त्रुटी हाम्रो हो, सांसदको होइन:कोशी प्रदेश प्रहरी
विराटनगर । तीन जना प्रदेश सांसदहरुले निजी सुरक्षाकर्मी (पीएसओ) लिएको विषयमा कोशी प्रदेश प्रहरी कार्यालयले नै भुटो विवरण दिएको खुलासा भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले कोशी प्रदेश सरकारको नेतृत्व गरेको दल नेकपा एमालेका प्रदेशसभा सदस्यहरुले झूटो विवरण पेश गरेर निजी सुरक्षाकर्मी ९पीएसओ० लिएको विवरण हाम्रोमतलाई उपलब्ध गराएको थियो ।
आइतवार हाम्रोमतले ‘झूटो विवरण पेश गरी प्रदेश सांसदलाई सुरक्षाकर्मी’ शिर्षकमा समाचार प्रकाशन गरेपछि प्रदेशसभा सदस्यहरुको चौतर्फी विरोध भएको थियो । सोमवार प्रहरीले विज्ञप्ति निकाल्दै पद र हैसियतको अभिलेखीकरण गर्दा त्रुटि भएको जनाएको छ । प्रहरी उपरिक्षक ऋषिराम कँडेलद्धारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ ‘विशिष्ट व्यक्तिहरुलाई सुरक्षा गार्ड खटाइएको सम्बन्धमा माग गरिएको सूचना सम्प्रेषण गर्दा उपलब्ध गराइएको विवरणमा पद हैसियतका सम्बन्धमा अभिलेखिकरण गर्दा त्रुटि हुन गएको व्यहोरा जानकारी गराइन्छ ।’
गत पुस १७ गते प्रदेशसभाले प्रदेशको नामकरण गरेको थियो । त्यसपछाडि कोशी नामको विरोध गर्दै पहिचान पक्षधरहरूले आन्दोलन चर्काएकोमा असुरक्षा भएको भन्दै प्रदेशसभा सदस्यहरुले सुरक्षाकर्मी माग गरेका थिए । नक्कली पद खडा गरेर प्रदेश प्रहरी कार्यालयले आफैले सूचना उपलब्ध गराएको थियो ।
एमालेका प्रदेशसभा सदस्यहरु संखुवासभाका विदुर लिङ्थेप, मोरङका ज्ञानेन्द्र सुवेदी र धनकुटाका निरन राईले पीएसओ लिएका छन । प्रहरीले दिएको तथ्याक अनुसार लिङ्थेपले प्रमुख सचेतक, सुवेदीले र राईले सचेतक भनेर पीएसओ लिएको विवरण दिएको थियो । राईलाई प्रहरी सहायक हवल्दार र सुवेदी तथा लिङ्थेपलाई प्रहरी हवल्दार पीएसओको रूपमा उपलब्ध गराइएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
Comments
अरु समाचार
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
कोशी प्रदेश : चार महिनामा लैङ्गिक हिंसाका २८६ मुद्दा दर्ता
झापा । कोशी प्रदेशमा चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक अवधिमा लैङ्गिक हिंसाका २८६ वटा मुद्दा दर्ता भएको प्रहरीले...
-
फक्ताङलुङमा घाँस काट्ने क्रममा लडेर एक जनाकाे मृत्यु !
काठमाडाैं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ लिङखिमका एक व्यक्तिको घाँस काट्ने क्रममा आज लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय बलबहादुर...
-
पाख्रिबासमा माइक्रोबस दुर्घटना एकजनाकाे मृत्यु, १३ जना घाइते !
काठमाडौं । धनकुटामा माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट संखुवासभाको सदरमुकाम खाँदवारी जाँदै गरेको बा...
-
‘सम्झना टोल विकास संस्था’ को साधारणसभा सम्पन्न, विकासप्रेमी केदार कार्की पुनः अध्यक्षमा चयन
विराटनगर । विराटनगर महानगरपालिका वडा नं ५ स्थित सम्झना टोलविकास संस्थाको २६ औं वार्षिक साधारणसभाले केदार कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको...












