उनी अहिले उनी पतिको चरम शारीरिक यातनाको पीडा सहन बाध्य छिन् ।
विवाहपछि थापाचोकमा डेरामा उनीहरू बस्दै आएका थिए । उनले विवाह गरेको करिब आठ महिनासम्म कोठा लिएर बस्दै आएको र श्रीमानलाई आफ्नो घर लैजान भनेपछि करेन्ट लगाएर चरम यातना दिएका छन् । शारीरिक र मानसिक शारीरिक यातनाको कारण सकसमा परेका बेला उनको साथमा कोही छैनन् ।
‘समान्य विवाद भएको थियो । अरुणले एकाएक बिजुलीको तार बोर्डमा जोडेर पहिला मेरो खुट्टामा करेन्ट लगाए । म बेहोस भएपछि कहाँ के गर्यो । मलाई थाहा भएन । कसरी हस्पिटल पुगेँ, त्यो पनि थाहा पाइनँ । होस् आउँदा दुवै गोडा, हात र पेटमा करेन्ट लगाएका रहेछन्,’ राधिकाले भनिन् ।
गत १६ जेठमा भएको सो घटनापछि राधिका गम्भीर घाइते भइन् । प्रहरीले उनलाई उद्धार गरी अस्पताल भर्ना गरेको थियो । उनी १६ दिनदेखि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएर उपचाररत छिन् ।
विवाह गरेर ल्याएको सुरुका दिनमा अरुणले उनलाई राम्रै व्यवहार र हेरविचार गरेका थिए । सुरुका दिनमा आफूलाई घर खर्च चलाउन पैसा दिने गरेको बताएकी उनले जानकी मेडिकल र सिटीपार्क होटलको क्यान्टिनमा आफूलाई कामसमेत लगाइदिएको बताइन् ।
‘महिनाको १० हजार जति मैले पनि कमाउँथे । घरको भाडा ३ हजार रुपैयाँ पनि मैले नै तिर्दै आएको थिएँ । बढिजसो मैसँग बस्थ्यो तर, पछि दुई/तीन दिनसम्म पनि कोठा नआउने गर्न थाल्यो,’ राधिकाले भनिन्, ‘त्यसपछि आफूले सोधखोज गर्दा यातना दिने गरेको र त्यो दिनसमेत विवाद भएको र घरमा आफूलाई लैजान भनेपछि विवाद भयो । विवादपछि उनले कुटपिट गर्दै करेन्ट लगाएका दिए । करेन्ट लगाएपछि बेहोस भएछु, कसले अस्पताल लग्यो, त्यो पनि थाहा पाइनँ ।’
उनलाई अहिले अस्पतालका नर्स र सुरक्षाकर्मीहरूले नै हेरचाह र खाना खुवाउने औषधि दिने काम गरिरहेका छन् । उपचारमा संलग्न चिकित्सक डा. आश्विनी यादवका अनुसार राधिकाको दुवै हात, दुवै खुट्टाा र पेटमा उनलाई करेन्ट लागेको गहिरो खत छ भने शरीरका केही भाग पनि जलेका छन् ।
उनको हातको औँलादेखि खुटटाको औँला र शरीरको भागहरू समेत जलेको छ । घटना भएदेखि नै अरुण फरार छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप क्षेत्रीले छिमेकीले खबर गरेपछि उनलाई उद्धार गरेर अस्पताल लगेको जानकारी दिए । घटनाको आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएका क्षेत्रीले जाहेरी दर्ता गरेर अनुसन्धान प्रक्रियालाई अगाडि बढाइने बताए ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











