परफ्यूमको सही प्रयोग कसरी गर्ने ? (भिडियो)
काठमाडाैँ । धेरै मानिसको गुनासो हुन्छ कि महंगो भन्दा महंगो परफ्यूम किनेर प्रयोग गर्दा पनि शरीरमा बासना (सुगन्ध) धेरै बेरसम्म टिक्दैन । गुनासो त राम्रै हो, तर महंगो परफ्यूमले मात्रै बासना टिकाउने ग्यारेन्टी भने दिँदैन ।
परफ्युमको बासना धेरै समयसम्म टिकाउनका लागि त हामीले विशेष उपाय अपनाउनुपर्ने हुन्छ । त्यस्तो उपाय हो, शरीरका केही निश्चित भागमा अनिवार्य परफ्युम छर्कने ।
आउनुहोस्, आज हामीले शरीरका कुन कुन भागमा परफ्यूम छर्कदा धेरै समयसम्म बासना आउँछ भनेर केही जानकारी लिएर आएका छौं । जो निम्नानुसार छ,
नाभि (नाइटो)
नाभि शरीरको तातो हिस्सामध्ये एक हो । यसरकारण यदि तपाईंले नाभिमा परफ्यूम लगाउनुभयो भने धेरै बेरसम्म बासना आउँछ । अमेरिकाकी टेलिभिजन अभिनेत्री लिव टाइलर भन्छिन् कि, उनी पनि दैनिक रुपमा नाभिमा परफ्यूम छर्किने गर्छिन् । नाभिमा परफ्यूम लगाउँदा ध्यान दिनुपर्ने कुरा पनि छन्, तपाईंले छर्केको परफ्यूम नाभिको धेरै भित्री भागसम्म जानु राम्रो हुँदैन ।
कपाल
तपाईंलाई मनपर्ने परफ्यूम थोरै मात्रामा कपालमा पनि छर्किने गर्नुहोस्् । परफ्यूम टाउकोको छालासम्म पुग्नु पर्ने हुन्छ । यस्तो गर्नाले तपाईंले लगाएको परफ्यूमको बासना लामो समयसम्म रहिरहन्छ ।
कानको पछाडि
कानको पछाडि हात लगेर छाम्नुहोस् । त्यहाँ जुन नशा छन् त्यससँग जोडिएको छालमा परफ्यूम छर्किनुहोस् । यसले पनि तपाईंले छर्केको परफ्यूमको बासनालाई धेरै बेरसम्म बचाएर राख्ने छ ।
कुहिनामा
तपाईंले पक्कै पनि आफ्नो कुहिनामा पसिना आएको दुख्नुभएको होला । यदि तपाईंले पसिना आउने त्यो कुहिनामा परफ्युम लगाउनुभयो भने त्यसले तपाईंको शरीरको सुगन्ध बढाउने छ । र परफ्यूमको सुगन्धलाई लामो समयसम्म बचाएर राख्ने छ ।
घुँडाको पछाडि
कुहिनामा जस्तै घुँडाको तल्लो हिस्सा (पछाडि) पनि पसिना आउँछ । यदि तपाईंले यहाँ परफ्यूम छर्किनुभयो भने यसले तपाईंको शरीरलाई बासनायुक्त बनाउने छ ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
म्युजिक नेपालविरुद्ध न्यायिक लडाइँमा गायिका अञ्जु गौतम !
काठमाडौं । लोकप्रिय गायिका अञ्जु गौतमले आफ्ना लाेकगीतहरू युट्युबमा अनधिकृत रूपमा ब्लक गरिएको भन्दै उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेकी...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
नेपाल आइडलको ग्राण्ड फिनाले आज, ५ प्रतिस्पर्धिहरू काे–काे छन् ?
काठमाडौं । नेपाल कै लोकपृय सांगीतिक रियालिटी शो ‘नेपाल आइडल’ सिजन ६ को ग्राण्ड फिनाले आज हुँदैछ। ललितपुरको ग्वार्कोस्थित रोयल...
-
फिल्म ‘हरिबहादुरको जुत्ता’को टिजर सार्वजनिक
काठमाडौं । दशैंको फूलपातीमा प्रदर्शन तयारीमा रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’को टिजर सार्वजनिक भएको छ । फिल्ममा दीपेन्द्र के खनाल निर्देशित...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
‘उनको स्वीटर’ सामान्य जिवनको सुन्दर प्रेमालय !
काठमाडौं । बैसाख २६ गतेबाट प्रर्दशनमा आएको चलचित्र उनको स्वीटरले लगातार तेस्रो हप्तासम्म सिनेमाहलहरुमा आफ्नो पक्कड कायम राख्दै सफल चलचित्रको...












