निरा पाण्डेको हत्या गर्नेलाई आज सार्वजनिक गरिँदै
विराटनगर । निरा पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीले पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा ९ दिन पछि झापाबाट विनोद विकलाई पक्राउ गरेको हो। शनिबार पक्राउ परेका उनलाई आज प्रहरीले सार्वजनिक गर्ने बुझिएको छ । कपनको सरस्वतीनगरीस्थित निरा किचन सञ्चालन गर्दै आएकी पाण्डेको गत वैशाख ७ मा रहस्यमय तरिकाले हत्या भएको थियो। प्रहरी स्रोतका अनुसार बिकलाई झापा नै पुगेर पक्राउ गरिएको हो, उनी काठमाडौँमा पाण्डेको हत्या गरी झापातर्फ फरार भएका थिए।
नौ दिनसम्म पनि पाण्डेको हत्यारालाई पक्राउ नगरेको भन्दै आफन्तजनले शनिवार मात्रै काठमाडौँमा प्रदर्शन गरेका थिए । सरकारले शुक्रबार मात्रै विशेष छानबिन समिति गठन गरेको थियो। उनको हत्यारालाई पक्राउ गर्नका लागि गगन थापालगायतले संसदमा पनि आवाज उठाएका थिए। नौ दिनपछि पक्राउ परेका बिकलाई औपचारिक रुपमा आज मात्रै सार्वजनिक गर्ने जनाइएको छ।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











