जन्मथलोमा कामु प्रधानन्याधीश कार्की: भ्रष्टाचार, धाँधली र अन्याय नगर्ने प्रतिबद्धता
काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीश नियुक्ति सिफारिस नगरेर अलमल भइरहेका बेला कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की जन्मथलो ओखलढुंगा पुग्नु भएको छ । सर्वोच्च अदालतको न्यायाधीश सिफारिस भएर पनि नियुक्ति नपाएका प्रस्तावित न्यायाधीश विनोद शर्मासहित जन्मथलो ओखलढुंगा पुग्नु भएका कार्कीले लिखु गाउँपालिका -३ स्थित नर्मदेश्वर महादेव मन्दिरमा पूजाअर्चना गर्नुुभयो ।
नर्मदेश्वरको दर्शन र स्थानीयसँग छलफलपछि कामु प्रधानन्यायाधीश कार्की ससुराली जिल्ला रामेछापको प्राचीन साँघुटार बजारमा पुगेर पुराना चिनजानका व्यक्तिलाई भेटेर बजार घुमघाम गर्नुभयो । नर्मदेश्वरमा कार्कीलाई गाउँपालिका उपाध्यक्ष अस्मिता थापा र वडाध्यक्ष शोकर्ण श्रेष्ठले स्वागत गर्नु भएको थियो । उपाध्यक्ष थापासँगै साँघुटार बजार घुमेर कामु प्रधानन्यायाधीश कार्की प्रसिद्ध पोकली झरनातर्फ जानु भएको थियो ।
लिखु गाउँपालिका -९ स्थित पोकली झरनाको भ्रमण र अवलोकनपछि गाउँपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा कार्की सहभागी हुनु भयो । प्रस्तावित न्यायाधीश शर्माको जन्मघरसमेत सोही वडामा पर्छ । कामु प्रधानन्यायाधीश कार्की र प्रस्तावित न्यायाधीश शर्मालाई स्वागत गर्दै गाउँपालिका उपाध्यक्ष अस्मिता थापाले नर्मदेश्वर महादेवको आशीर्वाद र पोकली झरनाको प्रतापले दुवै न्यायमूर्ति तत्कालै आआफ्नो पदमा नियुक्त हुने विश्वास व्यक्त गर्नुभयो ।
थापाले गाउँपालिकाको न्यायिक समिति प्रमुखको अनुभवसमेत सुनाउँदै स्थानीय तहमा न्याय सम्पादन गर्ने दक्ष जनशक्ति नहुँदा समस्या भएको भन्दै सर्वोच्च अदालतले संघीय सरकारलाई उचित निर्देशन दिने उपाय खोजिनुपर्नेमा जोड दिनु भयो । उहाँले ओखलढुंगामा जन्मिएको व्यक्ति देशको न्यायपालिका प्रमुख बनेको जिल्लाले गौरव महसुस गरेको बताउनु भयो । गाउँपालिकाको स्वागत ग्रहण गर्दै कार्कीले आफूमा झुण्डिएको कामुको गहना नर्मदेश्वर महादेव र पोकलीको प्रतापले चाँडै हट्ने र त्यसकै लागि आफू जन्मथलो फर्किएको भन्दै ठट्टा पनि गर्नु भएको थियो । कार्कीले ३२ वर्षे वकालती र ७ वर्षे न्यायाधीश जीवनमा ओखलढुंगाको शीर झुक्ने कुनै काम आफूबाट नभएको भन्दै आफूबाट भ्रष्टाचार, धाँधली र कसैमाथि अन्याय नहुने जनाउनु भयो ।
कार्कीले भन्नु भयो , ‘जन्मथलोमा आएर प्रण गर्छु म तपाईंहरुको शीर झुक्न दिनेछैन । यसले भ्रष्टाचार, धाँधली, अन्याय गर्छ भन्ने सुन्नु पर्ने छैन । सबैले आशीर्वाद दिनुस् । यहाँ म तपाईंहरुको आशीर्वाद थाप्न आएको हुँ ।’ कामु प्रधानन्यायाधीश कार्कीले गाउँपालिका उपाध्यक्ष थापाको भनाइमा प्रतिक्रिया दिँदै न्यायिक समितिले गाउँका झगडा र विवाद मिलाउन भूमिका खेल्नुपर्नेमा जोड दिनु भयो ।
कार्कीले भन्नुभयो, ‘न्यायिक समितिले मुद्दा फैसला गर्ने होइन, विवाद मिलाउने हो । घर झगडा, छिमेकीसँगका झगडा यस्तै आउने हुन् । मिलेर बसाउने भूमिका खेल्नुहोला । म चाहन्छु ओखलढुंगा जिल्लाको मुद्दा मैले हेर्न नपरोस् । ओखलढुंगाका मान्छे झगडा र मुद्दा मामिला गर्दैनन् भन्ने होस् ।’ कामु प्रधानन्यायाधीशलाई वडा नम्बर ९ का वडाध्यक्ष केशवहरि ढुंगेल, सोही गाउँपालिका घर भएका वरिष्ठ अधिवक्ता शंकर सुवेदीलगायतले स्वागत गर्नु भएको थियो ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











