१९.८ मेगावाटको माथिल्लो सोलुखोला जलविद्युतको आन्तरिक परीक्षण पूरा
शुक्रबारदेखि प्रसारण प्रणालीमा थपिँदै
काठमाडौं । सोलुखुम्बु जिल्लाको दूधकुण्ड नगरपालिकामा निर्माण सम्पन्न भएको १९.८ मेगावाटको माथिल्लो सोलुखोला जलविद्युत आयोजनाको आन्तरिक परीक्षण पूरा भएको छ । बेनी हाइड्रो पावर कम्पनी लिमिटेडले निर्माण गरेको आयोजनाको आन्तरिक परिक्षण पूरा गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन लागेको हो । आयोजनाको सिभिल संरचना, हाइड्रो मेकानिल, इलेक्ट्रोमकानिल उपकरण जडानलगायतका सबै काम सकाएर परीक्षण पूरा गरेको कम्पनीका प्रबन्ध निर्देशक गणेश कार्कीले बताउनु भयो । ‘आयोजनाको विद्युत ग्रिडमा जोडिनु अघिको सबै काम पूरा भइसकेको छ’, उहाँले पत्रकारसँग भन्नुभयो, ‘नेपाल विद्युत प्राधिकरणका प्राविधिक टोलीले परीक्षण पूरा गरी शुक्रबार (चैत १७ गते) देखि राष्ट्रिय प्रणाली प्रणालीमा जोड्ने योजना छ ।’
आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएपछि प्राधिकरणलाई दुई साता नि:शुल्क विद्युत दिइनेछ, त्यसपछि व्यापारीक उत्पादन सुरु हुने कम्पनीले जनाएको छ । आयोजनाले उत्पादन गर्ने विद्युत १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको तिन्ला सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । आयोजनाको विद्युतगृहदेखि सबस्टेसनसम्म आवश्यक पर्ने १२ किलोमिटर प्रसारण लाइनको काम प्रवर्द्धक कम्पनीले नै निर्माण गरेको छ ।
आयोजना सम्पन्न गर्न ३ अर्ब ५४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनाम एनएमबी बैंकको अगुवाईमा ४ बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन । बाँकी ३० प्रतिशत स्वपूँजी लगानी हो । त्यसअघि आयोजनाबाट २०७६ साल पुसमा नै विद्युत उत्पादन गर्ने पहिलो तालिका थियो । सुरुवातमा प्रसारण लाइनको समस्या, फेरि कोभिड–१९ महामारी लगायत विविध कारणले आयोजनाको विद्युत उत्पादन तालिका पटक–पटक प्रभावित भएको हो ।
आयोजनाको संरचना निर्माण गर्दा सुरुवातमा १८ मेगावाट क्षमतामा काम सुरु गरिएको थियो । आयोजना निर्माणाधीन अवस्थामै रहेका बेला क्षमता विस्तार गरी जडित क्षमता १९।८ मेगावाट बनाइएको हो । सोलु खोला बेसिनमा ८२ मेगावाटको तल्लो सोलु, ५ मेगावाटको जुनबेंसीलगायतका आयोजना निर्माणाधीन छन् । २३।५ मेगावाटको सोलु, ८६ मेगावाटको सोलुदूधकोसी निर्माण पूरा भई सञ्चालनमा आइसकेको छन ।
आयोजनाको थप विवरण
आयोजना नाम : माथिल्लो सोलु खोला
प्रवर्द्धक : बेनी हाइड्रो पावर प्रोजेक्ट प्रालि
क्षमता : १९.८ मेगावाट
सुरुङ : २.४ किलोमिटर
सुरुको लागत : ३ अर्ब ५४ करोड रूपैयाँ ९१८ मेगावाटका लागि अनुमान गरिएको लागत
लगानीकर्ता वित्तिय संस्था : ७० प्रतिशत (एनएमबीको अगुवाईमा ४ बैंक)
सबस्टेसन : तिन्ला
प्रसारण लाइन : १२ किलोमिटर
सुरुको व्यापारिक उत्पादन तालिका : २०७६ पुस, संशोधित : २०७७ पुस, पुन: संशोधित : २०७९ चैत
सुरुको आयोजनाको क्षमता : १८ मेगावाट, क्षमता विस्तार : १९.८ मेगावाट
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












