जन्मथलोमा कामु प्रधानन्याधीश कार्की: भ्रष्टाचार, धाँधली र अन्याय नगर्ने प्रतिबद्धता
काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीश नियुक्ति सिफारिस नगरेर अलमल भइरहेका बेला कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की जन्मथलो ओखलढुंगा पुग्नु भएको छ । सर्वोच्च अदालतको न्यायाधीश सिफारिस भएर पनि नियुक्ति नपाएका प्रस्तावित न्यायाधीश विनोद शर्मासहित जन्मथलो ओखलढुंगा पुग्नु भएका कार्कीले लिखु गाउँपालिका -३ स्थित नर्मदेश्वर महादेव मन्दिरमा पूजाअर्चना गर्नुुभयो ।
नर्मदेश्वरको दर्शन र स्थानीयसँग छलफलपछि कामु प्रधानन्यायाधीश कार्की ससुराली जिल्ला रामेछापको प्राचीन साँघुटार बजारमा पुगेर पुराना चिनजानका व्यक्तिलाई भेटेर बजार घुमघाम गर्नुभयो । नर्मदेश्वरमा कार्कीलाई गाउँपालिका उपाध्यक्ष अस्मिता थापा र वडाध्यक्ष शोकर्ण श्रेष्ठले स्वागत गर्नु भएको थियो । उपाध्यक्ष थापासँगै साँघुटार बजार घुमेर कामु प्रधानन्यायाधीश कार्की प्रसिद्ध पोकली झरनातर्फ जानु भएको थियो ।
लिखु गाउँपालिका -९ स्थित पोकली झरनाको भ्रमण र अवलोकनपछि गाउँपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा कार्की सहभागी हुनु भयो । प्रस्तावित न्यायाधीश शर्माको जन्मघरसमेत सोही वडामा पर्छ । कामु प्रधानन्यायाधीश कार्की र प्रस्तावित न्यायाधीश शर्मालाई स्वागत गर्दै गाउँपालिका उपाध्यक्ष अस्मिता थापाले नर्मदेश्वर महादेवको आशीर्वाद र पोकली झरनाको प्रतापले दुवै न्यायमूर्ति तत्कालै आआफ्नो पदमा नियुक्त हुने विश्वास व्यक्त गर्नुभयो ।
थापाले गाउँपालिकाको न्यायिक समिति प्रमुखको अनुभवसमेत सुनाउँदै स्थानीय तहमा न्याय सम्पादन गर्ने दक्ष जनशक्ति नहुँदा समस्या भएको भन्दै सर्वोच्च अदालतले संघीय सरकारलाई उचित निर्देशन दिने उपाय खोजिनुपर्नेमा जोड दिनु भयो । उहाँले ओखलढुंगामा जन्मिएको व्यक्ति देशको न्यायपालिका प्रमुख बनेको जिल्लाले गौरव महसुस गरेको बताउनु भयो । गाउँपालिकाको स्वागत ग्रहण गर्दै कार्कीले आफूमा झुण्डिएको कामुको गहना नर्मदेश्वर महादेव र पोकलीको प्रतापले चाँडै हट्ने र त्यसकै लागि आफू जन्मथलो फर्किएको भन्दै ठट्टा पनि गर्नु भएको थियो । कार्कीले ३२ वर्षे वकालती र ७ वर्षे न्यायाधीश जीवनमा ओखलढुंगाको शीर झुक्ने कुनै काम आफूबाट नभएको भन्दै आफूबाट भ्रष्टाचार, धाँधली र कसैमाथि अन्याय नहुने जनाउनु भयो ।
कार्कीले भन्नु भयो , ‘जन्मथलोमा आएर प्रण गर्छु म तपाईंहरुको शीर झुक्न दिनेछैन । यसले भ्रष्टाचार, धाँधली, अन्याय गर्छ भन्ने सुन्नु पर्ने छैन । सबैले आशीर्वाद दिनुस् । यहाँ म तपाईंहरुको आशीर्वाद थाप्न आएको हुँ ।’ कामु प्रधानन्यायाधीश कार्कीले गाउँपालिका उपाध्यक्ष थापाको भनाइमा प्रतिक्रिया दिँदै न्यायिक समितिले गाउँका झगडा र विवाद मिलाउन भूमिका खेल्नुपर्नेमा जोड दिनु भयो ।
कार्कीले भन्नुभयो, ‘न्यायिक समितिले मुद्दा फैसला गर्ने होइन, विवाद मिलाउने हो । घर झगडा, छिमेकीसँगका झगडा यस्तै आउने हुन् । मिलेर बसाउने भूमिका खेल्नुहोला । म चाहन्छु ओखलढुंगा जिल्लाको मुद्दा मैले हेर्न नपरोस् । ओखलढुंगाका मान्छे झगडा र मुद्दा मामिला गर्दैनन् भन्ने होस् ।’ कामु प्रधानन्यायाधीशलाई वडा नम्बर ९ का वडाध्यक्ष केशवहरि ढुंगेल, सोही गाउँपालिका घर भएका वरिष्ठ अधिवक्ता शंकर सुवेदीलगायतले स्वागत गर्नु भएको थियो ।
Comments
अरु समाचार
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
कोशी प्रदेश : चार महिनामा लैङ्गिक हिंसाका २८६ मुद्दा दर्ता
झापा । कोशी प्रदेशमा चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक अवधिमा लैङ्गिक हिंसाका २८६ वटा मुद्दा दर्ता भएको प्रहरीले...
-
फक्ताङलुङमा घाँस काट्ने क्रममा लडेर एक जनाकाे मृत्यु !
काठमाडाैं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ लिङखिमका एक व्यक्तिको घाँस काट्ने क्रममा आज लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय बलबहादुर...
-
पाख्रिबासमा माइक्रोबस दुर्घटना एकजनाकाे मृत्यु, १३ जना घाइते !
काठमाडौं । धनकुटामा माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट संखुवासभाको सदरमुकाम खाँदवारी जाँदै गरेको बा...
-
‘सम्झना टोल विकास संस्था’ को साधारणसभा सम्पन्न, विकासप्रेमी केदार कार्की पुनः अध्यक्षमा चयन
विराटनगर । विराटनगर महानगरपालिका वडा नं ५ स्थित सम्झना टोलविकास संस्थाको २६ औं वार्षिक साधारणसभाले केदार कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको...












