कांग्रेस उम्मेदवार प्रेम प्रकाश ओलीविरुद्ध बैंकिङ कसुरको उजुरी
रुकुम पश्चिम । कर्णालीका अधिकांश ठाउँमा गठबन्धन गरेको माओवादी र कांग्रेसले रुकुम पश्चिममा भने गठबन्धन तोडेका छन् ।
स्थानीय तहको चुनावमा समेत रुकुम पश्चिममा गठबन्धन कायम गरिएको थिएन । अर्थमन्त्री जनार्दन शर्माको गृृहजिल्ला समेत रहेको रुकुम पश्चिममा पटक पटक सहमति विपरित काम हुँदै आएको कांग्रेस र माओवादी नेतृत्वहरु बताउँदै आएका छन् ।
नेपाली कांग्रेसको तर्फबाट रुकुम पश्चिम (ख)बाट प्रदेश सभाका उम्मेदवार प्रेम प्रकाश ओलीविरुद्धमा माओवादी उम्मेदवारका प्रतिनिधिले उजुरी दिएका हुन् । बैंकिङ कसुरसम्बन्धी मुद्दा परेको भन्दै धुर्वविक्रम बुढाथोकीले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिममा मुद्दा दायर गरेका हुन् । कांग्रेसबाट प्रदेश सभाका लागि ओलीले आइतबार मनोनयन पत्र दर्ता गराएका थिए ।
बुढाथोकी सोही क्षेत्रबाट माओवादीबाट प्रदेश सभाका उम्मेदवार राजकुमार शर्माका प्रतिनिधि हुन् । कांग्रेस नेता ओलीले बैंकिङ कसुर मुद्दा नं ०७६–०००३ मा एक महिना कैद र जरिवाना हुने ठहरी फैसला भएको तर ओलीले भुक्तान नगरेकाले अयोग्य रहेको उजुरीमा उल्लेख छ ।
गठबन्धनको भागवण्डा अनुसार सो क्षेत्रमा कांग्रेस र माओवादी भनेर नै उल्लेख गरेको थियो । यद्यपि माओवादीले आफ्नो उम्मेदवार उठाउँदा कांग्रेसले पनि ओलीलाई उम्मेदवार बनाएको थियो । यस विषयमा ओलीले भने, सम्मानित सर्वोच्च अदालतमा मैले दोहो¥याई पाउँ भनेर माग गरेको छु । मैले रकम साउन महिनामा तिरिसकेको छु भने गत माघमा मुद्दा चलाइएको छ । मुद्दा नै जालसाजी तरिकाले चलाइएको छ , फैसला चाँहि भएको हो, अब के हुन्छ थाह छैन ।’
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











