त्रुटी हाम्रो हो, सांसदको होइन:कोशी प्रदेश प्रहरी
विराटनगर । तीन जना प्रदेश सांसदहरुले निजी सुरक्षाकर्मी (पीएसओ) लिएको विषयमा कोशी प्रदेश प्रहरी कार्यालयले नै भुटो विवरण दिएको खुलासा भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले कोशी प्रदेश सरकारको नेतृत्व गरेको दल नेकपा एमालेका प्रदेशसभा सदस्यहरुले झूटो विवरण पेश गरेर निजी सुरक्षाकर्मी ९पीएसओ० लिएको विवरण हाम्रोमतलाई उपलब्ध गराएको थियो ।
आइतवार हाम्रोमतले ‘झूटो विवरण पेश गरी प्रदेश सांसदलाई सुरक्षाकर्मी’ शिर्षकमा समाचार प्रकाशन गरेपछि प्रदेशसभा सदस्यहरुको चौतर्फी विरोध भएको थियो । सोमवार प्रहरीले विज्ञप्ति निकाल्दै पद र हैसियतको अभिलेखीकरण गर्दा त्रुटि भएको जनाएको छ । प्रहरी उपरिक्षक ऋषिराम कँडेलद्धारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ ‘विशिष्ट व्यक्तिहरुलाई सुरक्षा गार्ड खटाइएको सम्बन्धमा माग गरिएको सूचना सम्प्रेषण गर्दा उपलब्ध गराइएको विवरणमा पद हैसियतका सम्बन्धमा अभिलेखिकरण गर्दा त्रुटि हुन गएको व्यहोरा जानकारी गराइन्छ ।’
गत पुस १७ गते प्रदेशसभाले प्रदेशको नामकरण गरेको थियो । त्यसपछाडि कोशी नामको विरोध गर्दै पहिचान पक्षधरहरूले आन्दोलन चर्काएकोमा असुरक्षा भएको भन्दै प्रदेशसभा सदस्यहरुले सुरक्षाकर्मी माग गरेका थिए । नक्कली पद खडा गरेर प्रदेश प्रहरी कार्यालयले आफैले सूचना उपलब्ध गराएको थियो ।
एमालेका प्रदेशसभा सदस्यहरु संखुवासभाका विदुर लिङ्थेप, मोरङका ज्ञानेन्द्र सुवेदी र धनकुटाका निरन राईले पीएसओ लिएका छन । प्रहरीले दिएको तथ्याक अनुसार लिङ्थेपले प्रमुख सचेतक, सुवेदीले र राईले सचेतक भनेर पीएसओ लिएको विवरण दिएको थियो । राईलाई प्रहरी सहायक हवल्दार र सुवेदी तथा लिङ्थेपलाई प्रहरी हवल्दार पीएसओको रूपमा उपलब्ध गराइएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











